By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुदूरपश्चिम भ्रमण एक, सिकाइ अनेक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सुदूरपश्चिम भ्रमण एक, सिकाइ अनेक
काठमाडौँ - KTMकालिकोट - KLKलेख

सुदूरपश्चिम भ्रमण एक, सिकाइ अनेक

साझासवाल
Last updated: February 1, 2017 11:12 am
साझासवाल
29 Min Read
Share

अजय गिरी । मेरो जीवनका अनेक उकाली ओरालीहरु संगैं त्रिपन्न गृष्मको उमेर वितिसक्दा पनि मैले थाहा पाउने थुप्रै कुराहरुको जिज्ञासा पटक्कैं मरेन । त्यसमा मेरो पाँचौं पुस्ता अघिको पुख्यौली थलो अछाम घुम्ने रहर संयोग नमिलेर बाँकी नै थियो । यसको अवसर युनिसेफको प्राविधि, विश्वशिक्षाको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालयको समन्वय र किर्डाक नेपाल कालीकोटको आयोजनामा २०७३ पौष ५ देखि १३ गते सम्म सिकाई भ्रमण कार्यक्रमले मलाई मिल्यो । 

प्रारम्भिक कक्षा सिकाई कार्यक्रम अन्तरगत कालीकोटका १२० वटा विद्यालयहरुमा पढाइ मेला सम्पन्न गरी कलस्टरमा प्रथम भएका २० वटा विद्यालयहरुको जिल्ला स्तरीय सिकाइ मेला पौष ३ गतेको स्थानीय शिकाइ समाग्री प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय शिक्षकहरुलाई अछाममा EGR लागु भएका विद्यालयहरु सिकाइ अवलोकन गर्ने कार्यक्रम जानकारी पौष ४ गते साझ मात्र भयो । 

बालविकास आधारभूत विद्यालय बरातुका शिक्षक अजय गिरी, जनजीवन मावि ताडीका भिमप्रसाद पाण्डे, सालडाँडा आधारभूत विद्यालय पोरीपालीका एलिजा शाही, मष्टो सरस्वती मावि रकूका प्रेम बहादुर वुढा, मालीका मावि कोलिगाँउका टंकनाथ योगी, थामीढुंगा आधारभूत इङ्गलीस मे खडितोलीका हरिप्रसाद न्यौपाने शिक्षक, अनि शिक्षा कार्यलयका श्रोत व्यक्ति इन्द्र प्रसाद न्यौपाने, धर्म बहादुर शाही, विश्व शिक्षाका भक्त साउद, किर्डाक कालीकोटका सर्जन पाण्डे, कूल खड्का, गोकर्ण संज्याल र लाइशोभा विकको १३ जना भ्रमण दलका साथ २ वटा जीपका गुरु भक्त न्यौपाने, विर्ष खड्का सहित १५ जनाको समुह बन्यो सिकाइ अवलोकनको ।

यस सिकाइ भ्रमणमा अछाम विनायकका बालमन्दिर मावि, पुर्ण आधारभूत विद्यालय, कात्यायनि मावि, सरस्वती आधारभूत जाल्पादेवी, सुर्य चन्द्र मावि वंद्यनाथ, खापरमाण्डु आभारभूत विद्यालय साफे र सरीता मावि सान्तडामा अन्तरक्रियात्मक अध्यायन गरी अनुभवहरुको सिकाइ आदानप्रदान गर्ने लक्ष्यीत उद्देश्य तय गरिएको थियो । अछामको मंगलसेनमा सम्पन्न हुने मेला पनि अवलोकन गर्ने भ्रमणको अर्को ध्यय थियो । 

मान्मको खाँडाचक्र बजारवाट बेलुका ५ बजे रारा कर्नाली यातायातका दुइ वटा जीप लिएर लाग्यौं सुदुर पश्चिम सिकाइ भ्रमण कार्य स्थल तिर । साँझ ८ बजे राकम खोलीबजार पुगेर लामीछाने स्टाप होटलमा बास भयो । खाना पछि सिकाइ भ्रमणका वारेमा जानकारी मुलक छलफल गरेर योजना निश्चित गार्यौं । भोलिपल्ट विहानै उठेर आ–आफ्नो गन्तव्य तिर अगाडी बढ्यौ‌ । ८ बजे जाक्सिको पहाडी मध्यमार्गको कर्नाली पूल तरेर अछाम जिल्ला कालिका स्थान गाविसवाट प्रबेष गर्यौं । 

कुनै बेलामा ३५ जिल्लाको नेपाल वि स २०१८ साल बैशाख १ गते विहवार पंञ्चायत कालमा चौध अञ्चल, ७५ जिल्ला र चार वटा विकास क्षेत्रमा विभाजन गर्दा एकै क्षेत्र भएको अछाम २०३४ सालमा सुदुर पश्चिम भएर छुटिएको थियो । 

यहा ७५ गाविस ३ नगरपालीका, २ वटा निर्वाचन क्षेत्र भएर १६९२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिदा २ दुई ५७ हजार ४ सय ७० जनसंखया पुगेको छ । यसको नामकरण पास्तोलि गााउँका ३ वटा पानी छहराको आस्मानुवाट भएको भनाईलाई खेचराद्री पर्वतमा अक्षम ऋषिले तपस्या गरेवाट पनि अछाम भएको भन्नेमा भारतबाट यात्रु यहाँ आइबस्ती गर्दा अच्छा म भन्ने थेगो समेत राखेर अछाम भएको विभिन्न कथन रहेको छ ।

यहाँ वैधनाथ, बागनिगढी, षोडसा, जाल्पा, त्रिपुरा, विनायक, पञ्ंचदेवल, खापरमाण्डु, कैलासमाण्डु, रामे र रोसन, अनि बण्डाली जस्ता पर्याटकीय क्षेत्रहरुरहेका छन् । यस्तै सेती, कर्नाली, बुढीगङ्गा जस्ता नदी र कैलास खोलाहरु बग्ने गर्दछन् । अछाम देवकोटा, ओली, स्वार, ज्ञावली, तिमिल्सैना, ढुंगाना, धामी, रिमाल, कूइकेल, बिष्ट, धमाला र बटाला जस्ता जातिहरुको उद्गम स्थल र गिरीको तडिगैरा पुख्यौली भूमी हो । यो आदिकालीन साहित्यकार पहलमा सिंह स्वार, प्रशासक नैनासिंह, स्वार ऋडीकोट, गभर्नर र तिलक रावल पहिलो साम्यवादी इतिहास लेखक भिम रावल भागेश्वर, सहकारी पाठ्यक्रम निर्माता बमवहादुर विसी तुर्मा खाँद, (नेपालको पहिलो छाउपडि मुक्त गााउँ भागेश्व) जस्ता व्यक्तित्वहरुको जन्म थलो पनि हो । 

यस्तो महत्व बोकेको जिल्लाअछामा शैक्षिक विकासका लागि जम्मा ५२२ बिद्यालयका कुल १ लाख ६३हजार५ सय जना बिद्यार्थी, EDC मा ११ हजार २ सय ६४ जना बालबालिका, ५ सय २२ जना शिक्षक, १४ वटा श्रोत केन्द्र रहेकामा प्रारम्भिकतहको स्तरोन्नती गर्न लामो समय देखि सेतो गुरास, पिस्पिन, रुडेक, रेसलेस जस्ता संस्थाले युनिसेफ र विशव शिक्षाको सहयोग लिएर काम गरिरहेका छन् । सेतो गुरासले १ सय ४ वटा विद्यालयमा EGR कार्यक्रम लागु गरिरहेको छ । अब हामी त्यसैका लागु विद्यालयको सिकाइ अवस्था अवोलकन गर्ने यो योजना बनेको थियो । 

बिहानको साढे नौ बज्दै थियो विनायकको पञ्चदेवल हेरेर फक्र्यौं । खगेन्द्र अधिकारीको गार्डेन हाटेलमा खानपा गरी ११ बजे तिर पहिलो कन्ट्रोल विद्यालय विद्यामन्दिर मावि १–१२ विनायकमा पुग्यौं । गेटवाट भित्र प्रवेश गर्दा अगाडी पछाडी घासे मैदानको बीचमा भौतिक सामग्रीले भरिएको फराकिलो आफिसमा गयौं । सुरत बहादुर विष्ट प्राचार्य समेतको शिक्षक परिवार ३२ जनामा पशुराम अधिकारी बाल शिक्षक रहेको विद्यालयमा टेकवहादुर शाही वि व्यस अध्यक्ष भएको समिति गठन भएको थियो । 

यहाँ शैक्षिक व्यवस्थापनका लागि त्यति ठूलो शिक्षक संख्या ३ सय ६५ जना विद्यार्थीका लागि गरिए पनि माविमा प्रारम्भिक तह र १ हजार १ सय १२ को छुट्टै कक्षा संचालनको संरचनात्मक परिपाटी नबनाए सम्म प्रभावकारी शिक्षण उपलब्धि गर्न कठिन हुने अवस्था यसले प्रष्ट थियो ।

विनायक वरिपरी ८ वटा गाविसको अगुवा श्रोत केन्द्र यहि विद्यालयको परिसरमा अवस्थित थियो । यहाँका श्रोतव्यक्रि मनिराम बुढाको सक्रियताले कुनै तथ्याङ्क सोध्न नपर्ने गरी तालिका आफै बोल्ने गर्दथ्ये । अलग्गै तालिम हल सञ्चालन गरिएको श्रोत केन्द्र सम्पन्न र सूचनाको नमूना केन्द्र थियो । उहाँको स्वागत सहित रमाइलो छलफल पछि यसै संग रहेको मानसिक फरक क्षमताका बालबालीकाको विशेष कक्षा हेर्न पाईयो । पाना धामीमा मातृत्व दिइएको ८ जना सुस्तमनस्थितिका बालबालिका निकै रमाएर खेलेका अनि सजाएका सिकाइ सामाग्री सहित व्यवस्थित आवास पनि हेर्न लायक थियो । यहाँ पञ्चदेवल बहुमुखि क्याम्पस पनि रहेको थियो । 

प्रयाप्त पानी, फूलवारी, जुत्तार्याक, फोहर खाडलको अभाव थियो । त्यस पछि हामी ओरालो झरेर पूर्ण आधारभूत १–५ विद्यालय धामी गाँउ टाकु डाँडा विनायक ४ मा पुग्यौं । जो पुर्ण सिंहधामीले जग्गादान गरी विद्यालयको नामाकरण गरिएको रहेछ । त्यहाँ डबल शाही सहित ५ जना शिक्षक र १ सय ४५ जना विद्यार्थी अध्यायन गरी रहेका थिए । विश्वखाद्य कार्यक्रमले बालपोषण सामग्री उपलब्ध गराइ प्रत्येक घरधूरीवाट हप्तामा २ दिन १/१ ठूडा दाउरा विद्यार्थीवाट जम्मा गरेर प्रत्येक दिन १/१ जना अभिभावक सहयोगीका साथ आएर नास्ता तयार गरी नियमित खुवाउने गरेको विद्यालयमा जाल्यादेवी बालविकास केन्द्रमा ३४ जना बालवालिका रहेका थिए । 

विद्यालयको कार्यलय कम व्यवस्थित भए पनि प्रारम्भिक कक्षा कोठा, बालसिकाइ सामाग्री, खानेपानी, बसाइ, स्थानीय वस्तुको प्रयोग जिल्लाकै नमूनाका रुपमा व्यवस्थित थियो । अभिभावकका साथ हामीलाई स्वागत गरेर कार्यक्रमको जानकारी मुलक छलफल गरि रहेका बेल श्रोत व्यक्रि मनिराम बुढा र विनि चक्र कवर आइ पुग्नु भयो । 

सेतो गुरासका साथीहरु समेतमा बाल कक्षा व्यवस्थित र प्रभावकारी शिक्षण भएको कुराकानी गरेर कक्षा बालवालिका संगै सहभागि भएर फर्किदा तालि बजाउदै विधाइ गरी रहेका थिए । दिनको ३ वजि सकेको थियो । धामी जातिको बस्तिवाट आजको अबलोकन सकेर अब कमल विनायक बास बस्न सल्लाह गरी बाइबाइ गर्दै लाग्यौं उतैतिर । कच्ची बाटोको धुलो र सागुरो सडकमा पनि हरियाली वन वातावरणले रमाउदै कुनै जग्गा बाँझो नराखी गरिएको खेती ले किसानको लगनशिलताले मनमा उत्साह थप्ने गर्दथ्यो ।

साँझ कमल विनायक बजारको सुर्खेती स्टाप होटलका पुरी परिवार कहाँ वास भयो । निर्माण भएर परिक्षण उडान गरिएको हवाइ मैदान जिर्ण भएको देखियो । डाँडाको भैरव मन्दिर परिसरमा हावावाट विजुली निकाल्ने परियोजनाको कार्य देख्दा उत्शाह दिन्थ्यो । कालीकोटमा बजार बिस्तार नभएका वेला देखि चलेको कमल विनायक सुस्त अवस्थामै देखिन्थ्यो । राती सुत्न अधि समिक्षात्मक छलफल चलाएर भोलीको योजना बनाइ सुत्यौं । 

भोली पल्ट विहिवार विहान गैरीटाँढमा नास्ता गरी कात्यायनि आधारभूत १–८ विद्यालय बिरपत ९ हात्तीबाज पुग्यौं । १० बज्दै थियो । विद्यार्थीहरु लाइनमै भेटायौं । विद्यालयमा अर्धवार्षीक परीक्षाको तयारीमा शिक्षकहरु बेस्त देखिन्थे । यहाँ ४३५ जना विद्यार्थीका लागि १८ जना शिक्षकको व्यवस्था गरिएको थियो । माविको दरवन्दि विना प्र अ प्रावि द्धितीयका लाल वहादुर शाहको नेतृत्वमा ११ र १२ कक्षाको छुट्टै कक्षा, १–३को प्रारम्भिक तह इन्चार्ज लोग वहादुर शाहीको कुशल शिक्षणमा सवै कक्षाहरु ग्रेड शिक्षण चलाइरहेका थिए । 

कम्प्यूटर कक्षा सहित व्यवस्था गरिएको विद्यालयमा प्रारम्भिक कक्षा पाठ्यपुस्तकको अभाव नहुने गरी छापामय बनाइएका थिए भने सिकाइ कक्षा शिक्षण संगितमय गर्ने गरिन्थ्यो । अंगे्रजि,गणित,लगाएतको अध्ययन बालवालिका देउडा,लोगगित र आधुनिक जुनसुकै गीत गाएर भन्न,पढ्न तयार थिए । शिक्षक संग जिज्ञासा राख्दा विद्यार्थी हामी यसरी सिक्छौं भनेर उत्तर दिन्थे । विषय कूना स्तरीकरण,वाली समुह,सदन,खेल सदन, सबै विभाजित थियो । 

माविमा ३ वटा तह अलग कक्षा चलाएको नमूना बनाएको पहिलो विद्यालय थियो कात्यायनि । यो १ कक्षा देखि १२ सम्म मावि संचालन गर्नेका लागी सिकाइ पाठशाला हो । दिनको १ बजे ठूला सैनी पुगेर गोरे भण्डारीको होटलमा जहा दुध डेरी पनि रहेको डाँडामा खाना खाने काम भयो । त्यस पछि मंगलसेन अछामको दोश्रो सिकाइ मेला २०७३ तयारी स्थल बालमन्दिर पुग्यौं । जहाँ युनिसेफ, विश्व शिक्षाको सहयोग, सेतो गुरासको आयोजना र जिशिकाको समन्वयमा कलस्टरवाट छानीएका विद्यालयहरु सहभागि हुने कार्यक्रम थियो । 

यहाँ विश्व शिक्षा प्रमुख राजु भण्डारी,रन्जीत महत्व,निर्देशक शुकरत्न बज्राचार्य,भ्न्च् अधिकृत पहल वोगटी समेतको भेटघाट भयो । साथमा सेतो गुरासका साथीहरुपनि संगै भएर सिकाइ मेला र भ्रमणको बारेमा परिचय सहित छलफल भयो । कालीकोट अछाममा प्रारम्भिक तह शैक्षिक स्तरोन्नतीका लागी हुने यस्ता कार्यक्रमहरुको तुलानात्मक अध्ययन हुदा शैक्षिक शत्रको शुरुमा पढाइमेला र अन्तमा सिकाइ भ्रमण हुनुपर्ने सहमति भयो । 

सेतो गुरास कार्यलय हेरेर त्यस पछि जिशिकामा विनि हरिदत्त जोशि संग भेटघाट गरी साझपख साफेबगर तर्फ झर्यौं परापुर्ब कालमा राजापुर हाँटमा नुन नआउदा सम्म भोटेहरु चिसो समयमा २/३ महिना भोटे नून बहकर ल्याएर कालीकोट समेतलाई चामल साट्ने जैगड बजार पुग्दा ०१३ सालको याद आयो । जीपमा सरर गर्दै बयल्पाटा मिसन हस्पिटल हेर्दै साँझ साफे बगर ७ बजे पुगियो । कैलासको बगरले कुनै बेला सम्म पारेको फाँट फेरि कुनै बेला पुरिने जोखिम देखिन्थ्यो । त्यस बेला “छोरेटी झुकाझुक अन्नी, साफेका पसल, पैले म सोधनी गर्छु ज्यान छ के ? असल” भन्ने पुरानो देउडा गीतको सम्झना हुन्थ्यो ।

 बगरमा द्धन्द्ध पछि बन्द रहेको हवाइ मैदान छेवैमा हवाइ कार्यलय संचालन हुने समय कुरेर वसेको देखिन्थ्यो । दुइ पुल तरेर हेमकर्ण कुवरको साइनो होटलमा बासको व्यवस्था भयो । भोली पल्ट ८ बजे लेखाइमा बर्माण्डु भएको खापर माडु विद्यालय सोधेर पत्तालगाइ दुई टोली दुइ तिर जाने योजना बनाएर समिक्षा गरियो । 

शुक्रवार विहान इन्द्र सरको नेतृत्वमा सूर्य चन्द्र (प्राविधिक तथा व्यावशायिक) मावि कालीमाटी गढी बैधनाथ र खापरमाण्डु आधारभूत विद्यालय गोयल पानी हेर्न जाने काम भयो भने धर्म सरको नेतृत्वमा अर्को टोली सरस्वती आधारभूत विद्यालय १–८ जाल्या देवी ८ लोली गयौं । पढाइ मेलामा शिक्षक विद्यार्थी जाँदा आँउदा पढाइ राम्रो सुचारु थिएन । 

तर कक्षा कोठाहरु वालपेन्टले सजावट गरेर छापामय थिए भने प्रतेक शिक्षकलाई पाठयोजनाका लागी डायरी र शिक्षण सामाग्री नमूना अनिवार्य गरिएको थियो । त्यो भन्दा सूर्यचन्द्र मावि उदरणीय व्यवस्थापनले सम्पन्न रहेको टोलीवाट सुन्न पाइयो । दिनको १ बजि सकेको थियो साफेबगरमा सबै जम्मा भएर खाना पछि मंगलसेन सिकाइमेला हेर्न उकालो लाग्यौं ।

दिनको ३ बजि पछि सिकाइमेला पुग्यौं । छनोट भएका २४ वटाविद्यालयमा १६ वटा मात्र सहभागि भएका थिए । सिकाइ मेलामा उत्कृष्ट भएका विद्यालयहरु घोषण भै सकेको थियो । जसमा हामीले अवलोकन गर्ने विद्यामन्दिर सुर्य चन्द्र विद्यालयहरु वाहेक पूर्ण कात्यायानि, खापरमाण्डु, सरस्वति र शरिता मावि परेका थिए । मेलामा स्थल सानो, सागुरास्टल, प्रतिनिधि मुलक सहभागिता र कलस्टर मा नै ५ वटा विद्यालय एकिन भैसकेकाले सामाग्रीको प्रतिशपर्धा प्रतियोगितात्मक कम थियो । 

स्थानीय सामग्रीको कालीकोटको तुलनामा भव्य र आकर्षक सहभागिता कम थियो । अर्को दिन शनिवार भएकाले रामारोशन हेर्न योजना साथ लाग्यौं मुजावगर तिर । साझ ८ बजे दल बहादुर साउदको रामारोसन प्लाजा पुग्यौं । रामारोसन र केरे खोला मिसिएर बनेको कैलास गाड यसै बगरमा बगिरहेको थियो । भोलि विहान रामारोसन पुगी खाना खाएर घुमफिर गरेपछि साँझ मुजा बगर आइ बास बस्ने सल्लाह गरेर निदाउने काम भयो । नौ गते बिहान सातै वजे लाग्यो रामारोसन जाने सडकको उकालो । 

साँगुरो बाटो, ठाँउ ठाउँमा भत्केर पुरिएको भित्ता आङ नै सिरिङ्ग हुने अवस्थाको बाटो हुदा हुदै पनि त्यसलाई प्रवाह नगरी रामारोसनका प्राकृतिक मनोरमको दृष्य हेर्न उत्शाहले सवैलाई हतारोले कुत्कुत्याइ रहेको थियो । सोनीगाउँ,घट्टेबगरहुदै १० बज्नै लाग्दा रामारोसन स्वागत गेटमा पुग्यौं । पर्याटन कार्यालय कोहलपुरको सहयोगमा २०७२ असार २८ गते निर्माण सम्पन्न भएको उपभोक्ता समितिको नामावली समेत भएको गेट प्रवेश गरेर अगाडी बड्दा धर्मे रोकाया बुढा मान्छेको होटल भेटायौं । 

वरिपरी बुढा,रोकाया र बटालाहरुको बस्ति भएको रामे र रोसन वास्तवमा भन्नुपर्दा प्राकृतिक सुन्दर धरती खण्डको धनीमात्र हैन १२ बण्ड १८ खण्डले यस लेकाली भूमीलाई भाग्यमानी जगतको टुक्रा सावित गरि दिएको छ । यहाँका गााउँ र बस्तिलाई कहिल्यै नसिद्धिने वन सम्पदा, वरीपारी रमणीय डाँडा र रंगिन चट्टानी भिर पाखाका माँझमा पानी र जमिनका सिमसार ताल र चौरहरुले पर्याटकीय क्षेत्रका लागि यो बरदान प्राप्त थियो । जति हेरेपनि आँखा नअघाउने हरियाली, घेराका डाँडा, ठूल्ठूला पानीका बण्ड,लडिवुडि खेले र बसि नथाक्ने ताल सुकेका मैदान कसरी मिलेर बस्न सकेका ? हेर्दै अनौठो दृष्य भ्याइ नभ्याइ लाग्थ्यो । सबैले मिलेर खाना बनाउदै स्याउलेरी नानीहरु संग भलाकुसारी गर्यौ । 

लोग देउडा गीतवाट हिमाली याद गराउने चिसो पानीको प्रयाप्ततालाई फाइदा उठाउदै सरसफाइ समेत भ्याएर खाना पछि १ बजे तिर एक जना १२÷१३ बर्षको साहुजिको छोरा लिएर लाग्यौं १२ बण्ड हेर्न । लेकाली वन जंगल हरियाली फाँटमा अन्तत बनस्ती छिछोल्दै दृष्यावलोकनको पहिलो नजर बाटुले ताल (बण्ड)मा पर्यो । सवैले घेरेर हेर्दै फोटो खिचेर अगाडी बढ्यौ । बाटामा पानी जमेको ठाँडो फुटालेर कसैको घाटी,ढाड,पिड्यू र छातीमा हाल्दै जाँदा सिमसारको विचमा खेलीरहेका पानी हाँस,जलेवा र माछाहरुको ताँती हेर्दै जति जति अगाडी गयो त्यति ठूलीदै आयो । सानो छेउ हेदै जाँदा विशाल फाँट बनेर आँखाले नभ्याउने आकार देखिदा यहाँ पनि राराको झल्को आउने गर्दथ्यो ।

प्राकृतिक सौन्दर्यतालाई देखेर भावका छालहरु मनमा वहकिदै गीतका रुपमा छछल्किएर पोखिने गर्दा पातल गुन्जायमान हुन्थ्यो । फोटो र भिडियोको तछाड मछाड नसकिदै जगदम्बाको मन्दिर आयो । यसका वरीपरि गोरेकोट, चाका, वडिमालिका जस्ता देवी स्थानहरु रहेका छन् । यहाँवाट कालीकोट जाने, आउने, रामे, दुदुल्ली, टेड्के र पुलको सडक गरी चार वटा बाटाहरु रहेका छन् । यो जलखण्ड संरक्षण गरी तलाउ बनाउदा बेगनासताल भन्दा ठूलो हुने देखिन्छ । 

पानीका नदेखिने श्रोतहरु बर्षामा बढेर विशाल भएका रेखाहरु देदिन्थे । जिङ्गेले ताललाई थुनेर भन्दा बीचको घना जंगल फेवाको तालबाराहि जस्तै टापुको थान बन्ने देखिन्छ त्यो बण्ड हो । यसका वरीपरी चिल्खेलेको टाकुरामा वन कार्यालयले संरक्षण गरिएको लौठसल्ला जस्ता कैयन जडिवुटी क्षेत्र बन्ने छन् । 

यसरी रामेको बण्ड क्षेत्रमा रमाउदै उकालो वाट तेस्रो लाग्दा रोसनको मैदानी चौर आयो । उहिले कुनै बेला भरिएको ताल फुटेर सुख्खाचौर बनेको भूभाग दलदलमाथि घाँसे फाँट दौडेर नसकिने फराकिलो देखेर बसेर रमाउन सबैलाई मनलागे पछि रोसन चौरमा मृगका पाठा झै उफ्रि उफ्रि बुर्कि खेल्ने थाले सबै साथी । दिनको २ बेजि सकेको थियो ।

कैलास खोला संगै तल झरेर पाखै पाखो वाटो काट्दै अग्ले डाडा माथि आएपुग्दा केहि तल देखिन्थ्यो । किरिबिनी चौर कुनै बेला भेडा गोठालाले ठोटा बनाएको घेराका खोरहरुमा ओरालो झरेर सबै जना जम्मा भइ आराम गर्यौं । वारीपारीका बनावटको आश्चार्य अव्यक्त नेत्रपटमा राखेर अव रामारोसन गेटमा पुग्न बाटोको खोजी गर्न लाग्यौं । 

किनिविनी खण्ड (चौर)का वाँया पट्टीवाट उकालो लाग्नु पर्नेमा सिधे दाँया पट्टी आरालो आएछौ । बच्चाले बाटो हरायो भनेर भन्न थालेपछि गाँउजाने बाटोवाट उकालो ढुंगेनको जंगलमा पस्यौं । ठाँउठाउँमा भालुको मेहल खाएको दिसाको थुप्रो,बाघ बस्ने चिसा आडाहरु, स्याउलेरीहरुका वाटा भेट्दै हराउदै हुदा १५ जनाको नजानिदो ढुंगले बाटो खोज्दै ३ टिम भयो । पहाड जस्ता हेरेर डिठ नपुग्ने ठूल्ठूला ढुंगलेका लस्कर, ऐरी, कुइयासी, कुकुरडाइनाका लहरे काँडा, अध्यारो झाडीदार जंगल छिचोल्दै बाटो भेटाए पछि भनौला भन्दै सबैको भागभाग भयो । 

एक टिम तल्लो भागमा, अर्को टिम माथिल्लो भागमा हामीहरु मेडम सहित बीचको ढडारमा हिड्यौं । ढुंगावाट ढुंगामा फड्को मार्दा खसेपछि केहि नरहने भित्रवाट छिरेर निस्कन पत्ता नलाग्ने भयो । अन्तमा कोहि कसैले कराएको भन्दा सुसेल्बाटी हालेको पनि नसुनिने भयो । २ घण्टा भन्दा बढि जंगलको ढडान छिछोल्दै बल्लतल्ल मोटर वाटोको छेउमा आइपुग्यौं । सवै वोल्दा,कराउदा थाकेर लखतरान भएका थियौं । बाटोमै आगो वालेर चिसिएका साथीहरुलाई ततायौं । अछाम भ्रमणको रामारोसन यात्राको यो क्षण सबैका लागी सधैका लागी अविस्मरणीय भयो । घडी हेर्दा बेलुकाको ५ बजि सकेको थियो । सबै साथिहरु जम्मा भएर सामान सहितका झोलाहरु बटुलेर जीप ल्याएर फर्कने वेलामा साढे पाँच बज्यो । 

हतारमा ओरालो लाग्यौं । तडिगैरा गाउतिर । साँझ नरेन्द्र शाहको होटलमा पूल बजार सान्तडा आएर वास बस्यौं । ओरालो झर्दाको बाटोभरि जंगलमा हराएको चर्चा मेची हाम्रै हो काली हामै्र हो भन्ने गीत पनि रामे हाम्रै हो रोसन हामै्र हो जंगल पनि हामै्र हो भन्ने ठट्टा गर्दा गदै राती सुत्दा सम्म पनि “काँ गयौ ? हाम्रा हौ कि, को हौं ?…” बाटो छैन छैन… भनेका कुरा उप्काउदै सुखाउनुभुतिले रात वितायौं । सम्झीदा ऐले पनि डर लाग्छ । 

भालु भेटाएको भए ,बाघले कोतारेको भए,ढुंगावाट ढुंगामा हामफाल्दा खसेको भए,कुनै साथी हराएको भए,आदा घण्टाको वाटो नभेटाएर जंगलमै रात परेको भए ? सबै सकूसल, समयमै आइपुग्यौं बाटोमा । धन्य लाग्यो यसो नहुन हामीले तन्नेरी चिनेको मान्छे बाटो देखाउने लिनु परथ्यो । रामारोसन संरक्षण समितिले बाटो,ताल,चौर र जंगल पहिचान हुने खालका बोर्डहरु ठाउँठाउँमा राखिनु पर्थ्यो । चौरमा पनि वाटोको संकेत देखाएको हुनु पर्दथ्यो । 

विहान १० बजेको समयमा तयारी भएर घुम्न जानु पर्दथ्यो । रामरोसनको नक्सा,भिडियो सहितको सामाग्री र पहिचानको छाया सामग्री हुनु पर्दथ्यो । बाटोको निर्देशन दाँया वाँयाको मोड बीचका मुख्य स्थान सोधेर टिपोट जानकारवाट लिएर मात्र हिड्नु पर्दथ्यो सचेतना र सहजताका लागि ।

पौष १० गते आइतवार डिसेम्वर २५ का दिन क्रिसमस दिवश भएर पनि विद्यालयका शिक्षक र अभिभावक संग शैक्षिक व्यवस्थापन र भौतिक वातावरणका वारेमा छलफल गर्न अनि अनुभवहरु आदान प्रदान गर्न परिचयात्मक भेटघाटका साथै विद्यालय अवलोकन गर्ने अघिल्लो दिनको सम्पर्क वाट सल्लाह भएकाले विहानै पुलबजारवाट सरिता मावि १–१० मेहल्रुख६सान्ताडा विद्यालय मैदानमा पुग्यौं । ९ बज्न लागेको थियो । 

अभिभावक र वरिपरीका शिक्षकहरु समेत हामी सवै जम्मा भएर विद्यालय सहयोगी आए पछि कार्यालयमा छलफल सहित प्रत्येक कक्षाकोठाहरु अवलोकन गर्यौ । वि‍ स २००४ सालको बयालपाटा विद्यालय पछिको ०९ सालमा स्थापित यस विद्यालयमा ५०६ जना विद्यार्थी र १३ जना शिक्षकमा राम बहादुर रावल प्रअ भएको पायौं । विद्यालयमा खेल मैदानको अभावले १ महिना अघि डोजरले विस्तार गरेको जग्गामा ४ वटा विद्यालय भवन, खानेपानी, लगाएत भौतिक संरचनाको अभाव थिएन । 

स्थानीय सामाग्रीको प्रयाप्त निर्माण तथा प्रयोगले प्रारम्भिक कक्षा मनोरम थियो । सबै तहका गरी पाँचवटा मात्र दरवन्दि रहेको विद्यालयमा विद्यालय श्रोतवाट शिक्षक व्यवस्थापन गरी गे्रडशिक्षण गरिएको उत्कृष्ट छनोट विद्यालय अभिभावक समेतको सकरात्मक सहभागिता हुदा शैक्षिक उन्नती सुधार उन्मुख थियो । यसरी अछाम जिल्लाको शैक्षिक अवोलोकनको सिकाइ भ्रमण सकेर मुजाबगर झर्यौं । सबैले खाना पछि फर्किदा डोटीको बाटो डडेल्धुरा हुदै कैलालीवाट नेपालगंजको वाटो कालीकोट फर्किने योजना बन्यो । 

अछामको यात्रालाई लेकाली सेतो गुरासले स्वागत र विद्याइ गरिरहेका थिए । चैधेरा बन्न लागेका कान्जीरोहा हिमालले माला हेर्दे अपि सैपाल हाँसेको तिर दौड्दै जयगढ,साफे हुदै जाल्पाको बाटो अघि बढ्दै थियौं । बेलुकि पख वादलका घेराहरु नजिहिदै पानीले झर्ने सुरुसात गर्यो । रातीहुदै जाँदा वाटै भरी असिना सहित दर्केको पानी चौखुट्टेबजार पुग्दा सुस्ताउन थाल्यौं । जीपमा हुइकिदै थियौं रातीको १० बजे सिलगडि बजार आइपुग्यो । भक्त सरले सम्पर्क गरेको होटलमा बास भयो ।

अछामको सिकाइ अवोलोकन भ्रमणलाई समिक्षा गर्दा यस किसिमका सुभावहरु आएका छन् ।

१. प्रारम्भिक तह पढाइ कार्यक्रम क्रमशः अन्य विद्यालयमा लागु गदै जानु पर्ने छ ।

२. नमूना विद्यालय बाट अन्य विद्यालयहरुले सिकाइ घुम्ती बैठक संचालन गरी आफूले लागु गर्नु पर्ने छ ।

३. यातायातका लागि सडक संजालहरु पुगाउन हरेक गाविसले छिचोलेर चिराचिरा पारिएको सडक निर्माणमा गाविसको बजेट सदुपयोग गर्न आधुनिक विकासको पूर्वाधारलाई अन्य जिल्लाका गाविसले ४/५ दिनमा परिषदमा ६/७ लाख नास्ताका नाममा मदिरा ब्यापार नगरी यो सिकाइ गर्नु पर्ने छ ।

४. यातायातले आतुरिएको अछाम सडक बनेपछि भविष्य सुखद बनाउने मौलिक व्यवशाय अपनाउनु आवश्यक छ ।

५. फलफूत तथा तरकारी खेती न्युन देखिएको केरा, आप, कटहर, सुन्तला, ओखर, नास्पाती, आरु र बोखराको वृहत खेती विस्तार गर्नु पर्दछ ।

६. नल, पराल, घोगा र बडुको उत्पादनले कागज उद्योग हुने देखिन्छ ।

७. ब्यापक तोरी खेती हुने भएकाले मौरीपालन गरी मह उत्पादन व्यवशाय गर्नु पर्ने देखिन्छ ।

८. मासु र दुधका लागी ब्यवशायीक पशुपालन आवशयक छ ।

९. जडिवुटी तथा मसला खेतीका लागी धरातलीय माँग देखिन्छ ।

१०. मंगलसैनमा कपडाको तान विगे्रजस्ता खानेपानी पाइप व्यवस्थित गरेर दवाउनु पर्ने देखिन्छ ।

भोलीपल्ट ११ गते सोमवार विहानै उठेर डोटीको २०२५ बर्ग किलो मिटर क्षेत्रमा फैलिएको जिल्ला सदरमुखकाम जहाँ मार्कुलेक, बगलेक, तेलेलेक र डडेलधुराले घेरेको पुरानो गौडा बसेको राजधानी सिलगडीको चैतर्फी दृष्यवलोकन गर्यौ । यहाँ परापुर्व कालमा अछाम, बझाङ, बाजुरा र डोटीको प्रशासनिक केन्द्र सिलगढीमा कोट भैरवको भग्नावशेष दरवार छ । यस्तै खप्तड क्षेत्र २२ वटाको गणेश पाटन, पौवाको गीता मन्दिर र पुस्तकालय पनि हेर्न लायक छन् । 

डा. के आइ सिंहको जन्मथलो ऐतिहासिक डुम्राकोटका साथै सिलगढी नगरपालीकाका वडा नं. १,२,३, र ४ मा रहेको डोटी जिल्ला सदरमुकाम बजार समुहगाढ, श्रीखोला, सैनी र घटाली सम्म २५ किलो मिटर फैलिएको छ । यस भित्र गढी, रातोली, नाचन्थलि, उडितोला, केलना, वडिमालिका र त्रिसुला मन्दिरका साथ इन्द्र चोक छ । वि सं २००४ सालमा स्थापित शैलेश्वरी मावि र डोटी बहुमुखी क्याम्पस यहि रहेका छन् । यहा २५० बर्ष पुरानो नेवारको वाहुल्यता रहेको बस्ति छ । 

शिलगढी नपा २ मा “गयो डोडी,खायो रोटी, फर्कने वेला धोती न टोपी” भन्ने पुराना बडा हाकिमे शासकका कर्मचारीको टाढाको दुख देखाउने डोटी आजको यातायात सुविधाले सुखम बनाइ दिएको छ । यसरी बुझ्दै, हेदै १० बजे तिर खुड्किलीका उकालो चेढ्दै राधाकृष्ण मन्दिरवाट अगाडी शैलेश्वरी (कैलास देवी) मन्दिरमा पुग्यों यसका वारेमा निवृत डोटीका जिशिअ हाल जेष्ठ नागरिक सेवा समाज तथा नेवारी समुह संघका अध्यक्ष गोविन्द श्रेष्ठले रुद्राक्ष र श्रीखण्ड चेन्दनको वृक्ष देखाउदै शैलेश्वरीको जानकारी गराइ दिनुभयो । 

सेती नदी र द्धारीका खोलाको संगम माथि शिलगढी डाँडामा अवस्थित हिमालकी देवी पार्वतीको प्रतिरुप मानिने कलात्मक मुर्ति रहेको पुरानो खालको भएर पनि यो मन्दिर मनोरम छ । यहाँ वार वर्षको माघमा लक्ष्यहोम,१२ लक्ष्य होममा कोटी होम गर्ने चलन २०५९ माघमा पूरा भएको छ । 

दशैमा बिशेष मेला लाग्ने यो स्थान पर्याटकका लागि निकै आकर्षक छ । शैल्यश्वरी मन्दिर परिषरमा निर्माण गरिएका कलात्मक कैलास क्षेत्र, वनवाटीका, सांस्कृतिक प्रतिकका सुन्दर मुर्तिहरु कर्नालीको मुगुमा पुख्यौली भएका ७७ बर्षिया ६० वटा एकांङ्की नाटकका नाटककार पुराना लेखक र चित्राकार निवृत शिक्षक धन बहादुर मल्लका रहेछन् । वहां संग तल झर्दा बाटैमा भेटघाट र कुराकानी भयो ।

एक घण्टाको बसाइ पछि सिलगढीबाट १४ किलो मिटर दूरीमा रहेको सुदुरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा झर्यौं । रुद्वा खोलाको सिंचाइले उर्भर रहेको भूमिलाई लोहाखोला,कालागाढ र सेतीले मित लगाएको छ । यसैको छेवैमा रहेको रेडियो नेपालको गैरे टावर हेरौं हेरौं लाग्दै थियो । जीपको सुसेली संग गोल्मागाढ,गोयाघाट हुदै दिपायल आयो । नयाा वस्तिले खचाखच भरिएको दिपाल बजार सर्सर्ती हेदै अगाडी वढ्यौं । 

विहानको ११: १५ बज्दै थियो । डाँडैडाँडाको १५३८ बर्गा किलो मिटर क्षेत्रफल फैलिएको डडेलधुरा जिल्लाको पर्याटकीय क्षेत्र हेर्दै अमरगढी आइपुग्यौँं । “ डोटी राम्रो डडेलधुरा,अछाम राम्रो साफे, मलाई पनि उडाइ लैजा हिउचुलिका डाँफे” साँच्चै भन्नु पर्दा डोटी भन्दा डडेलधुरा असाध्यै राम्रो लाग्यो । जताततै हरियाली वन बाटीकाले सजिएको प्राकृतिक सुन्दरताका बीचमा थुम्केउला डाँडाहरु,पहेल्पुर तोरेवारीका खेत पाखा सजेका गाउँ बस्तिहरु,खोला र गाडका माझमा मनैहर्न स्थल मिलेको धुरै धुरा छन् डडेलधुरामा । 

जीप वाट झरेर सर्वप्रथम सदरमुकाम देखि उत्तर तर्फ ६ किलो मिटर टाढाको डाँडामा अवस्थित उग्रतारा मन्दिरमा जान उकालो लाग्यौं । प्राचीन कालमा क्षेत्री साउदले हलो जोत्दा भेटिएको शिला मुर्तिलाई मन्दिर बनाइ स्थापित गरिएको उग्रतारा मन्दिरलाई विधर्मिले नष्ट गरेकाले तेह्रौं शताब्दिमा राजा नाग मल्लले पुनर निर्माण गरेको मानिन्छ । पछि प्यागोडा शैलिको सुन्दर मन्दिरको स्तरयुक्त बनाइएको छ । पहिलो तला पत्थर र दाश्रो छाना तामाको छ । मन्दिरको टुप्पामा त्रिसुल सहितको धातु छ । 

मन्दिरको मूल गेटबाट क्रमशः बहुचरा, भुवनेश्वरी, माण्डवि, भैरव, त्रिपुरा, अम्बिका, कात्ययनि, सरस्वती, गायत्री, कालीका, ब्रामन, ब्राह, कुर्म, मत्स्य, नरसिंह, विष्णुराम, कृष्ण, बुद्ध र कल्की अवतारका विभिन्न देवी देवताका कारीगरीका कलात्मक मुर्तिहरु बोल्छन् जस्तै लहरै सजिएका छन् । उग्रतारा, सोडसी, छिन्नमस्ता, मुन्डमाला जस्ता मुर्तिको मन्दिर परिसरमा भण्डार, होमकुण्ड, यज्ञशाला वीचमा आठ हात भएको सिंहमरमरको सिंह आसनमा सजिएको देवीको ३ वटा मुर्तिका साथमा जडिएको छ ।

यहा दशैताका कार्तिक शुक्ल पूर्णिका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यस अवसरमा देसी विदेशि हजारौ हजार पर्याटकहरु आउने गर्दछन् । यस्तो खाले पर्याटन क्षेत्रमा विभिन्न नाट्य,सिने समुहहरु छायांकन गर्ने पनि गर्दछन् । 

नभन्दै सूर्य विरही साउदको टेली सृंखला द्धारा बसिवियालो छायांकन गरि रहेका थिए । हामीलाई उनकै सृंखलामा पर्ने देउडा खेल खेल्न अभिनयका विच अवसर पनि मिलेकाले १५ मिनेट जति देउडा खेल्यौ सवै जनाले । त्यस पछि डडेलधुरा बजारमा रहेको माउन्ट भ्यू होटलमा खाना खाएर अमरगढि किल्ला हेर्न गयौं । भक्ति थापा,माथवर सिंह थापा,बलभद्र कुवर र कालु पाण्डे जस्तै बीर नेपालीका नामी बडाकाजी अमरसिंह थापा नेपाली इतिहासका हस्ति हुन्. । 

यिनैको नाममा डडेलधुराको अमरगढि पश्चिम नेपालको ऐतिहासिक किल्ला थियो । वि स. १८४७ भाद्र ३१ गते आइतवार नेपाल एकिकरणको शिलशिलामा यो अमरसिंह थापाको फौजी प्रशासनको सफल निसाना थियो । म बाघको डमरु हु भनेर गडवाल सम्म अंग्रेज संग धावा बोलेका थिए । यस गढीका भित्री परिसरमा २२ वटा निशाना गस्ति रहने गरी पत्थर र काठका कलात्मक अग्लो गढी छ । गढीको बीचमा फौजि परेड खेल्न हातहतियार चलाउन तालिम दिने ठाँउमा पछि बनेको उग्र भैरवको मुर्ति राखीएको छ । 

यसले फैजिलाई हाल परेड खेल्न सागुरो परेको महशुस हुन्छ । २ बजे अमरगढीबाट ओरालो झरेपछि डडेलधुराको बाघ बजार आयौं । त्यहा स्थापित भिमदत्त पन्थको शालिक ऐतिहासिक किसान क्रान्तिकारी अग्रज शहिद भिमदत्त पन्त डडेलधुराको धटाल गााउमा वि स १९८३ साल मंसिर १० गते बिहिवार जन्मेका थिए । 

उनि सानै छदा भारत पसेका वेला मेट्रिकपास गरी नेपाल फर्केका थिए । बिरखनमा संस्कृत पाठशाला खोली शैक्षि क्रान्तिवाट उठान गरेको भिमदत्तको आन्दोलनकारी स्वभाव भारतमा अंग्रेज धपाउ आन्दोलनवाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article अपाङ्ग बालीकाको सहारा बनिन ७५ बर्षीय हजुरआमा
Next Article यस्ता गल्तीहरु ओछ्यानमा पुगेपछि कहिल्यै नगर्नुहोस् !
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

सभामुखमा कांग्रेसले उमेदवारी दिने

57 years ago
काठमाडौँ - KTMसमाज

एनआरएन महासचिवमा डा पौडेलको उम्मेद्वारी

57 years ago
काठमाडौँ - KTMखेलकुद

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको सानदार जित

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कुवेतस्थित नेपाली दूतावासको कामदारलाई यस्तो छ आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?