असोज ६, काठमाडौँ | काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिकाको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । नगरपालिकाका बिभिन्न स्थानका सरकारी जग्गा अतिक्रमण भएको सन्दर्भमा प्रतिवेदन सहित भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले बूढानीलकण्ठ नागरपालिकाका मेयर समक्ष निवेदन दिएको छ ।

अभियानको टोलीले सार्वजनिक जग्गा बचाउने अभियान अन्तर्गत बिभिन्न दुई स्थानको २० रोपनी भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको प्रतिवेदन सहित नगरपालिका समक्ष सोमबार निवेदन दर्ता गराएको छ । अभियानको टोलीले बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेललाई भेटि अतिक्रमित भुमि फिर्ता तथा संरक्षणको लागि समेत ध्यानाकर्षण गराएको छ ।

अभियानको प्रतिवेदन अनुसार सार्वजनिक खोला, बाटो, जमिन अतिक्रमण गरि व्यक्तिगत प्रयोजनमा ल्याई सिङ्गो समाजलाई समेत बाधा पुर्याएर भोगचलन गरि आएको २० रोपनी जग्गाको सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

अभियानको प्रतिवेदन अनुसार अतिक्रमित भुमिमा बूढानीलकण्ठ नगरपालिकाको साविक विष्णु ३ र ४ सिमानामा पर्ने विष्णु ४ पश्चिम तर्फका कित्ता नम्बर २८३ को जग्गा सरकारको नाममा दर्ता रहे पनि कानुन बिपरित बिभिन्न व्यक्तिले हडपेको उल्लेख छ ।

त्यस्तै अर्को प्रतिवेदन अनुसार बुढानीलकण्ठ नगरपालिकाको साविक विष्णु-२ मा कित्ता नम्बर १६, १९८, १००१०, २१९ र १९६लगायत सरकारी भुमि अतिक्रमण भएको छ ।

अभियानले अतिक्रमित भुमि व्यक्तिबाट फिर्ता गराई संरक्षण गर्न गराउन स्थानीय सरकार ऐन २०७४ को परिच्छेद ३ को धारा ११ (६) (२) तथा सोहि ऐनको परिच्छेद १३ धारा ९७ (ग) बमोजिम सार्वजनिक सम्पति अतिक्रमण गर्ने सम्पूर्ण व्यक्तिहरुलाई प्रचलित कानुन अनुसार आवश्यक अनुसन्धान गरि हदैसम्मको कारवाही गर्न अनुरोध गरेको छ ।

अभियानका अध्यक्ष सुदर्शन पौडेल सहित टिमले अध्ययन गरि तयार भएको सार्वजनिक जग्गा मिचेको तथा अपचलन गरेको प्रमाण सहितको प्रतिवेदन नगरपालिकामा पेश गरेपछि नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले नगरपालिका प्रशासन समक्ष अमिनले फिल्ड परीक्षण गरि प्रतिवेदन पेश गर्न तोक लगाएका छन् ।

नगरपालिकामा मेयर खरेलले सार्वजनिक जग्गा हडपेको बिषयमा प्राप्त प्रतिवेदन सहितको निवेदनको अध्ययन गरि यथासक्य कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खरेलले एक महिनाभीत्र टिम खडा गरि सार्वजनिक जग्गा अतिक्रमणको बिरुद्ध अभियान अघि बढाउने बताए । उनले नगरपालिका भीत्रका हरेक वडाले सार्वजनिक जग्गा अतिक्रमणको सन्दर्भमा मासिक २/२ वटा काम गर्ने योजना रहेको बताएका छन् ।

यस्तो छ, भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले बूढानीलकण्ठ नागरपालिकाका मेयर समक्ष दिएको प्रतिवेदन सहितको दुई निवेदनहरु: