By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    11 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 minutes ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    36 minutes ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    4 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
    सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दाजुको चिठी: दाइ ! छेपाराले घर कहिले बनाउँछ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दाजुको चिठी: दाइ ! छेपाराले घर कहिले बनाउँछ ?
काठमाडौँ - KTMपर्बत - PBTलेख

दाजुको चिठी: दाइ ! छेपाराले घर कहिले बनाउँछ ?

साझासवाल
Last updated: August 29, 2016 10:17 am
साझासवाल
13 Min Read
Share

प्यारो भाइ महेन्द्र के.सी.

सहारा न्यूज दैनिक

कुश्मा, पर्वत ।

प्रिय भाइ !

आज भने तिमीलाई दिने उत्तर मसँग छैन । उत्तर नभएकै कारण आज तिमी अनलाइनमा आउँदा म भागेँ ।  भाइ तिमीले सधैँ मसँग माग्छौ ।“दाइ ! मलाई एउटा आर्टिकल पठाइदिनुहोस् ।” मैले हुन्न भन्न सक्दिन । तिम्रो मागलाई पूरा गर्न पनि सक्दिन । भेट हुँदा प्रतिबद्धता सहित  विभिन्न वहानाबाजीमा तिमीलाई टाल्छु ।

म तिमीप्रति धेरै अन्यायी भएँ मेरो भाइ । मलाई माफ गर । हुन त म आजभोलि आफैप्रति पनि धेरै नै अन्यायी भएको छु राजा । मलाई तह लगाऊ है । एक दिन तिमी मसँग रिसायौ । मलाई गाली ग¥यौ । “दाइ ! छेपाराले घर कहिले बनाउछ ?”

उत्तरमा मैले नेटको समस्या देखाएँ भाइ । तिमीले “नेटको कामै छैन दाइ भन्यौ ।” यसको अर्थ तिमी मसँग रिसायौ । मैले भनेँ “प्रिय भाइ ! म बिग्रिएँ । मेरो कलम सुत्यो । मेरो सिर्जनाको बन्ध्याकरण  भयो । मलाई निदाउन नदेऊ भाइ ! मलाई यसरी नै घोच । मलाई यसरी नै तर्साऊ मेरो भाइ । मलाई यसरी नै जगाऊ मेरो आँखा, मेरो आत्मा, मेरो सारथी । मलाई मर्न नदेऊ ।”

तिमी हाँस्यौ । मैले फेरि भने “भाइ तिम्रो हाँसोठट्टामा गहिरो व्यङ्ग्य लुकेको हुन्छ । मैले बुझेको  छु । तर अरुले आलोचना सम्झिन्छन् ।”

तिमीले “हजुर !” भन्यौ अरु केही भनेनौ । मलाई तिम्रो “हजुर” ले लामो समय घोचिरहयो मेरो भाइ । मलाई सोचमग्न बनायो । मलाई काँतर पनि बनायो । त्यसैले हुन सक्छ मेरो भाइ ! आज तिमी अनलाइनमा आउँदा म एक चोर, अपराधी, दोषीका भाँती भागिहालेँ । 

प्रिय भाइ ! 

मैले विषय पाइन । के विषयमा मैले लेखौँ ? कस्तो विषयमा मैले लेखौँ ? के लेख्दा सबैको मन छुन सकिएला ? के लेख्दा सहीलाई ताली र गलतलाई गाली दिन सकिएला ? मैले के लेखेँ भने तिमी खुसी हुन्छौ ? र “धन्यवाद दाइ !” भन्छौ । म विषय नपाएर अलमलिइरहेको छु राजा । 

एक दिन तिमीले राजनीतिको विषयमा लेख्न भन्यौ मेरो भाइ ! मैले लेख्न पनि लेखेँ । तिमीले तिथिमिति सहितका घटनाहरु राख्न भन्यौ । राजनैतिक हिरोहरुका कहानीहरु लेख्न भन्यौ । उनीहरुलाई ताली दिन भन्यौ । उनीहरुलाई गाली दिन भन्यौ । मैले त्यो केही पनि दिन सकिन मेरो भाइ । त्यसैले मैले त्यो विषयमा पनि लेख्न सक्ने हैसियत राखिन ।

अझैसम्म मैले राजनीतिको कपुरी क पढ्ने अवसर पाएको छैन मेरो भाइ । तिम्रा राजनैतिक हिरोहरुसँग राजनीतिको कपुरी क कयौँपल्ट मागेँ । दिएनन् । उनीहरुसँग थिएन कि दिएनन् थाहा पाइन । तिम्रा धेरै खबरहरुमा खोजेँ तर त्यहाँ पनि भेटिन भाइ । कति पल्ट तिमीले “तिनै हुन् मान दाजु ।” भन्यौ तर मैले मानिन । 

त्यहाँ कसैलाई काखा र कसैलाई पाखा थियो मेरो भाइ । तर मैले सिक्न खोजेको राजनीति त्यो होइन भाइ । राजनीतिको आँखामा राज्य हुनुपर्ने होइन र ? राजनीतिको आँखामा कोही पाखा र काखा हुन्छ र ? राज्य सञ्चालन गर्ने नीति राजनीति होइन र ? राज्यका नीति निर्माता र  कार्यान्वयनकर्ता राजनैतिक पार्टी होइनन् र ? अहिले त्यो देखिएन भाइ । राज्यभन्दा ठुलो पार्टी, पार्टीभन्दा ठुलो व्यक्ति भइरहेछ । व्यक्तिवाद हावी छ । नातावाद कृपावाद हावी छ । राजनीतिको उद्देश्य सत्ता र शक्ति हडप्नु र आफ्नो व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्नु मात्र साबित भइरहेको छ । 

आलोपालो, बाँडिचुडी मिलीजुली गरम भाइ राजनीति भइरहेछ ।  यो राजनीति हुन सक्दैन भाइ । यो जङ्गली सभ्यता हो । बलियाले निर्धामाथि अन्याय गर्ने संस्कार राजनीति हुन सक्दैन भाइ । अर्को कुरा के छ भने भाइ, प्रजातान्त्रिक प्रणालीमा सत्तासाझेदारीको भागबिलो र सम्झौता हुनै सक्दैन । सत्तापक्षी र बलियो प्रतिपक्षी यसको मर्म हो । सत्तापक्षीले विपक्षीलाई जिताउने र विपक्षीले सत्तापक्षीलाई बिग्रिनबाट खबरदारी गर्ने पद्धति प्रजातान्त्रिक प्रणालीमा हुनु पर्ने होइन र भाइ ? विपक्षी गुट उपगुट निर्माण गरेर कसरी सत्तामा पुग्ने र सत्तापक्षीले कसरी विपक्षीलाई सक्ने भन्ने खेल कुनैपनि प्रजातान्त्रिक प्रणाली र राजनीतिमा हुनै सक्दैन । त्यसैले, मेरो भाइ ! अन्धो भएर मैले यो विषयमा कलम चलाउन सकिन । म धेरै धेरै दुःखी छु, माफ गर है । 

प्रिय भाइ ! 

तिमीले प्रकृतिको विषयमा लेख्न भन्यौ । मैले प्रकृतिको विषयमा लेख्न खोजेँ । प्रकृति मलाई अति प्रिय लाग्छ । घाम लागेको दिन रमाइलो र घमाइलो लाग्छ । बगैचामा पुतली नाचेको, हरेक फुलका गुच्छागुच्छामा माहुरी डुलेको खुब मन पर्छ । चिडियाले गाएका हरिया वनजङ्गल अति मनमोहक लाग्छन् मलाई । विहानमा हासेका हिमाल हेरेर नै मैले हास्न सिक्दै छु । हिमाल जस्तै पवित्र, उज्यालो, उच्च, विशाल र दर्बिलो मन लिन सिक्दै छु । नागबेली परेका हराभरा, अटल, विशाल र असिम पहाडी शृङ्खलासँग मैले सिर्जना र संघर्षका गीतहरु गाउन सिक्दै छु । तराईका बिशाल र उर्वर फाँटहरुले मलाई पौरखी र उद्यमी बन्न सिकाउदै छन् । जुन लागेको रात अति शान्ति र कान्तीमय लाग्छ । निद्रादेवीले दण्ड दिएको रात ताराहरु पोखिएको आकाश हेरेर बिताउदा स्वर्गपुरी पुगेको आभास हुन्छ । कहिलेकाही प्रकृति धुम्म हुन्छ । आकाश कालो बादलसँगै अमिलो धमिलो बनिदिन्छ । बिजुली चड्किन्छ । मेरो घरको छानो सँगीत भर्न थाल्छ । वृक्षका पातहरु गाउन थाल्छन् । म आनन्दले आँखा चिम्लिन्छु । रिमिझिमी वर्षामा नुहाएर शीतलो बन्छु । तर दुःखको कुरा के छ भने भाइ प्रकृतिको यो असीम आनन्दले मलाई जोगी बनाएन भोगी र मोजी बनायो । सिर्जनशील र चिन्तनशील होइन रोगी बनायो । म भौतिक वस्तुको गुणतिर लागिन परिमाणतिर मात्र लागेँ । मैले आँखा उघारेर बटुलेका ज्ञानगुनलाई आँखा चिम्लिएर देख्न सकिन । व्यवस्थित गर्न सकिन । यसैले प्रकृतिलाई मात्र विषय बनाएर लेख्ने हैसियत मैले राखिन मेरो भाइ ।

प्रिय भाइ ! 

मलाई समाजको विषयमा कलम चलाउन भन्यौ । अनेक व्यक्ति, घरपरिवार, जातजाति, भाषाभाषी, धर्मसंस्कृति, रहनसहन, जीवनस्तर, भोगाइ, ज्ञानविज्ञान, भूगोल आदिको एकीकृत स्वरुप समाज हो जस्तो लाग्छ मलाई । समाज जहाँ पनि छ । जेमा पनि छ भाइ । समाजबिना सजीव निर्जीव कसैको पनि अस्तित्व छैन । 

हाम्रो शरीर पनि त एउटा पूर्ण समाजको नमुना हो नि । हेर, यो कति धेरै अङ्गप्रत्यङ्ग मिलेर बनेको छ । आन्तरिक र वाह्य अङ्गहरु छन् । पञ्चइन्द्रियहरु छन् । असंख्य कोषहरु छन् । सबैको आआफ्नो काम र महत्व छ । एउटा सूक्ष्म तत्व कमजोर, घाइते या काम नलाग्ने हुँदा शरीरका अन्य तत्वहरुमा पनि असर पर्छ । जसलाई हामी रोग लागेको भन्छौँ । यसले विकराल रुप लिदा अन्त्यमा हामी मृत्युको मुखसम्म पुग्न समेत बाध्य हुन्छौँ । यही हाम्रो शारीरिक समाजलाई हेरौँ न । कसरी एउटा सानो अंशको असरले पूरै शरीरलाई जखमी पार्दो रहेछ । त्यस्तैगरी प्रत्येक सूक्ष्म अंशहरुको सबलताले पूरै शरीर  सबल, सक्रिय र जीवित पनि त बनिरहेको हुँदोरहेछ नि ।   

यो सारा व्रह्माण्ड सिङ्गो समाजको एउटा नमुना हो । आकाशमा हेर । घाम छन्, जुन छन्, ताराहरु छन्, असंख्य खगोलीय पिण्डहरु छन् । धरतीमा हेर । हिमाल, पहाड र तराई छन् । नदीनाला छन् । तालतलैया र समुन्द्र छन् । असंख्य कीटपतङ्ग, वनस्पती र जीवहरु छन् । यो नै समाजको सिङ्गो अस्तित्व हो । यसैमा पूर्ण समाज बाँचिरहेको हुन्छ । 

हामीले सामान्य अर्थमा चिनिने समाज एउटा मानवीय समाज हो । यसमा धेरै जातजाति, भाषाभाषी, धर्मसंस्कृति र रहनसहनका मानिसहरु छन् । समग्रमा यी सबै एउटा बगैचाका सुन्दर फुलहरु जस्ता लाग्छन् । तर पनि यी कुनै न कुनै कुसंस्कार र विकृतिको सिकार भएको पाइन्छ । अरु समाजमा भन्दा यिनमा धेरै विसमताहरु छन् । जातजाति, भाषाभाषी, धर्मसंस्कार, पेसाव्यवसाय, आर्थिक अवस्था आदिका आधारमा हाम्रो मानवीय समाज वर्गीयतामा विखण्डित छ । ठुला ठुला विभाजनका रेखाहरु कोरिएका छन् । मानव मानव बिच ठुला खाडलहरु छन् । यही विभाजन अहिले आएर देश, भूगोल, नश्ल र पार्टीको रुपमा संस्थागत बनिरहे जस्तो पनि देखिन्छ । कतिपय विकासोन्मुख मुलुकमा यसले अति संकीर्णता र जर्जरता पनि हाँसिल गरे जस्तो देखिन्छ ।

हो, म यही समाजको मानिस त हुँ तर मेरो अल्प बुद्धि र अल्प आयुले यसको अध्ययन र लेखनमा पनि अपूर्णता देखायो । मलाई माफ गर भाइ । यस्तै संकीर्णताको कारण आज म सामाजिक लेखकको रुपमा उभिन सकिरहेको छैन । 

प्रिय भाइ !

तिमीले मलाई साहित्यको विषयमा लेख्न भन्यौ । हिजोआज मैले साहित्यमाथि ठुलो अन्याय गरेको छु । मैले पूर्वीय होस या पाश्चात्य कुनै पनि साहित्यको अध्ययन गर्न छाडेको छु । साहित्यका कुराहरु मलाई बनावटी कथा मात्र लाग्न थालेका छन् । समसामयिक साहित्यकारका धेरै कृतिहरु हेर्छु । तिनमा पनि कुनैमा शब्द मात्रै थुपारिएको पाउँछु । कुनैमा भाव मात्र थुपारिएको पाउँछु । कुनैमा काल्पनिकता मात्र भेटिन्छ । मैले सोच्छु, साहित्य भाषामा मात्र सीमित छैन । भाषा त कुनै एउटा माध्यम मात्र न हो । भाव त्यसको चेतना हो । विषयवस्तु त्यसको मस्तिष्क हो । कला त्यसको सजावट हो । रुप त्यसको जीवन हो । प्रभाव त्यसको समाज हो । जीवन, समाज, मानवीय संवेग र अनुभूतिहीन साहित्यदेखि मलाई विरक्त लाग्न थालेको छ । यसैले हुन सक्छ, हिजोआज मैले साहित्यमाथि घोर अन्याय गरेको छु । साहित्यले पनि मलाई अन्याय नै गरेको छ । किनकि धेरै दिनदेखि साहित्यका लागि मैले आफ्नो निद्रा, भोकप्यास, ऐसआराम, स्वास्थ्य र समयको बलिदानी दिएको छैन । साहित्यले मलाई बलिदानी दिन बाध्य पारेको पनि छैन । हुन सक्छ हिजोआज मैले आफ्नो लागि मात्र बाँच्न थालेको छु । अरुलाई बिर्सिएको छु । मेरो मगजको अनुभूतिमूलक पाटो बाँझो पारेको छु । प्रिय भाइ ! साहित्यको प्रसङ्ग आउँदा म निरुत्तर छु । मलाई माफ गर । कुनै दिन, कुनै पल, कुनै घटनाले जगायो भने फेरि पनि साहित्यमाथि न्याय गर्न आउने नै छु भाइ । तिम्रो लागि मात्र साहित्यमा कलम चलाउन नसकेकोमा धेरै धेरै दुःखी छु भाइ । 

प्रिय भाइ !

तिमीले पत्रपत्रिकाको विषयमा कलम चलाउन भन्यौ ।  मैले पत्रकारिताको ठुलो सम्मान गर्छु । सबैको खबर लेख्दालेख्दै बेखबर बनिरहेका पत्रकार दाजुभाइ दिदीवहिनीको विवसतालाई मैले नजिकबाट हेरेको छु । सूचना मानव जातिको पहिलो आँखा हो । अरुको आँखा खोल्ने कार्य आफैमा सम्माननीय छ । तर भाइ, हिजोआज यसको पवित्रता र निष्पक्षतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यो विभिन्न शक्ति केन्द्रको हतियार हुन थाले जस्तो आभास भइरहेछ । आफ्नो धर्म बिर्सिएर लरबराए जस्तो पाएको छु । पत्रकारिता सबै जनताको साझो चौतारी बन्न छोडेको हो कि भन्ने प्रश्न चिन्ह खडा भएजस्तो मान्छु । थोरै थोरै बुझेर धेरै धरै गफ चुट्दा आफैमाथि अन्याय त गर्दिन भन्ने डरले यो क्षेत्रमा पनि कलम चलाउन सकिन भाइ । 

प्रिय भाइ !

यस्तै यस्तै तिमीले धेरै विषय दिएका थियौ । सबैको सन्दर्भ उल्लेख गर्न पनि सकिन । तिमीले दिएका सबै विषयमा यस्तै यस्तै केही न केही कमजोरीले गर्दा कलम चलाउन सकिन । त्यो कमजोरी विषयको होइन । मेरो हो । अहिले भने म दोष नै दोषको भकारी जस्तो भएको छु कि ? 

यसैले म महान दोषी पनि भएँ कि ? दोषीले मात्र सारा संसार दोषी मात्र देख्छ । हुन सक्छ, यो चिठीमा मैले दोष मात्र थुपारेको छु कि ?  

प्रिय भाइ !

यसलाई दोषको रुपमा मात्र नबुझिदिनु होला । यो मेरो झिनोमसिनो गुनासो मात्र हो । तिम्रो माया र घोचपेँचको शक्तिले म जाग्न चाहन्छु । प्रिय भाइ ! मलाई निदाउन र हराउन दिने छैनौ भन्ने आशामा छु । 

प्रिय भाइ !

जाँदा जाँदै तिमी, तिम्रो पत्रिका सहारा न्यूज, पत्रिका परिवार र सम्पूर्ण पाठक वर्गमा नजिकिदै गरेको हरितालिका, विजयादशमी र दिपावलीको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । सहारा न्यूज वास्तविक दीनहीनको सहारा बनोस् । राष्ट्र निर्माणको बलियो खम्बा बनोस् ।

प्रिय भाइ !

अवश्य पनि मलाई निदाउन दिने छैनौ भन्ने आशामा यो चिठीको बिट मार्छु । 

उही तिमीलाई माया गर्ने दाजु 

राजु वि.क.

Share This Article
Facebook Email Copy Link Print
Previous Article ३ कि.मि खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र र महिला तर्फ सुनमाया प्रथम
Next Article घुम्न जाँदै हुनुहुन्छ ? ‘छोटा पहिरन र स्कर्ट लगाएर नघुम्नुस्’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMभिडियो

भूकम्प किन जान्छ ? हेर्नुहोस् एक जानकारी (भिडियोसहित)

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेपाल एयरलाइन्स चौथो पटकको प्रतिबन्ध पछि हङकङ उडान गर्दै,के छन् मापदण्ड ?

57 years ago
काठमाडौँ - KTMसमाज

दश उद्योगलाई उपस्थित हुन पत्राचार

57 years ago
काठमाडौँ - KTMखेलकुद

गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?