मनिष गुप्ता, जेठ १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकावाट अबैध स्क्याभेटर बरामद गरिएको छ । मगरवार कृष्णनगर भन्सार कार्यालयको टोली र शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर सयुक्त टोलीले स्क्यभेटर बरामद गरेको हो ।

बिशेष सुराकीको आधारमा कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं। १ स्थित जितपुर ४ नम्बर चोकमा सडक किनारमा रोकी राखेको अवास्थामा स्क्यभेटर नियन्त्रणमा लिएको हो ।

अन्दाजी मुल्य रु एक करोड बराबरको हुण्डाई कम्पनीको स्क्याभेटरको आवश्यक कागजात चेकजाँच गर्दा केही पनि नभेटिएको र शंकास्पद देखिन आएको हुँदा थप आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक धर्म बहादुर थापाले बताए ।

सशस्त्र प्रहरी निरीक्षक धर्म बहादुर थापाको कमान्डमा ७ जना र कृष्णनगर भन्सार कार्यालयबाट ३ जनाको संयुक्त गाडी मोवाईल टोलीले बिशेष सुराकीको आधारमा स्क्याभेटर नियन्त्रणमा लिएको हो । स्क्याभेटर कृष्णनगर भन्सार कार्यालयमा राखिएको छ ।