२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी ‘न्यूनतम खाद्य असुरक्षित क्षेत्र’,तिन महिना सम्म पनि खान नपुग्ने,कुन-कुन स्थान परे ?

२०७६, ९ माघ बिहीबार ०८:०५

माघ ९, बैतडी | बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन्। तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ। पछिल्ला तीन वर्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्र खाद्यान्न असुरक्षित रुपमा रहेको निमित्त प्रमुख चन्दले बताए। पछिल्लो समयमा खडेरी, जङ्गली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

स्थानीयले खेत बाँझै छोडेकाले खाद्यान्न उत्पादनमा कमी आउन थालेको हो। जङ्गली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय पुष्पा चन्दले बताए। उनले भने, “बारीमा लगाएको बाली बाँदरले सखाप पार्ने भएकाले खेत बाँझै छोड्न बाध्य भएका छौँ”, मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पनि जङ्गली बदेलले नष्ट गर्न थालेपछि खाद्यान्न अभाव हुँदै गएको स्थानीयवासीरुले बताएका छन्।

खाद्यान्न पनि अपुग

यसैबीच जिल्लामा उत्पादित खाद्यान्न जिल्लावासीलाई अपुग हुने गरेको छ। पछिल्ला वर्र्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, “जङ्गली बँदेल तथा बाँदरका कारणले खेतीयोग्य जमिन बाँझै राख्ने प्रवृत्ति बढेपछि खाद्यान्न उत्पादनमा कमी आएको हो।” 

जिल्लामा वार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि ४३ हजार ३४३ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ। वार्षिक सात हजार ३३२ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको चन्दले बताए। बैतडीको मुख्य खाद्यबालीको रुपमा रहेको मकै उत्पादनमा कमी आउन थालेपछि खाद्यान्न अपुग हुन थालेको हो। पहिला पहिला थोरै आयात गर्नुपर्ने भए पनि पछिल्ला दश वर्र्षयता अपुग खाद्यान्नको परिमाण बढ्दै गएको चन्दको भनाइ थियो। 

मकैखेतीेको क्षेत्रफल घट्दै 

यस्तै मकैखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएपछि उत्पादन पनि घट्दै गएको छ । कूल १४ हजार ५०० हेक्टर जमिनमा मकै खेती गरिँदै आएकोमा गत वर्र्ष १२ हजार २०० हेक्टर जमिनमा मकै खेती गरिएको छ। गत वर्षमा २३ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यो वर्र्ष १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको छ। मकैबालीमा बाँदर र जङ्गली बँदेलले व्यापक क्षति पु¥याएकाले मकैको उत्पादन घटेको हो। धान उत्पादनमा भने केही वृद्धि भएको छ। गत वर्ष १६ हजार ९०० मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्र्ष १७ हजार मेट्रिक टन धान उत्पादन भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि