२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भ्रष्टाचार सूचकांकमा डेनमार्क पहिलो स्थानमा, नेपालको स्थान कति ?

२०७६, ९ माघ बिहीबार ०८:२८

माघ ९, काठमाडौं । नेपालमा भ्रष्टाचार केही घटेको ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकले देखाएको छ । ट्रान्सपरेन्सीले इन्टरनेसनलले सार्वजनिक गरेको करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल ११ स्थान माथि उक्लिएर १ सय १३औं स्थानमा पुगेको हो । गएको वर्ष नेपाल ३१ अङ्कसहित १ सय २४‍औँ स्थानमा थियो ।

सीपीआईका अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशका रुपमा ८७ अङ्कसहित डेनमार्क छ । सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । सोमालियाले जम्मा ९ अङ्कमात्र पाएको छ ।  

दक्षिण एशियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ । भुटान ६८ अङ्कसहित २५ औँ स्थानमा छ । यस्तै भारत र चीन ४१ अङ्कसहित ८०औँ स्थानमा छन् । यस्तै श्रीलङ्का ३८ अङ्कसहित ९३औँ, पाकिस्तान ३२ अङ्कसहित १२०औँ, माल्दिभ्स २९ अङ्कसहित १३०औँ, बङ्गलादेश २६ अङ्कसहित १४६औँ र अफगानिस्तान १६ अङ्कसहित १७३औँ स्थानमा छन् । 

 भ्रष्टाचारविरोधी निकायको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु, खासगरी नेपाली सेनामा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालमा भ्रष्टाचार कम हुँदै गएको सर्वेक्षणले देखाएको छ । सीपीआईले सूचकाङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका देशहरुकै श्रेणीमा रहेको बताएको छ । 

साथै सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धता भनिएअनुसार कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्यामा भने सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरणलगयातमा सुधार गर्दै भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट