१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीमा रैथाने बीउ तथा बाली यसरी लोप हुँदै गए

७ माघ २०७४, आईतवार ०६:४१

माघ ७, बैतडी । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् । 

उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलापहिला गाउँघरमा पाइने बीउ आजभोलि पाइनै मुस्किल हुने गरेको छ ।” 

उन्नत जातका बीउ स्थानीय हावापानीअनुसार मिल्दोजुल्दो नभएकाले पनि उत्पादनमा समस्या आइरहेको कृषि प्राविधिकले बताएका छन् । पुरानो बीउमा रोगकीरासँग लड्ने क्षमतासमेत रहेकाले उत्पादन राम्रो हुने र हावापानीसँग मिल्ने भएकाले उन्नतजातको भन्दा स्थानीय बीउ राम्रो भएको कृषि प्राविधिक सागर भट्टले बताउनुभयो । 

स्थानीय तथा रैथाने बीउको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले पनि खासै पहल गरेको देखिँदैन । स्थानीय तथा रैथाने बीउको संरक्षणका लागि कसैले ध्यान नदिँदा बीउ नै लोप हुने अवस्थामा पुगेका छन् । 

आधुनिकतासंगै रैथाने तथा पुरानो धान, गहुँ, मकै, तरकारी लगायतको बीउ लोप हुने अवस्थामा पुगेको हो । उन्नत जातको बीउसँगै रैथाने बीउ आफैँ हराउँदै गएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । उन्नत जातको बीउमा उब्जनी राम्रो भएकाले रैथाने बीउ लोप हुन लागेको बताइएको छ । 

पुराना जातका धानसमेत लोप हुने अवस्थामा 

पुराना जातका धानको संरक्षण नहुँदा बैतडीमा पुराना जातका धान लोप हुँदै गएका छन् । नाका, थापाचिनी, राइमनुवा, बासमती लगायतका रैथाने जात लोप हुने अवस्थामा पुगेका हुन् । सबैले उन्नत जातका धानको खेती गर्न थालेपछि पुराना तथा रैथाने जात लोप हुन थालेका हुन् । 

पुराना तथा रैथाने जातका धानको भात मीठो हुने भए पनि उत्पादन कम हुने भएकाले किसानको आकर्षण उन्नत जातमा बढेको जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत जातमा उत्पादन बढी भए पनि पुराना जातको जस्तो खानमा स्वादिलो भने हुँदैन ।” 

पुराना जातका धानको बीउसमेत पाउन मुस्किल हुने गरेको पाटनका धर्मबहादुर बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला पुराना धानको खेती गरिने चलन भए पनि हिजोआज उन्नत जातको धानको खेती गर्न थालेपछि पुराना जातका धान लोप भइसकेका छन् ।” 

पुराना जात तथा रैथाने बालीको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले समेत ठोस पहल थाल्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार