2026-11-02 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौँ | वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर थापाले जानकारी दिए ।

कार्यालयको काममा खटिरहेका लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान चौधरी सोही वडास्थित पदमिनी खोला नजिक ट्रकसँग ठोक्किएर सोमबार घाइते भएका थिए ।

लु १ ख ९३५२ नम्बरको ट्रक र सोही दिशामा गुडिरहेको लु प्र ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि घाइते भएका चौधरीको आज लमही अस्पतालमा मृत्यु भएको प्रहरीले स्पष्ट गरेको छ ।

सो घटनामा संलग्न ट्रक चालक रुपन्देही जिल्ला सियारी गाउँपालिका–४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द