2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमिकोट विमानस्थल निजी पार्किङ्ग स्थल र ड्राईभिङ्ग तालिम केन्द्र बन्दै

रेशम राज रोकाया/फागुन २८, हुम्ला । हुम्लाको सिमिकोट विमानस्थल निजी पार्किङ्ग स्थलको रुपमा प्रयोग हुँदै आएको छ । 

कुनै पनि खालको निजी प्रयोग र २४ सै घण्टा सुरक्षा कडाई हुने विमानस्थललाई हुम्लाका सवारी धनीले निजी पार्किङ्ग स्थलको रुपमा प्रयोग गर्दै आएका छन् । हुम्लाको उत्तरी भेग लिमी लाप्चा हुँदै सिमिकोटमा ट्रयाक ओपनिङ्ग हालै भएको भएता पनि गत ३ वर्ष देखी सिमिकोटको लाग्नाबाट ढुँगा ओसार्नको लागि प्रयोग हुँदै आएको ट्रयाक्टर २ वटा, यसै वर्ष मात्र लाग्ना–सिमिकोट सडक खण्डमा सञ्चालन गरिँदै आएको बोलेरो जिप १ वटाको पार्किङ्ग स्थल हाल सिमिकोट विमानस्थल भएको छ । 

 विमानस्थलको पश्चिम उत्तरी भागमा राखिएका सवारी साधनको  पार्किङ्ग लगायत अन्य सवारी साधनका काम नलाग्ने भागहरु । 

निजी क्षेत्रका व्यवसायीले सञ्चालन गर्दै आएका सवारी साधनलाई विमान स्थल सुरक्षाकर्मी र विमानस्थल कर्मचारीले विमानस्थलको एप्रोन सम्म नै निर्बाध रुपमा सञ्चालनको लागि अघोषित अनुमति दिएको छ । 

महिन्द्राको बोलेरो जिपले विमानस्थलबाट यात्रीको सामान ओसार्न, सिमिकोट बजारका व्यवसायी र अन्य स्थानियको सामान ओसार्नको लागि प्रति केजी १० देखी ५० रुपैयाँ सम्म लिने गरेको छ भने भने ट्रयाक्टरले ढुँगा लगायत अन्य निर्माण सामाग्रीको ओसार पसार मात्र नभएर सवारी साधनलाई नै विमानस्थालमा पार्किङ्ग स्थलको रुपमा प्रयोग गरिरहका छन् । त्यसै गरी तारा ईयरको २ वर्ष अगाडी दुर्घटनाग्रस्त विमानको भाग, अन्य फोहोर जन्य सामाग्री पनि विमानस्थल परिसरमा राखेको पाईएको छ । 

ट्रयाक्टरका मालिक रबी बस्नेत, जर्न रावतले गत २ वर्ष देखी र महिन्द्रा बोलेरो जिपका मालिक हालका खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीका भाई लोकजन शाही र विजय लामाले सो क्षेत्रलाई पार्किङ्ग स्थल बनाएको स्थानियले जनाएका छन् ।

यसरी सुरक्षाको दृष्टिकोणले संयमित ठाउँमा स्थानियलाई कुनै काम विशेषले छिर्नको लागि मुस्किलले छिर्न दिईने विमानस्थलमा सवारी साधनलाई भने उडान भईरहेको समयमा पनि कुनै सुरक्षा जाँच निर्वाध रुपमा छिर्न दिईनु राम्रो नभएको नेकपा माओवादी केन्द्रका पूर्व सभासद कर्णजित बुठाथोकीले बताए ।

त्यसै गरी पत्रकार लगायत अन्य सूचना संकलनको लागि प्रेस पास देखाउँदा पनि विमानस्थल परिसरमा प्रवेश रोक लगाउने सुरक्षा निकायले किन सवारी साधनलाई निर्वाध रुपमा प्रवेश अनुमति दिईएको हो भन्ने बारेमा यहाँका स्थानिय वासिन्दा अचम्मित भएका छन् । 

विमान र हेलिकोप्टर एप्रोनमा नै पार्किङ्ग गरी राखिएको महिन्द्राको बोलेरो जिप ।

विमानस्थलको धावन मार्गमा बेला बेलामा ट्रयाक्टर, जिप लगायतका सवारी साधनलाई ड्राईभिङ्ग तालिम केन्द्रको रुपमा पनि लगेको पाईन्छ । विमानस्थलको हिउँ सफा गर्नको लागि भित्र्याईएको गाडि देखी लिएर स्थानियको ट्रयाक्टर र जीप दिनहुँ गुडेको हेर्न र देख्न पाईने हुम्लाको सिमिकोट विमानस्थल नभएर कालोपथ्रे गरेको सडक सरह स्थानिय सवारी साधनले प्रयोग गरिरहेको पाईएको छ । 

सवारी साधनका टायर, ट्रयाक्टरका बकेट, काम नलाग्ने भएका सवारी साधनका पार्टपुर्जा लगायतका सामाग्री समेत विमानस्थलको रनवे भन्दा उत्तरी खाली ठाउँमा जताततै बेवारिसे रुपमा देख्न पाईन्छ । झट्ट रुपमा हेर्दा विमानस्थलको सो क्षेत्रलाई विमान स्थल भन्दा पनि बस पार्क वा कुनै यस्तै खालको निजी ग्यारेजको झ–झल्को दिने गरेको पाईएको छ । यसरी सवारी साधनलाई सुरक्षाको दृष्टिकोणले संयमित स्थानमा प्रवेश दिईनु र पार्किङ्गगर्न दिनुले कुनै न कुनै दिन सम्भावित दुर्घटना निम्त्याउन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ