आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on: 21 Jun, 2024

असार ७, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता काराबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक हजार नौँ सय रुपैयाँले बढ्दै एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजारमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!