हामी अमेरिकाको दबाब र प्रभावमा पर्नुहुँदैन : प्रचण्ड

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। तर, त्यसका लागि एमसीसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि उनले बताए।

‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रबिन्दुमा राखेर एमसीसी परियोजना अगाडि बढ्छ,’ प्रचण्डले भने, ‘एमसीसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको शपथग्रहण कार्यक्रममा उनले एमसीसी पास गर्न संशोधन आवश्यक रहेको बताए।

प्रचण्डले अमेरिकाको दबाब र प्रभावमा नेपाल पर्न नहुने बताए। एमसीसीको विषयमा दाहालले दुवै देशबीच स्पष्ट हुन आवश्यक रहेको उनको भनाइ छ। ‘बिना परिमार्जन र बिना संशोधन एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजीवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौं,’ उनले भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ।’

प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटि भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा सुरु गरेको बताए। आइतबार सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको उनको भनाइ छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply