2026-10-16 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरव गएका नेपाली श्रमिकहरुलाई दुतावासको यस्तो अनुरोध

मङ्सिर २०, काठमाडौँ (रासस) | साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । 

रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ । करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महीनाअगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनःप्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । 

दूतावासले श्रमिकको समस्या समाधानका लागि साउदी अरबको कानूनबमोजिम कामदार र रोजगारदाताबीच सहमति गराउने तथा श्रम अदालतमा मुद्दा दायर गर्न सहजीकरण गर्ने कार्य गर्दै आएको छ । बर्हिगमन वा पुनःसाउदीमै काम गर्ने प्रवेशाज्ञाका लागि आवश्यक प्रक्रिया र विकल्पमा जाने विषयमा सुझाव र सहजीकरण गर्ने काम भइरहेको दूतावासले जनाएको छ । 

नेपाली कामदारमाथि पर्नसक्ने समस्याका बारेमा जानकारी दिन साउदीका विभिन्न स्थानमा नेपाली श्रमिकलाई भेला गराई अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दूतावासको भनाइ छ । 

श्रमिकका साउदीबारे सम्पूर्ण जानकारी नहुँदा र अनावश्यक आश्वासनका आधारमा रोजगारीमा जाँदा समस्या सिर्जना हुने गरेको छ । दूतावासले नेपालबाट साउदी आउँदा अभिमुखीकरण तालीम लिइ, कम्पनीको अवस्था र रोजगारदातासँग भएको सम्झौतापत्रको अध्ययन गरेरमात्र रोजगारीमा आउन अनुरोध गरेको छ । 

दूतावासले नेपाली श्रमिकमाथि कुनै समस्या आइपरे रोजगारदाता कम्पनी, साउदी सरकारको आधिकारिक निकाय, श्रम कार्यालय, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने गरेको छ । 

हाल साउदी अरबमा करीब तीन लाख ५० हजार नेपाली श्रमिक काम गरिरहेका छन् । ती श्रमिक विभिन्नस्तर र प्रकृतिको कम्पनीमा आउने गरेका छन् । हाल माग प्रमाणीकरण दूतावासको कार्यक्षेत्रमा अनिवार्य भएकाले पनि समस्याग्रस्त कम्पनी तथा इजाजतपत्रले समस्या समाधान नगरेसम्म दूतावासबाट दिने सेवा रोक्का गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु