२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

२०८१, २० बैशाख बिहीबार ०७:२२

बैसाख २०, काठमाडौँ । -सञ्जय मिश्रा | वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँ सहित भारतबीहार मोतीहारी जिल्लामा तिनजना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैया तथा चोरीमा प्रयोग गरिने बिभिन्न उपकरण सहित एक महिला दुई पुरुष गरी तीनजना लाई भारतीय प्रहरीले पक्राउ गरेको हो।


पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताएका छन। उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैया एकथान घरेलु हतियार नलकटुवा,दुईथान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुईथान थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए । केही दिन अघि भारतीय बजार ढाकामा दुर्इवटा पसलमा लुटेको सामान मध्येको सिसी टिभी क्यामरा रहेको प्रहरीले जनाएको छ। साथै पक्राउ  परेकाहरूले नबील बैंक बिरगंज शाखाको लुटमा संलग्न रहेको र केहीदिन अघि एकजना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एस्पी मिश्रले न्युज कारखानासंग भएको कुराकानीमा बताएका छन।

पक्राउ परेका तीनैजना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ। आरोपहरु पक्राउ परेपछि एकजना बिरगंजका नेपाली सुरक्षा अधिकारी लाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको एस्पी मिश्रले जानकारी दिएका छन।

नबिल बैंक बिरगंजमा चोरीको घटना पछि अपराधीहरु भारतीय क्षेत्रमा आउनसक्ने अनुमानको आधारमा एस्पी मिश्रले तीनजना डिएस्पीको कमाण्डमा छुट्टाछुट्टै तीनवटा टोली परिचालन गरेको मोतीहारी क्राईम ब्राञ्चका सई मनिष कुमारले बताएका छन।

टोलीले विशेष सूचनाको आधारमा दरपा थानाक्षेत्र तिनकोनी गाउँको एक घरमा छापा मारी गरेर  मन्टु र अर्जुन पक्राउगरी उनीहरूको साथबाट १७ लाख ८२ हजार २०० रुपैया बरामद गरेको थियो। उनीहरूकै बयानको आधारमा भारतीय प्रहरीले९५ हजार रुपैयाँ , र हतियार सहित सविता लाई नियन्त्रणमा पक्राउ गर्न सफल भएको सई मनिष कुमारले जनाएका छन ।

बैंकको चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले रौतहटको साविक पथरा बुधराम हाल मौलापुर नगरपालिका ८ का सञ्जय जयसवाल, छोटेलाल जयसवाललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गत आइतबार राती ५ देखि ६ जना चोरहरुको समूहले बैंकको मूल गेटको  ताल्चा फुटाएर एकसय र बिस रुपैयाँ दरको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी  लागेको पर्सा प्रहरीले जनाएको छ।  चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह