Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल उद्योग संघ द्वारा प्रेस बिज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण

२०७७, १ असार सोमबार ०८:१२

असार १, काठमाडौँ | नेपाल उद्योग संघद्वारा प्रेस बिज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । बिगत लामो समयदेखि लकडाउनको समस्याले उद्योग-धन्दाहरु बन्द भएको अबस्थामा सरकारको त्यसतर्फ ध्यानाकर्षण गर्दै त्यस्ता उद्योग-धन्दा पुन: संचालनको लागि सरकारी तबरबाट सहयोग हुनुपर्ने र त्यसलाई सहजीकरण गर्दै साना, घरेलु र लघु खालका उद्योग  र उद्योगीले आर्थिक भार व्यहोर्नुपर्ने भएकोले सरकार मार्फत बैंकको ब्याज मिनाहा गर्नु पर्ने तथा सहज कर्जा उपलब्ध गराएर उधोगलाइ संचालन गर्न सहयोग गर्नु पर्ने लगायतका मागहरु राखेको कुरा नेपाल उद्योग संघको संस्थापक केन्द्रिय उपाध्यक्ष तथा ढाका ब्यबसायी कल्पना योङहाङ लिम्बुले बताएकी छिन् । 

हेर्नुहोस प्रेस बिज्ञप्ति : 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको रोग कोभिड (१९ ले नेपालमा रहेको उद्योग क्षेत्रमा पुर्याएको क्षति र यस क्षतिलाइ न्यूनीकरणको लागि नेपाल उद्योग संघको तर्फबाट प्रकाशित गरिएको बिज्ञप्ति।

बिगत केहि महिना देखि संसार भरि फैलिरहेको कोरोना भाइरस कोभिड(१९ को असरले नेपालको अर्थ तन्त्रमा पुराएको असर बारे हामी सम्पूर्ण उद्योगीहरु जनाकारनै छौ। यस महामारीलाई नेपालमा अरु थप  फैलिन नदिनको लागि मिति २०७६ साल चैत्र ११ गते देखि नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै सबै उधोगी र  उधमिहरुले आ-आफ्नो उधोगहरु पूर्ण रुपमा बन्द गराएको  आज करिब तिन   महिना हुन लागि  सकेको छ। यस अबधिमा उद्योग र उद्योगीहरुको उत्पादन, बिक्रि वितरण लगायत सम्पूर्ण आर्थिक कारोबारहरु  पूर्ण रुपमा बन्द रहेको छ तथापी उधोगहरुको  दायित्वहरु भने बढ्दै गइ रहेकोले सम्पूर्ण उधोगीहरु थप मारमा परि रहेको छ।  नेपालमा रहेको अधिकांस लघु, घरेलु , साना तथा मझौला उधोगहरु झन् बढी मर्कामा रहेको छ। किनकि यस्ता उधोग र उधमिहरुको राज्यसंग  सहज पहुच  नहुने र सम्पूर्ण पुंजी बजारमा लगानी गरेको हुने साथै  बजारमा भएको लगानी उठ्न नसकिरहेको स्थितिमा अब उप्रान्त आफ्नो उधोगलाई कसरि संचालनमा ल्याउने, कर्मचारी ब्यबस्थापन कसरि गर्ने भन्ने थप चिन्तामा उधोगी हरु रहेको छ।  हालै घोषित बजेट भाषणमा यस्ता  किसिमका उधोग र उधमिको लागि केहि राहत हुने किसिमको बजेट बक्तव्यमा सम्बोधन भएता पनि कार्यन्वयन पक्ष सरल र सहज भने छैन। यस विषम परिस्थितिले कृषि उधोग, पशु पन्क्षिजन्य उधोग, उत्पादन मुखी उधोग, निर्यात उधोग, रोजगारमूलक उद्योग, शैक्षिक उद्योग, मुद्रण उद्योग, सेवामुलक उद्योग, उर्जामुलक, हस्तकला जन्य उद्योग   लगायत सम्पूर्ण उधोगहरुको उधोग बन्द भए पश्चात नगद  प्रबाह नभएको र यस परिप्रेक्षमा उधोग र उधमिहरुले विभिन्न बैंक तथा बित्तिय सस्थाहरुबाट लिएको ऋणहरु समयमा बुझाउन   नसकिने र सरकारलाई तिर्नुपर्ने कर,भ्याट र अन्य दायित्वहरु समयमा बुझाउन  नसकिने भएकोले सहजीकरणको लागि सम्पूर्णमा यस नेपाल उद्योग संघ  हार्दिक अपिल समेत गर्दछ। यस विषम परिस्थिति पश्चात नेपालमा रहेका उधोग र उधमिहरुलाई सहज संचालनमा आउन अझै केहि समय लाग्ने भएकोले र आ-आफ्नो उधोगहरु पूर्ण संचालनमा ल्याई उत्पादन, रोजगार, सेवा प्रदान गरि देशलाई आर्थिक समृद्धि तर्फ लैजानको लागि उधोग र उधमिहरुको मनोबल अभिवृद्धि गर्नको लागि निम्न बुदाहरुमा सरकारले ध्यान पुर्याउनु पर्ने देखिन्छ।

⦁ लकडाउन अबधिभर उधोग धन्दाहरु बन्द रहेकोले सम्पूर्ण उधोगहरुको नगद प्रबाह समेत ठप्प भएको अबस्थामा यस अबधिको बैंक ब्याज मिनाह गरि मासिक बुझाउनु पर्ने किस्ता रकमलाई पुनर्तालिकीकरण गर्नु पर्ने ।

⦁ उद्योगहरु खुल्न साथ कर्मचारी, घरभाडा लगायत विभिन्न दायित्वहरु ब्यबस्थापन गर्नु पर्ने भएकोले सहुलियत दरको ब्याजमा पुनकर्जा माग भएमा कुनै पनि बाणिज्य बैंकहरु मार्फत उद्योगको दर्ता प्रमाण पत्रको आधारमा बिना धितो सहज तरिकाले कर्जा दिने व्यवस्था गर्नु पर्ने ।

⦁ महिला उधमीद्वारा संचालित उद्योग, कृषिमा आधारित उद्योग,स्वदेशी कच्चा पदार्थ प्रयोग गरि उत्पादन गर्ने उद्योग र समुन्द्रपार बस्तु तथा सेवा निर्यात गरि बिदेशी मुद्रा आर्जन गर्ने  उद्योगलाई अनुदानमा आधारित कर्जाको व्यवस्था गर्नु पर्ने।

⦁ बाणिज्य बैंक सम्म पहुँच नहुने साना, घरेलु र  लघु खालका उद्योग  र उद्योगीले   विभिन्न सहकारी, लघु बित्त मार्फत सामुहिक जमानीमा लिएको ऋण मिनाह गर्नु पर्ने।

⦁ यस लामो समयसम्म भएको लकडाउनले सम्पूर्ण उद्योग समेत बन्द  भएको अबस्थामा उद्योगले तिर्नु पर्ने यस आर्थिक बर्षको कर तत्काल तिर्न नसक्ने भएकोले कम्तिमा उद्योग संचालन भएको ६ महिना पछिको समय सिमा निर्धारण गर्नु पर्ने ।

⦁ बिदेशी मुद्रा आर्जन गर्ने निर्यात उधोगले पाउने नगद प्रोत्साहन, सामान वा बस्तु  निर्यात गरेको दिनमानै प्रज्ञापन पत्र अनुसार सम्बन्धित भन्सार कार्यालयमा भएको बाणिज्य बैंक मार्फत तुरुन्त सम्बन्धित उधोगको खातामा जानेगरी व्यवस्था मिलाउनु पर्ने र निर्यात गरेको बस्तुअनुसार स्वदेशी कच्चापदार्थबाट उत्पादित बस्तु , कृषिजन्य उद्योग बाट उत्पादित बस्तु भएमा सो नगद प्रोत्साहन १५ देखि २५ प्रतिशत सम्म बनाउनु पर्ने ।

⦁ बिदेशी मुद्रा आर्जन गर्ने पर्यटन उद्योगको हकमा बिदेशी मुद्रा आर्जन गरे बापत त्यस्ता उद्योगलाई पनि नगद प्रोत्साहनको व्यवस्था गर्नु पर्ने।

⦁ शैक्षिक उद्योग, मुद्रण उद्योग, निर्माण जगतका उद्योग , औसधि जन्य उद्योग, कृषि र पशुपन्क्षिजन्य उद्योग  लगायतका उद्योगहरुले प्रयोग गर्ने मेसिन, प्रबिधि  तथा औजार आयात गर्दा उद्योगको प्रकृति हेरी लाग्ने भन्सार दर, भ्याट लगायत अन्तशुल्क हरुमा सुन्य प्रतिशत भन्सारमा आयात हुने छुटको व्यवस्था हुनुपर्ने।

⦁ उर्जा उद्योग, ठुला रोजगारप्रदायक उद्योग ,देशलाई बढी कर लगायत योगदान  प्रदान  गर्ने उद्योगलाई सरक्षण गर्न बिशेष आर्थिक योजना तर्जुमा गर्नु पर्ने।

⦁ स्वदेशी माल  वा बस्तु ढुवानी गर्ने उद्योग र समुन्द्रपार समान निर्यात गर्दा प्रयोग हुने कार्गो सेवा प्रदान गर्ने उद्योगलाई बर्गिकरण गरि हाल कार्गो सेवा प्रदान गर्ने उद्योगलाई पनि स्वदेशी माल  वा बस्तु ढुवानी गर्ने उधोग सरह भ्याटमा दर्ता हुनुपर्ने बध्यताकारी नियमलाई खारेज गर्नु पर्ने ।

⦁ नेपाली मौलिक कला र शीपमा आधारित हस्तकलाजन्य उद्योग (मुर्ति तथा धातुकला, प्रस्तरकला, काष्टकला) लगायतका उद्योग र त्यस उद्योगमा काम गर्ने मजदुर तथा कलिगढहरुलाई उनीहरुको शिप र योग्यतालाई संरक्षण गर्न  बिशेष राहत प्याकेज घोषणा गर्नु पर्ने।

⦁ नेपालमा उत्पादित कृषि, पशु तथा पन्क्षिजन्य उद्योगबाट उत्पादित बस्तुहरु बिदेशीबजारमा निर्यात गर्नको लागि सम्बन्धित देशका दुताबास र परराष्ट्र मन्त्रालय मार्फत द्विपक्षिय तथा बहुपक्षिय बाणिज्य  सन्धिलाई परिमार्जित  गरि सहज पहुँचको लागि पहल गर्नु पर्ने र बैदेशिक बजारमा हाम्रो नेपालमा उत्पादित एस्ता किसिमका  उत्पादनहरुको बिश्वासनियताको लागि विश्व मापदण्ड अनुसारको प्रमाणित ल्याब स्थापना गर्नु पर्ने साथै हाल भई रहेको खाध्य तथा प्लान्ट क्वारेनटाइनद्वारा जारी प्रमाणपत्रलाई बिश्वब्यापी मान्यता तथा बिश्वास दिलाउन पहल गर्नु पर्ने। 

इश्वर बहादुर गुरुङ                                         

केन्द्रिय महासचिव

ओम प्रताप राणा

केन्द्रिय अध्यक्ष

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै