२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुत्ता चप्पल मेला पुस १३ देखि

२०७४, १० पुष सोमबार ०२:५४

पुस १०, काठमाडौँ (रासस) | फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले पुस १३ देखि जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी तथा बिक्री गर्ने भएको छ । 

सो बारेमा जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रवीनकुमार श्रेष्ठले नेपालमा जुत्ता चप्पलको खपत निक्कै बढेको बताउँदै विदेशी जुत्ता चप्पलको निर्वाध प्रवेशले नेपाली जुत्ता उद्योगमा प्रभाव परेको उल्लेख गर्नुभयो । 

प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नानिराज घिमिरेले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका २२९, घरेलु तथा साना उद्योग विभाग र समितिअन्तर्गत दर्ता भएका ९३२ तथा अन्य साना उद्योग गरी कूल १५०१ जुत्ता उद्योग नेपालमा सञ्चालित भएको बताउनुभयो । 

उहाँले यी उद्योगमा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको, जसमा १६ हजार महिला संलग्न भएको बताउनुभयो । घिमिरेले नेपाली जुत्ता उद्योगको क्षमता ११ करोड १९ लाख ७१ हजार जोर जुत्ता उत्पादन गर्ने भए पनि हाल वार्षिक चार करोड ३९ लाख ५८ हजार जोर जुत्ता उत्पादन हुने गरिएको जानकारी दिनुभयो । 


आव ०७२/२०७३ मा नेपाली बजारमा सात करोड ६२ लाख ४४ हजार जोर जुत्ता खपत भएको तथा नेपालमै उत्पादित जुत्ता चप्पल भने तीन करोड ६२ लाख जोर खपत भएको तथ्यांक प्रस्तुत गरियो । 

पुस १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालमा उत्पादित जुत्ता चप्पलको १३५ वटा कक्ष राखिने बताइएको छ । 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी