| कात्तिक ९, उदयपुर । सामाजिक तथा साँस्कृतिक सहिष्णुता र समावेशी पर्वको रुपमा चिनिएको महान पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ । 

विशेष गरेर तराई क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समयमा देशको हरेक क्षेत्रमा मनाउन थालिएको छ । छठ पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... | कात्तिक ९, उदयपुर । सामाजिक तथा साँस्कृतिक सहिष्णुता र समावेशी पर्वको रुपमा चिनिएको महान पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ । 

विशेष गरेर तराई क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समयमा देशको हरेक क्षेत्रमा मनाउन थालिएको छ । छठ पर"/>

2026-09-18 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

छठ पर्वको सम्पूर्ण तयारी पुरा, आज अस्ताउँदो सुर्यलाई अर्घ दिईने तयारी

अजयकुमार साह | कात्तिक ९, उदयपुर । सामाजिक तथा साँस्कृतिक सहिष्णुता र समावेशी पर्वको रुपमा चिनिएको महान पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ । 

विशेष गरेर तराई क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समयमा देशको हरेक क्षेत्रमा मनाउन थालिएको छ । छठ पर्वलाई व्यस्थित रुपले मनाउनका लागि उदयपुर सदरमुकाम गाईघाटको त्रियुगा नदीमा विशेष व्यवस्थापन गरिएको छ । 

जिल्लामा बर्षेनी बर्तालु र भक्तजनहरुको संख्यामा बृद्धि हुँदै गईरहेकोले छठ पुजा व्यवस्थापन समिति गठन गरि व्यवस्थापनका सम्पूर्ण कार्य समिति मार्फतनै अगाडी बढाईएको समितिका अध्यक्ष खेमनारायण यादवले बताए । 

अधिराज्यभर आज विहिबार साँझ स्थानिय नदि, तलाउ, जलाशय, पोखरी र कुवाँ नजिकै स्नान गरी अस्ताउँदो सुर्यलाई पुजा गरिनेछ भने शुक्रबार विहान उदाउँदो सुर्यलाई अर्घ दिएर आ–आफ्नो मनोकामना पुरा होस भन्दै पुजा सम्पन्न गरिनेछ । 

अपार श्रद्धा र भक्तीका साथ हरेक जातजाती र समुदायले मनाउने यस पर्वको अवसरमा धार्मिक तथा साँस्कृतिक विधि अनुसार घरआँगन लिपपोत गरी चामलको पिठोबाट तयार गरिएको पिठारले भूमि सुसोभित गर्ने चलन रहेको छ । छठको अघिल्लो दिन बुधबार साझ सम्म व्रत बसी दुधमा पकाएको खिर, चामलको पुरी लगायतका परिकार तयार गरी चन्द्रमालाई पुजा गर्ने चलन छ जसलाई मैथली भाषीहरुले खर्ना भन्ने गरेकाछन् । 

यसैगरी भोलीपल्ट निराहार बसी साँझ नदि छेऊमा नुहाएर अस्ताउँदो सुर्यलाई अर्घ दिईने चलन छ भने रातभरी नदि किनारमा जाग्राम बसी विहानको सुर्यको प्रतिक्षा गर्दै उदाउँदो सुर्यलाई अर्घ दिई पुजा सम्पन्न गर्ने गरिन्छ । मिथिलाबासीको महान पर्वको रुपमा चिनिएको यो पर्व ३ दिन सम्म मनाउने परम्परा रहेको छ । छठलाई सत्य, अहिंसा र पृथ्वीमा अस्तित्वमा रहेका सवै जीव प्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा लिईन्छ । त्यस्तै छठको अवसरमा व्रत बस्नाले रोग व्याधी नलाग्ने, परिवारका सदस्यहरु शकुसल रहने, आफुले चिताएको कार्य पुरा हुने भन्ने विश्वास रहिआएको छ । 

उदयपुरको सदरमुकाम गाईघाटमा समेत स्थानिय त्रियुगा नदि किनारमा भव्य रुपमा पुजाको आयोजना गरिएको छ । स्थानियवासीले छठ पुजा समिति मार्फत सहयोग तथा चन्दा संकलन गरी घाट निर्माण गरी टेन्टको प्रयोग गरी सजीसजाउ गरिएकोछ । यस पर्वमा सहभागी भक्तजन, व्रतालु र श्रद्धालुहरुले बाँसले बनेको कोनिया, नाङ्लो, ढकियामा ठकुवा, भुसुवा, केरा, स्याउ, सुन्तला, भान्टा, मुला, सजिवन, गाँजर, उँखु र अन्य मिष्ठानहरुका साथै पुजाका अन्य सामंग्रीहरु जस्तै माटोले बनेको दियो, कोसिया, कुरवार, हात्ति, ढकना आदिको साथ परिवारका सम्पूर्ण सदस्य सहित छठ घाट पुगी सुर्यलाई अर्घ दिनेछन् । 

यसक्रममा श्रद्धालुहरुले दुवै हत्केलामा चामलको पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर चढाउन राखिएको प्रसाद सामंग्री पालैपाले गरी सुर्यलाई अर्घ दिने चलन रहेकोद्ध । सूर्य उपासना परम्पराको मोहक पद्धती मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउँदो सूर्यलाई पनि पूजा गरिन्छ । 

पूजाका सामंग्री चोखो र शुद्ध नभई जुठो हुन गएमा अनिष्ट हुनसक्ने जनविश्वासका कारण पूजा सामंग्री तयार पार्दा महिलाहरुले नबोलिकन विशेष चनाखोका साथ तयार पार्दछन् । विशेषतः यस पर्वमा आफ्ना सन्तानको लामो आयु तथा नव दम्पति सन्तानको कामना गर्ने गर्दछन् । 

जिल्ला सदरमुकाम गाईघाटको त्रियुगा नदि किनार, बरुवा खोला किनार, कटारी बजारको तावाखोला किनार, देउरी, जलजले, जोगिदह, हडिया, सुन्दरपुर लगायतका स्थानमा समेत यो पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । 

स्थानिय त्रियुगा नदिमा आयोजना गरिएको छठ पर्वलाई व्यवस्थित बनाउन त्रियुगा नगरपालिकाका उपमेयर देवी चौधरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल त्रियुगा गुल्म, त्रियुगा उद्योग वाणिज्य संघ लगायतले व्यवस्थापन कार्यमा सहयोग पुर्याएको आयोजक समितिका अध्यक्ष यादवले बताए । 

शसस्त्र प्रहरी बल त्रियुगा गुल्म, नेपाली सेना र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा नदि छेऊ छाऊ सरसफाईमा सहयोग पुर्याएका छन भने दर्जनौ संसंस्थाहरुले आर्थिक सहयोग समेत गरेको जनाएको छ । भक्तजनहरुले घाट निर्माण वापत समितिलाई प्रतिमिटर दुई सय ५५ रुपैया शुल्क तिरेकाछन् । त्रियुगा नदीमा मात्रै पुजा व्यवस्थापनका लागि करिब तिन लाख ५० हजार खर्च लागत हुनसक्ने अनुमान गरिएको समितिका कोषाध्यक्ष ललित नायकले बताए । 

माथिको तश्विरमा: उदयपुर सदरमुकाम गाईघाट स्थित त्रियुगा नदीमा छठ पुजा व्यवस्थापनका लागि घाट व्यवस्थापनको काम सम्पन्न गरिएको छ । तस्विर: अजयकुमार साह(साझा सवाल) उदयपुर

माथिको तश्विरमा: उपमेयर देवी चौधरीको नेतृत्वमा स्थानिय सुरक्षा निकायहरुको सहयोगमा छठ पुजा व्यवस्थापन स्थल त्रियुगा नदि वरपर सरसफाई कार्य सम्पन्न गरिएको छ । तस्विर: अजयकुमार साह(साझा सवाल) उदयपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई