पुस २, काठमाडौं । नेपालमा पहिलो पटक सम्पतिको सुरक्षा गर्नको लागि सेभेन स्टेज प्रोपर्टिज नाम कम्पनीको स्थापना गरिएको छ । जसका लागि कम्पनीले सेभेन स्टेज प्रोपर्टिज नामक डिजिटल एप तयार गरि संचालनमा ल्याएको छ ।

नेपाल तथा अष्ट्रेलिया बस्ने युवाहरुले उक्त एप तयार गरेका हुन । सेभेन स्टेज प्रोपर्टिज नामक उक्त एप बाट नेपाल तथा विदेशमा बस्ने नेपालीहरुले सेवा लिन सक्ने छन् । नेपालमा रहेका घरधनीहरु जो काम विशेषले देशका विभिन्न स्थानमा तथा देशबाहिर रहँदा आफनो सम्पतिको सुरक्षा लाईलिएर चिन्तीत छन, तिनीहरुको लागि यो एप कोसेढुङा सावित हुने कम्पनीले विश्वास लिएको छ ।

घरमा वृद्ध बुवा आमा छोडेर जागिर वा अध्ययनको शिलशिलामा विदेशमा रहनुहुनेलाई एप मार्फतनै आफनो घरको सुरक्षा, मर्मत सम्भार, देखि लिएर घरभाडामा समेत लगाउन मिल्ने कम्पनीका बोर्ड अफ डाइरेक्टर केशवपुरीले बताए । हालैमात्र बसेको कम्पनीको साधारण सभा बैठकबाट केशव पुरी, रविन ढोडारी, हरिहर ढुंगाना, उमेश नकर्मी र संजय ढकाललाई संचालकमा नियुक्त गरिएको छ । कम्पनीले काठमाडौंमा कार्यालयबाट प्रत्यक्ष रुपमा पनि सेवा दिने जनाएको छ ।

राजधानीमा भाडामा बस्ने मानिस र घरबेटीहरुका समस्या संबोधन गर्ने साथ सरकारले करको दायराभित्र ल्याउन नसकेको सम्पति लाई करको दायरामा ल्याउन सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । साथै, यो एप सबै कानुनी प्रक्रिया पुरा गरी दर्ता भएकोले यसको प्रयोग ढुक्क भएर गर्न मिल्ने कम्पनीको दावी छ ।

यो एप मार्फत घरको बिजुली बिल तिर्ने, घर मेनटेनेन्स गर्ने लगायत सेवाहरु लिन सकिने कम्पनीको भनाई छ । साथै कम्पनीले दिने सुविधाको दायरा आगामी दिनमा अझ बढाउदै जाने र कम्पनीको सेवा लाई गुणस्तरीय बनाउने योजना रहेको सेभेन स्टेज प्रोपर्टिजका कार्यकारी निर्देशक रबिन धोडारीले बताए ।

कम्पनीले घर भाडामा दिन चाहने र भाडाको लागि घर तथा कोठाको खोजीमा रहेकाहरु बिच समन्वय रिदिने जस्ता सेवा हरु पनि दिने छ । यसका साथै कम्पनीले घर वहाल कर उठाउनमा मद्धत गर्ने उदेश्य रहेको जनाएको छ ।