२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार: सूचक घट्यो, कारोबार बढ्यो

२०७५, २२ श्रावण मंगलवार ११:०२

साउन २२, काठमाडौँ | शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ । 

आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको थियो भने सोमबार पनि सामान्य अंकले गिरावट भएको थियो । आज कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार रकम आइतबार र सोमबारको तुलनामा भने बढी हो । 

आइतबार शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ र सोमबार रु १९ करोड १७ लाख ४८ लाख १२० बराबरको खरीद बिक्री भएको थियो । स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा होटल ३२.३४, निर्जीवन बीमा ११.०५ र अन्य समूह २.४१ रहेका छन् । बैंकिङ ०.७७, विकास बैंक १.३१, जलविद्युत् ४.९६, वित्त क्षेत्र ४.०३, उत्पादन २४.४२, माइक्रोफाइनान्स १०.८१ र जीवन बीमा समूहको शेयर ३८.८३ बिन्दुले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस