सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अ"/>
2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्ग बालीकाको सहारा बनिन ७५ बर्षीय हजुरआमा

सलिम अन्सारी/सागर शर्मा/माघ १९, प्युठान । यी बालिकाको खुट्टा राम्ररी चल्दैन । कम्मर मुनिको भाग राम्ररी नचल्दा आफ्नो ज्यान धान्न सक्दिन्न यिनी । जन्मजात शारिरिक अपाङ्ग छिन उनै १३ बर्षिया बालिका पुजा नेपाली ।

उनलाइ अपाङ्ग अबस्था मै छोडेर जन्मदिने आमावुवा समेत धन कमाउन भारत लागे । उनिहरु लामो समय देखि भारत मै छन।बिगत ५ बर्ष देखि उनी आफ्नी बृद्ध हजुरआमा संगै आश्रीत छिन ।

अपाङ्ग अबस्थामा रहेकी ती बालिकाको बुवा बिष्णु नेपाली र आमा सुकमेली नेपाली भारत छिरेपछी पुजाको लालनपालनको जिम्मेवारी उनकी हजुरआमाको काँधमा आइलागेको हो । नातिनिलाइ सकिनसकी बेलाबेलामा एउटा ह्विलचियरमा राखेर घरवरिपरी घुमाउनु नै उनको दिनचर्या बनेको छ । 

नजिकैको भेटनरी स्कुलमा कक्षा १ मा अध्यन गर्ने उनिलाइ बिधालयमा आउजाउ गर्न पनि हजुरआमा कै सहारा चाहिन्छ । पुजा ह्विलचियरको सहारा बिना हिडदुल समेत गर्न सक्दिन्न । हांस्छिन, खेल्छीन र रमाउँछिन।हंसिली र फरासिलि भएकिले भेट्ने जो कोहिको मन पगाल्छिन उनले ।

प्युठान नगरपालिका ३ स्थित मावली घरमा बस्दै आएकि यी दलित बालिकाको दैनिकी यस्तै बितिरहेको छ । उनलाइ हेरचाह र रेखदेख गरिरहेकी हजुरआमा भन्छिन, “पुजाको रेखदेख अहिले मैले गरिरहेको छु ।”

उमेरले ७५ बर्ष पुगेकी उनकी हजुरआमा फुर्सी नेपालीले आफुलाइ त पाल्न नसक्ने  अबस्थामा आइलागेको यो समस्याले पिरोलिरहेको बताइन । फुर्सिले भनिन,” अब छोडेर जाउँ कसरी जाउं, कहाँ लैजाउँ, बुढेशकालमा अपाङ्ग नातिनी स्याहार्न गार्हो छ ।” आफ्नो छोरी ज्वाइँलाइ तिमिहरु संगै लैजाउ भन्दा पनि उनिहरु मान्दैन्न । फुर्सिले भनिन ।

आफुलाइ जन्मदिने बुबाआमा नै निर्दयी भएपछी आखिर अरु कस्को भर । अहिले सम्म कहिकतैबाट सहयोग नपाएकोमा उनको दुखेसो छ । जन्मजात अपाङ्ग भएपछी आफ्नै जन्मदिने आमावुवाले समेत छोडेर गएपछी हजुरआमाको सहारामा बाँचिरहेकी दलित बालिका भन्छिन,”मलाइ पढ्ने रहर छ ।” सबैले आश्वासन मात्र दिए सहयोग गरेन्न ।

राष्ट्रीय अपाङ्ग सेवा संघ प्युठानले पिडित बालिकाको घर मै पुगेर एक थान ह्विलचियर, १ दर्जन कपि, १ दर्जन कलम र १ थान झोला उपलब्ध गराएको संघका अध्यक्ष जुमान सिहँ केसिले जानकारी दिए ।

संघले अपाङ्ग बाल अस्पताल पुनस्थापना केन्द्र बनेपासंग समन्वय गरि उपचारका लागि पठाएको समेत बताए।बनेपामा चार बर्षको बसाइपछी घर फर्केकी अपाङ्ग बालिकाको दैनिक थियोग्राफी हुन नपाउँदा उनको स्वास्थस्थिती झनपछी झन कमजोर बन्दै गएको केसिले बताए । 

अपाङ्ग बालिकाको पारिवारिक स्थिती  कमजोर हुँदा र जिल्ला मै थियोग्राफी गर्ने उपकरण नहुँदा उपचारमा समस्या थपिएको हो । नेपालको जनगणना २०६८ अनुसार जिल्लामा २ हजार ८ सय १६ जना महिला र ३ हजार १ सय १४ जना पुरुष विभिन्न कारणले अपाङ्ग भएको तथ्याङ रहेको जिल्ला बालबालिका कार्यालय प्युठानकी निमित्त महिला बिकास अधिकृत मायां श्रेष्ठले जानकारि दिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई