फागुन १६, काठमाण्डौ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । बुधबार खरिददर ११३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०१ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा छ । हिजो खरिददर २८ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ थियो ।

यस्तै आज बिहीबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६० पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७७ पैसा तोकिएको थियो ।

आज बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०८ पैसा छ । हिजो खरिददर ३ सय रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४१ पैसा रहेको थियो ।

बिहीबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ । मंगलबार वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा थियो ।