पुस २०, काठमाडौँ | यातायात व्यवस्था विभागले सोमबार सवारी चालक अनुमति पत्रको अनलाइन फारम बन्द गरेको छ | सवारी चालक अनुमति पत्र अनलाइन फारम सर्भरको मर्मतका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ |

कोरोनाभाइरसका कारण बन्द रहेको सवारी चालक अनुमति पत्रको अनलाइन फारम पुस १४ बाट खुला गरिएको थियो | आवेदन दिनेको चाप बढेपछि विभागले दैनिक कोटा तोकेर आवेदन लिन थालिएको थियो |

नौ महिना देखि बन्द रहेको सवारी चालक अनुमति पत्रको कोरोना रोकथाम भएसंगै पुनः सुचारु गरिएको हो |