११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि आज वार्ता हुँदै

२८ पुष २०७९, बिहीबार ०७:२१

पुस २८, काठमाडौँ | जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच पार्टी एकता गर्न पहिलो चरणमा औपचारिक छलफल हुन लागेको छ। 

दुवै पार्टीको कार्यदलबीच आज मध्यान्ह १२ बजे सिंहदरबारमा छलफल हुन लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। जसपा र एसले एकताको पहलका लागि कार्यदल गठन गरेका छन्। 


जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् । 

जसपाले समाजवादी पार्टीसँग एकता गर्ने बताउँदै आएको छ भने एसले वाम एकता गर्न वार्ता समिति बनाएको हो। दुई पार्टीमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई हम्मेहम्मे पर्ने नेताहरुले बताएका छन्।

गत मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि जसपा र माओवादीसँग एकताका लागि एस कार्यदल बनाएको हो। जसपाले संसदमा १२ सिट र एसले १० सिट जितेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह