2026-09-01 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ विद्यार्थी

हीरालाल गुरुङ | फागुन २७, मुग्लिन | चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् । 

विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन् । तर नियमित रुपमा भने २० जनाको हाराहारीमा विद्यालय आउँछन् । 

अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा आउने विद्यार्थीले कलम कापी नै नल्याउँदा पठनपाठनमा समस्या हुने गरेको विद्यालयकी प्रधानाध्यापक शकिला जोशीले बताउनुभयो । 

“चेपाङ समुदायका बालबालिका नियमित विद्यालय आउँदैनन्, आएकाले पनि कापी कलम नै ल्याउदैनन्, पठनपाठनमा समस्या छ”, प्रधानाध्यापक जोशीले भन्नुभयो । विद्यालय खाजा कार्यक्रम हटेपछि ती समुदायका बालबालिका नियमित विद्यालय आउन छाडेको उहाँले भन्नुभयो । 

प्रधानाध्यापक जोशीका अनुसार भौगोलिक विकट रहेको यस विद्यालयमा सहयोगी संस्था पनि पुग्ने गरेका छैनन् । विद्यालयले पनि विद्यार्थीलाई कापी, कलम दिन सकिने अवस्था छैन । वडा नं २ कै आधारभूत राष्ट्रिय विद्यालय मायाटारमा पनि चेपाङ विद्यार्थी कापी कलमबिना नै विद्यालय आउने गरेको सो विद्यालयका प्रधानाध्यापक पदमबहादुर चेपाङले बताउनुभयो । एक सय ७३ विद्यार्थी रहेको सो विद्यालयमा ७५ प्रतिशत चेपाङ सुमदायका बालबालिका अध्ययनरत छन् । 

कक्षा एक देखि आठसम्म पढाइ हुने यस विद्यालयमा ८०÷८५ विद्यार्थी मात्र नियमित आउने गर्छन् । वडा नं ६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय चनौटेको समस्या पनि उस्तै छ । कक्षा एक देखि आठसम्म पढाइ हुने सो विद्यालयमा पनि १२५ विद्यार्थी भर्ना भएका छन् । विद्यालयको नियमित हाजिरीमा भने ७०÷७५ जनाको हाराहारीमा मात्र देखिन्छ । विद्यालयमा आउँदा अधिकांश विद्यार्थीले कापी कलम ल्याउँदैनन् । यहाँ भने घर्ती समुदायका बालबालिका अध्ययनरत छन् । घर्ती समुदायको पनि आर्थिक अवस्था र चेतनाको स्तर चेपाङ समुदायको जस्तै रहेको विद्यालयका सहयोगी कर्मचारी कृष्णबहादुर घर्ती बताउँछन् । 

आर्थिक अभावका कारण नै विद्यार्थी नियमित विद्यालय आउन नसक्ने राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक भावना खनियाँ बताउनुहुन्छ । विद्यार्थी विद्यालय आउँदा कापी कलमसमेत नलिइकन आउने गरेको उहाँले भन्नुभयो । विशेषगरी जाडोमा न्यानो कपडा नहुनु र विद्यालय खाजा कार्यक्रमको व्यवस्था नहँुदा बालबालिका नियमित आउन नसकेको प्रअ खनियाँको भनाइ छ । 

गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलले विशेष गरी चेपाङ बालबालिकालाई नियमित विद्यालयसम्म ल्याउन कठिनाइ भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार आर्थिक अभावका कारण नै चेपाङ बालबालिका नियमित विद्यालय आउदैनन् । 

रोकिएको खाजा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सिग्देलको भनाइ छ । विपन्नता र गरीबीका कारण विशेष गरी चेपाङ समुदायका बालबालिकालाई नियमित विद्यालय ल्याउन कठिनाई भइरहेका छन् । चेपाङ समुदायको बसोबास रहेका यस गाउँपालिकाका विद्यालयमा खाजा कार्यक्रम अझै पनि आवश्यक रहेको सिग्देलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला