<p><b>साउन ७, काठमाडौं ।</b> नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ ।</p><p>अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।</p><p><br></p>
