२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुका दलित समुदाय डोको बुनेर जीविका चलाउन बाध्य

२०७५, ९ असार शनिबार ०४:२८

नन्द बहादुर रोकाया | असार ९, मुगु | छायाँनाथ रारा नगरपालीका वडा नं ३ निगाले गाउँका धन बहादुर विक एक्का बिहानै उठुनु हुन्छ  अनि कहिले डोका बुनेर तिर लाग्नु हुन्छ त कहिले बुनेका डोका बेच्न भन्दै गाउँ गाउँ जाने  गरेको बताउनुहुन्छ । खेतिपाती पनी गर्छु ६ महिना मात्र खान पुग्छ  रोजगार छैनन बेरोजगार छौ जिवन गुर्जान भएपनी डोका बुन्ने पेशा अंलालेको विकले बताए । 


धन बहादुर भन्नु हुन्छ 'डोका बुन्ने काम नगरे त चुलोमा आगो नै बल्दैन ।' डोका बुनेरै सात जनाको परिवार पाल्दै आएको विकले सुनाए । उहाँ मात्र हैन निगाले, रुगा कोटिला गाउँका दलित समुदायका स्थानीयको जिवन गुर्जाने पेशाानै डोको बुन्ने रहेको छ । उमेरले डाँडापारिको घाम बन्नु भएका अपांग भएपनी  डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ  ६५ बर्षका कन्न सिहं विकको जवानीमा  कालापहाड जाने आउने गरेका विकले खासै पैसा भने कमाउन सकेनन् बरु रोग ल्याएर फर्किन बाध्य भए । 


काला पहाडमा होल खाप्ने काम पाएका विकको कात्तोस पट्काउने बेला आखाँमा गहिरो चोट लाग्यो, अनि अपागं भएर फर्किनुभयो  अहिले बुढेसकाल त्सयैमाथि छोरा/छोरीबाट अलग हुनु पर्यो, अहिले एक्लै बस्नु हुन्छ । पेट पाल्न अरु केहि गर्न नसकिए पछी डोको बुन्ने ब्याबसाय रोज्यको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ 'डोको नबुनेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै छैनन  । दिनमा पाँचवटा डोको बुनेर मासिक रु २० हजार जति आम्दानी गर्छु । एकवटा डोकोको मूल्य ३०० देखि ४०० सम्ममा बिक्री हुने गरेको विकको भनाई छ । मुगु जिल्लका निगाले रुगा कोटिला लगायतका दलित समुदायका स्थानीय निगालो बाट बन्ने डोको, डालो, छाप्री, छान्नु सुपो र स्याकु लगायत दैनिक जीवनमा प्रयोग आउने सामाग्रीहरु बनाउदै आएका छन् । प्रत्येक घर परिवारले यो व्यवसाय रोजेको र त्यसै अनुसार जिवन चलाउदै आएको छायाँनथ रारा नगरपालीका १३ का श्रीचन्द्र लावडले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो