शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

Sajha Sabal
1 Min Read

काठमाडौँ | नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।

Share This Article