2026-06-20 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारीमा जान रोकिएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध हुन सरकारको आह्वान

2020-03-19

चैत्र ६, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानबाट नेपालमा नै रोकिएका श्रमिकलाई नेपालमै रोजगारीमा संलग्न हुन आह्वान गरेको छ ।

विहिवार मन्त्रीपरिषदको बैठकबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भई रोजगारीमा संलग्न हुन श्रमिकहरुलाई आव्ह्वान गरेका हुन् ।

वैदेशिक रोजगारी तत्कालका लागि नागरिकको सुरक्षाको लागि नै स्थगित गरेका हौं प्रवक्ता खतिवडाले भने 'काम सानो ठुलो हुँदैन, सबैले टेवलको काम नै गर्छु भन्नु भएन, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवद्ध भएर काम गर्नुहोला।' तत्कालका लागि सुरक्षाका लागि नै विदेशिएका नेपालीहरुलाई पनि नेपाल आउन रोकिएको उनले बताए ।

वैदेशिक रोजगार बन्द हुँदा विप्रेषणमा तत्कालका लागि असर नपर्ने र त्यसका कारण कुनै वित्तीय संकट नहुने उनले बताए । सरकारले फागुन २९ गतेबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि श्रम स्वीकृति रोक्ने निर्णय गरेको छ साथै गन्तव्य मुलुकले पनि विदेशी श्रमिक नलिने निर्णय गरिसकेका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ