उकालो लागेको सुनको मूल्य आज फेरी घट्यो,कतिमा भइरहेको छ कारोबार ?

साझासवाल
1 Min Read

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share This Article