घट्न थाल्यो ब्याजदर

Posted on: 11 Jun, 2023

जेठ २८, काठमाडौँ | अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन मौद्रिक नीतिमा गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड (१९ युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो ।

त्यसले बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुयाएको थियो । तर, अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को माघमा बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैंकहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को माघमा बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैंकहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो ।

तरलताको अवस्था सहज भएर बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि आधारदर घटेर कर्जा सस्तो हुँदै भएको छ । यसबाहेक राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षाबाट ब्याजदर घटाउन प्रोत्साहन गरेको छ । चालू आवको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंकदर १ दशमलव ५ प्रतिशत बिन्दुले बढाएर ८ दशमलव ५ प्रतिशत, नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशत, निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत पुर्‍याएको थियो ।

यसले गर्दा वृद्धि भएको ब्याजदरको चर्को आलोचना भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्पmत बैंकहरूको स्प्रेडदर (बैंक, वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर) घटाउने घोषणा गर्‍यो । त्यसअनुसार वाणिज्य बैंकहरूले २०७९ चैत महीनाबाट स्प्रेडदर ४ दशमलव २ प्रतिशत र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ४ दशमलव ८ प्रतिशतमा कायम गरेका छन् ।

२०८० असारबाट भने वाणिज्य बैंकहरूले ४ प्रतिशत र विकास बैंक तथा फाइनान्सले ४ दशमलव ६ प्रतिशत स्प्रेडदर कायम गर्नुपर्नेछ । स्प्रेडदर घट्दा बैंकहरूको कर्जाको ब्याजदर सस्तो भएको छ । समाचार आर्थिक अभियान दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!