2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतस्थित नेपाली दूतावासको कामदारलाई यस्तो छ आग्रह

माघ १६, काठमाडौं । कुवेत सरकारले घोषणा गरेको आममाफीको अवधिभित्र कुवेतमा अवैधानिक रूपमा रहेका नेपाली कामदारहरूलाई आममाफीमा सहभागी भई स्वदेश फर्किन र जरिवाना तिरेर वैधानिक हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

आइतबार दूतावासद्वारा जारी गरिएको एक सूचनामा सोमबारदेखि फेबु्रअरी २२ सम्म त्यहाँ अवैधानिक रहेका नेपाली कामदारहरूलाई आममाफीमा सहभागी हुन आग्रह गरिएको हो ।

दूतावासले आवासीय कानून उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका र कुनै पनि मुद्दा नभएका र यात्रा निषेध नगरिएका नेपाली कामदारहरूले आफुस“ग सक्कल राहदानी भए सिधै कुवेतको विमानस्थलबाट टिकट काटेर स्वदेश फर्कन पाउने उल्लेख गरेको छ ।

दूतावासको प्रेस विज्ञप्तीमा चोरीको उजुरी नपरेका, आपराधिक मुद्दा नपरेका र यात्रा निषेध नगरिएका घरेलु कामदार तथा अन्य कामदारले घर फर्किन आफूसँग भएको राहदानी वा अन्य कागजातको सक्कल वा प्रतिलिपि वा केही कागजात नभए पनि दूतावासमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

दूतावासले सूचनामा आङ्खनो नाममा मुद्दा नभएको वा यात्रा निषेध जारी नभएका नेपाली कामदारहरूले आफूसँग राहदानी नभएको अवस्थामा यात्रा अनुमति पत्रको लागि नागरिकता वा राहदानीको पुरानो प्रतिलिपि एवं २ प्रति निलो पृष्टभूमिमा खिचिएको ६÷४ आकारको फोटो सहित नेपाली दूतावासमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

आममाफीको अवधि भित्र नेपाल र्फकने वा आवासीय भिसा नविकरण गर्ने प्रक्रियामा समावेश नभए कुवेतको सरकारी निकायबाट चेकजाँचमा पक्राउ गरेर कुनै पनि कुवेतबाट डिपोर्ट गर्न सक्ने सूचनामा उल्लेख छ ।

आममाफीको बारेमा आवश्यक जानकारी र सहयोगको लागि जाब्रिया ,बल्क नं ८ , स्ट्रिट नं १३ , भिल्लानम्वर ५१४ स्थित नेपाली दूतावास र दूतावासको सम्पर्क नम्बर ००९६५ २५३२१६०३, २५३२१६०४, २५३२१६०५ तथा दूताबासकै हटलाइन नम्वर ००९६५९८८६९१२१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

कुवेत सरकारले गत २३ जनवरीमा यस्तो निर्णय गरी कुवेतमा कुनै किसिमको मुद्दा र यात्रा अनुमती निषेध सूचना जारी नभएको खण्डमा उक्त अवधिमा आवासीय अनुमती (भिसा) को म्याद सकिएका कामदारहरूले कुनै शुल्क बिना कुवेत छोड्न पाउने व्यवस्था कुवेत सरकारले गरेको छ ।

स्वदेश फर्किन नचाहने तर वैधानिक बन्न चाहनेले कुवेत सरकारले तोकेको जरिवाना बुझाएर बैधानिक हँदै भिसा नविकरण गर्न समेत सक्ने व्यवस्था समेत कुवेतले गरेको छ ।अपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, वैंकबाट ऋण वा मोबाइल, इलेक्ट्रोनिक्स सामान किस्ताबन्दीमा लिएर सबै ऋण चुक्ता नभएका कामदारले मुद्दा नसकिएसम्म र हिसाब पुरा नबुझाएसम्म जान सक्ने छैनन् ।

कुवेत सरकारले करिब १ लाख २५ हजार अवैधानिक कामदार कुवेतमा रहेको हुनसक्ने अनुमान गरेको छ । त्यस्तै कुवेतस्थित नेपाली दूतावासले भने करिब २० देखि २५ हजारको संख्यामा अवैधानिक कामदारहरू त्यहाँ रहेको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन