६७ म्यानपावरमा छड्के: म्यानपावरले दिने बिज्ञापन कति सत्य कति भ्रामक ? हेर्नुहोस्

Posted on: 10 Jun, 2024

जेठ २८, काठमाडौँ । कतिपय म्यानपावरहरुले राष्ट्रिय दैनिक पत्रिकाहरुमा वैदेशिक रोजगारको अवसर भन्दै गर्ने बिज्ञापनहरुले आम लक्षित बर्गमा भ्रम छर्दै आएको पाइएको छ । वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले कामदार माग भएको सूचना प्रक्रियामा जाँदा राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन दिनुपर्ने अनिवार्य व्यवस्था छ । तर एजेन्टको हालीमुहालीमा काम गर्ने कतिपय म्यानपावरहरुले बिज्ञापनगर्ने प्रक्रियालाई झन्झट र अनावश्यक मान्ने गरेका छन् ।  

एजेन्टबाटै कामदार पूर्ति गर्ने कतिपय म्यानपावर व्यवसायीहरुको कारण राष्ट्रिय दैनिक पत्रिकामा छापिने र वैदेशिक रोजगार बिभागले बिज्ञापन पुर्ब स्वीकृति दिएको कयौं मागहरु भ्रामक बनिरहेको छ । अधिकांश म्यानपावरहरुले बैदेशिक रोजगारबाट आएको मागलाई एजेन्टहरुबाटै परिपूर्ति गर्दै आएको जनगुनाशो बढ्दै गर्दा हामीले आज सोमबार बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा छापिएका वैदेशिक रोजगारका बिज्ञापनहरुलाई आफै कामदारको रुपमा सम्बन्धित म्यानपावर कम्पनीमै फोन सम्पर्क गर्दै डिमाण्डबारे जानकारी लिएका छौं । 

हामीलाई प्राप्त गुनाशो अनुसार म्यानपावरहरुले एजेन्टको हालीमुहालीकै बीच कामदार एजेन्टहरुबाटनै लिने गरेको कारण सार्वजनिक बिज्ञापन गर्नपर्ने नीतिलाई पालना गरिरहेका छैनन् भन्ने थियो । यस बिषयमा वैदेशिक रोजगार बिभाग तथा श्रम मन्त्रालयका पत्रकार सम्मेलनमा समेत बिषय उठान गर्दा सम्बन्धित पक्षले यो बेथितिलाई अनदेखा गर्दै आएको छ । केहि म्यानपावरले बिज्ञापन छाप्ने प्रक्रियालाई पालना गरेपनि अधिकांशले डिमाण्ड प्याक भईसकेको भन्दै रोजगारमा जान चाहेकाहरुलाई भ्रम छर्ने गरेका छन् । एकातर्फ वैदेशिक रोजगारमा जोडिएका व्यवसायीहरुले नेपाल सरकारको गैरजिम्मेवारी र भ्रष्ट संयन्त्रको फाइदा उठाउन पाईरहेको अवस्थाका कारण विदेशबाट डिमाण्ड ल्याउँदा एजेन्टहरुलाई चर्को मूल्य तिरेर ल्याउने र चर्को अशुली गर्ने बेथिति बढिरहेको अवस्था छ । अर्कोतर्फ अधिकांश म्यानपावरहरुले कामदारसँग चर्को लागत उठाउने क्रममा एजेन्टहरुलाई जोडेर अचाक्ली रकम अशुली गरिरहेको अवस्था छ । यहि बेथितिको अवस्थामा कयौं युवाहरुलाई नक्कली एजेन्टहरुले बैदेशिक रोजगारमा समेत नजोडी ठगि गर्दै आएको उजुरीहरु बढिरहेको छ । 

पछिल्लो समय म्यानपावरहरुले सार्वजनिक गर्ने अधिकांश बिज्ञापनहरु सहि नहुने, सार्वजनिक बिज्ञापनहरुमा सम्पर्क गर्दा डिमाण्ड नै छैन भन्ने, म्यानपावरहरुले बिज्ञापन गर्ने तर फोन र मोबाइल नलाग्ने बनाईराख्ने, बिज्ञापन गर्ने कतिपय म्यानपावरको फोन नम्बरमा फोन गर्दा आवागमन कल निषेध, स्वीच अफ, नेटवर्क व्यस्त जस्ता फोननै नलाग्ने बनाई राख्ने  प्रवृति बढेपछि साझा सबाल मिडियाले यस सम्बन्धमा सोमबार (आज) बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा १० जना भन्दा बढी कामदारको माग भई आएका डिमाण्डहरुमा कामदारकै रुपमा टेलिफोन छड्के हानेको हो । 

हामीलाई चर्को लागतको अलावा प्राप्त भएको गुनाशो यो छ कि कतिपय म्यानपावरहरुले एजेन्टबाट मात्र कामदार लिएर अन्तिम श्रम स्वीकृतिको औपचारिकतामा लैजानको लागि मात्र राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन दिने चलन बढेको छ । यो बेथिति बढ्नुमा सरकारी कमजोरी मुख्य कारण हो । सरकारले फ्री भिसा फ्री टिकटको नीति ल्याएको छ । तर कार्यान्वयनमा सरकार निकम्मा जस्तै बनिरहेको छ । यस्तो अवस्थामा सम्बन्धित निकायबाट नियम बिपरित रकम अशुलीको सहजताको लागि कतिपय म्यानपावरहरुले एजेन्टहरुको परिचालन बिना कामदारनै लिईरहेका छैनन् ।  यो बेथितिले राष्ट्रिय दैनिक पत्रिकामा छापिने बिज्ञापनमा समेत अविश्वास बढाएको र वैदेशिक रोजगार क्षेत्र भित्रको समस्यालाई झनै बढाएको हामीलाई ध्यानाकर्षण भएको छ । टेलिफोन छड्के हान्दा हामीले निस्पक्ष र कसैको प्रभावबिनै जे-जे प्रतिक्रिया प्राप्त सम्बन्धित म्यानपावर कम्पनीबाट पायौं त्यसै अनुसारको रिपोर्ट तल सार्वजनिक गरेका छौं । 

यो रिपोर्टले म्यानपावरले दिने सूचनाको भ्रम/सत्यता, म्यानपावरहरुको जवाफदेहिता, सरकारी नीतिको अवस्था र रोजगारको अवसर खोज्नेहरुलाई सिधा एजेन्टबिनै रोजगारमा जोडिन सहज छ/छैन भन्ने देखाउन खोजिएको छ । सार्वजनिक महत्वको विषय र बेथितिमाथिको ध्यानाकर्षणको उदेश्यले यो रिपोर्ट तयार पारेको कारण हामीले सबै छड्के हानिएको कुराकानी विवरण रेकर्ड समेत गरेका छौं । 

सोमबार बिभिन्न ६७ म्यानपावर कम्पनीले १० जना भन्दा बढी कामदारको माग सहित बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन छापेका छन् । जसमध्य सिधा म्यानपावरमा सम्पर्क गर्न सकिने ४६ म्यानपावर छन् भने २० म्यानपावर बिज्ञापन दिएको तर सम्पर्कनै गर्न नसकिने नम्बरहरु बिज्ञापनमा उल्लेख गरिएको पाइएको छ । त्यस्तै बिभिन्न ३७ म्यानपावर कम्पनीहरुले सरकारी प्रक्रिया पुरा गर्नको लागि मात्र बिज्ञापन छापेको पाइएको छ । 

डिमाण्ड नं. १:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: २)

लट नं.: ३०६१७५ (नयाँ डिमाण्ड)

माग संख्या: ३३ जना 

म्यानपावर: एचआर वर्ल्ड सर्भिस प्रालि

ल्याण्डलाइन सम्पर्क: असफल 

मोबाइल सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'यो डिमाण्डमा सिधा कामदार जोडिएर वैदेशिक रोजगारमा जान सकिन्छ । अंग्रेजी भाषा राम्रो छ भने पास हुने सम्भावना छ । हामी फोन गर्छौं ।' 

डिमाण्ड नं. २:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ३)

लट नं.: ३०६०५९ (नयाँ डिमाण्ड)

माग संख्या: १४ जना 

म्यानपावर: युरो एसिया एचआर सोलुसन प्रालि

सम्पर्क समय: बिहान १०:०५ बजे

ल्याण्डलाइन सम्पर्क: व्यस्त रहेको

मोबाइल सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'डिमाण्ड आएको छ । तपाइँलाई के काम गर्न आउँछ ?' सम्बन्धित काम आउँछ भने हाम्रो अफिसमा अन्तर्वार्ताको लागि आउनुहोस् । 

डिमाण्ड नं. ३:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: २९४२०४ (पुरानो डिमाण्ड)

माग संख्या: १२० जना 

म्यानपावर: ब्राइट फ्युचर एचआर सोलुसन प्रालि

सम्पर्क समय: बिहान १०:०८ बजे

ल्याण्डलाइन सम्पर्क: सफल

प्राप्त प्रतिक्रिया: 'तपाइँले कुन डिमाण्डमा जान खोज्नु भएको ? हो डिमाण्ड आएको छ । तर स्काफोल्डरको मात्र छ । खै, अरु पदको बिज्ञापन चाही किन गर्नु भएको हो, थाहा छैन !' 

डिमाण्ड नं. ४:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: ३००५९० (पुरानो डिमाण्ड)

माग संख्या: ३०० जना 

म्यानपावर: सि.डी. ह्युमन रिसोर्स प्रालि

सम्पर्क समय: बिहान १०:१६ बजे

ल्याण्डलाइन सम्पर्क: असफल

मोबाइल सम्पर्क: सफल

प्राप्त प्रतिक्रिया: 'तपाइँले कुन डिमाण्डमा जान खोज्नु भएको ? हो डिमाण्ड आएको छ । भिसा आईरहेको छ तपाईलाई पनि पठाईदिउला ।' 

डिमाण्ड नं. ५:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: ३०६०२२ (नयाँ डिमाण्ड)

माग संख्या: ३० जना 

म्यानपावर: कसमस नेपाल ह्युमन रिसोर्स प्रालि

सम्पर्क समय: बिहान १०:३० बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दुवै नम्वरमा फोन गर्दा आफै काटिएको) 

मोबाइल सम्पर्क: बिज्ञापनमा नराखिएको

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ६:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: २९६२४८ (पुरानो डिमाण्ड)

माग संख्या: १९५ जना 

म्यानपावर: डाइनामिक सेल्स एण्ड सर्भिस प्रालि

सम्पर्क समय: बिहान १०:३४ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (तीनै नम्वरमा पटक-पटक फोन गर्दा नेटवर्क व्यस्त)

मोबाइल सम्पर्क: बिज्ञापनमा नराखिएको । 

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ७:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: ३०६१४१ (नयाँ डिमाण्ड)

माग संख्या: १५ जना 

म्यानपावर: अन्नपूर्ण इन्टरनेशनल सर्भिसेज प्रालि

सम्पर्क समय: बिहान १०:५९ बजे

ल्याण्डलाइन सम्पर्क: सफल

मोबाइल सम्पर्क: ल्याण्डलाइन मार्फतनै सम्पर्क सफल भएको ।  

प्राप्त प्रतिक्रिया: 'डिमाण्ड रहेको । इच्छुक हुनुहुन्छ भने कार्यालयमा आएर थप प्रक्रिया चाल्नुहोस् ।'

डिमाण्ड नं. ८:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: २८४१६५ (पुरानो डिमाण्ड)

माग संख्या: १२ जना 

म्यानपावर: अलाएन्स ह्युमन रिसोर्सेज प्रालि

सम्पर्क समय: बिहान ११:०२ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (तीनै नम्वरमा पटक-पटक फोन गर्दा नेटवर्क व्यस्त)

मोबाइल सम्पर्क: बिज्ञापनमा उपलब्ध ४ मोबाइल नम्बर, कुनैमा सम्पर्क हुन सकेन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं.९:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: ३०६११० (नयाँ डिमाण्ड)

माग संख्या: १२ जना 

म्यानपावर: ब्रिज स्काई इन्टरनेशनल प्रालि

सम्पर्क समय: बिहान ११:०८ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (तीनै नम्वरमा पटक-पटक फोन गर्दा फोन लागेको तर नउठेको)

मोबाइल सम्पर्क: बिज्ञापनमा उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. १०:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: ३०६०३५ (नयाँ डिमाण्ड)

माग संख्या: ५० जना 

म्यानपावर: आयुष ओभरसिस प्रालि

सम्पर्क समय: बिहान ११:१५ बजे

ल्याण्डलाइन सम्पर्क: सफल (पहिलो नम्बरमा आगमन कल निषेध, अर्को नम्बरमा सम्पर्क सफल भएको)

मोबाइल सम्पर्क: बिज्ञापनमा उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: 'डिमाण्ड छ । तपाइको नाम, नम्बर, ठेगाना ? १/२ दिन ढिलो-चाडो हुन सक्छ, हामीले नम्बर टिपेका छौं सम्पर्क गर्छौं । अरु साथिहरु पनि छन् भने भन्नुस् ।'

डिमाण्ड नं. ११:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: ३०६०७७ (नयाँ डिमाण्ड)

माग संख्या: २० जना 

म्यानपावर: अल नासिर ओभरसिस प्रालि

सम्पर्क समय: बिहान ११:१८ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (तीनै नम्बरमा पटक-पटक फोन गर्दा नेटवर्क व्यस्त)

मोबाइल सम्पर्क: बिज्ञापनमा उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. १२:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ५)

लट नं.: ३००६७४ (पुरानो डिमाण्ड)

माग संख्या: ९६ जना 

म्यानपावर: अल साहिद ओभरसिस प्रालि

सम्पर्क समय: बिहान ११:२२ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दुवै नम्बरमा पटक-पटक फोन गर्दा आफै काटिएको)

मोबाइल सम्पर्क: बिज्ञापनमा उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. १३:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: २८६१५३ (पुरानो डिमाण्ड)

माग संख्या: १४७ जना 

म्यानपावर: जब्स ग्लोबल डट कम इम्प्लोईमेन्ट सर्भिस प्रालि

सम्पर्क समय: बिहान ११:२५ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (आगमन कल निषेध)

मोबाइल सम्पर्क: सफल  

प्राप्त प्रतिक्रिया: डिमाण्ड रहेको । प्रक्रियामा आउन आग्रह गरिएको । 

डिमाण्ड नं. १४:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: ३०६०१७ (नयाँ डिमाण्ड)

माग संख्या: २० जना 

म्यानपावर: लाइफ लाइन ओभरसिज प्रालि

सम्पर्क समय: बिहान ११:२८ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: पद अनुसार डिमाण्ड छैन । हेल्परको डिमाण्ड प्याक भईसकेको छ । औचारिकताको लागि मात्र डिमाण्ड छापेको । कुकमा मात्र डिमाण्ड छ । 

डिमाण्ड नं. १५:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: ३०६०४१ (नयाँ डिमाण्ड)

माग संख्या: १५ जना 

म्यानपावर: नेपाल एचआर सोलुसन प्रालि

सम्पर्क समय: बिहान ११:३३ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'यो डिमाण्ड त हामीले पुर्वको लागि मात्र छापेको हो, डिमाण्ड छैन । यो बिज्ञापन बिना हामीले पूर्ब निकाल्न मिल्दैन नि । म्यानपावरको सिस्टम तपाइलाई मलाइ भन्दा बढी तपाईलाई थाहा छ हो ?' (फोन काटियो)

डिमाण्ड नं. १६:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: ३०६७९ (नयाँ डिमाण्ड)

माग संख्या: ४० जना 

म्यानपावर: गोर्खा ह्युमन रोसोर्स सोलुसन प्रालि 

सम्पर्क समय: बिहान ११:३९ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'यो डिमाण्डमा त हिजोनै अन्तर्वार्ता लिएर सकियो नि सर ।' 

डिमाण्ड नं. १७:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: ३०३१४३ (पुरानो डिमाण्ड)

माग संख्या: १५७ जना 

म्यानपावर: लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि 

सम्पर्क समय: बिहान ११:४९ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'हो दाई, डिमाण्ड छ । तपाई आफ्नो डकुमेन्ट लिएर म्यानपावर आउनुहोस् न, डकुमेन्ट बुझाएपछि फेरी फाइनल अन्तर्वार्ताको लागि  बोलाउछौं दाई !'  

डिमाण्ड नं. १९:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक जीवन (पृष्ठ: ६)

लट नं.: ३०६०१० (नयाँ डिमाण्ड)

माग संख्या: १५ जना 

म्यानपावर: लिभरपुल एचआर सोलुसन प्रालि 

सम्पर्क समय: बिहान ११:५५ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'हजुर सर, डिमाण्ड छ । तपाइले हाम्रो म्यानपावर देख्नुभएको छ ? पहिले आउनु भएको छ/छैन ? कति पढ्नुभएको छ ? के-के काम आउँछ ? आदि (इच्छुक कामदारको विवरण डिटेलमा लिने गरेको पाइयो ।) !'  

डिमाण्ड नं. २०:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: ३०६०७८ (नयाँ डिमाण्ड)

माग संख्या: २७६ जना 

म्यानपावर: आर.बि. ओभरसिस प्रालि 

सम्पर्क समय: बिहान १२:०४ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दुवै फोन सम्पर्कबिहिन) 

मोबाइल सम्पर्क: सम्पर्क सफल 

प्राप्त प्रतिक्रिया: 'हजुर, डिमाण्ड छ । तपाइको नाम र नम्वर दिनुस न । हामी सम्पर्क गर्छौं । अरु पनि छन् भने म्यानपावर पठाईदिनुस् न ।  

डिमाण्ड नं. २१:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: ३०५९९५ (नयाँ डिमाण्ड)

माग संख्या: ३५ जना 

म्यानपावर: रेडीएन्ट ओभरसिस प्रालि 

सम्पर्क समय: १२:१३ बजे

ल्याण्डलाइन सम्पर्क: सफल (पहिलो फोन आफै काटिन्छ) 

प्राप्त प्रतिक्रिया: 'डिमाण्ड छ । तपाइको नाम र नम्वर दिनुस न । हामी सम्पर्क गर्छौं । अरु पनि छन् भने म्यानपावर पठाईदिनुस् न ।  

डिमाण्ड नं. २२:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ६)

लट नं.: ३०६०८८ (नयाँ डिमाण्ड)

माग संख्या: ४८ जना 

म्यानपावर: रोटरी ओभरसिस प्रालि 

सम्पर्क समय: १२:१८ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'हो हामीसंग यो डिमाण्ड छ । जस्तिसक्दो छिटो हाम्रो म्यानपावरको अफिसमा आउनुहोला । 

डिमाण्ड नं. २३:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६००१ (नयाँ डिमाण्ड)

माग संख्या: १० जना 

म्यानपावर: स्टारिस एचआर सर्भिसेस प्रालि 

सम्पर्क समय: १२:२३ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: 'हो हामीसंग यो डिमाण्ड छ । भोलितिर हाम्रो म्यानपावरको अफिसमा आउनुहोस न । तपाइको नम्वर ? 

डिमाण्ड नं. २४:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३००९८८ (पुरानो डिमाण्ड)

माग संख्या: १९९ जना 

म्यानपावर: सपोर्ट ह्युमन रिसोर्सेज प्रालि 

सम्पर्क समय: १२:२५ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

मोबाइल सम्पर्क: उपलब्ध नरहेको 

प्राप्त प्रतिक्रिया: 'हो हामीसंग यो डिमाण्ड छ । आजनै पठाउन सक्नुहुन्छ तपाइको भाईलाई ? भोलि आउनुहुन्छ भने हजुरको सबै डकुमेन्ट यो.. व्हाट्सएपमा पठाईदिनुस ल ।

डिमाण्ड नं. २५:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६०९९  (नयाँ डिमाण्ड)

माग संख्या: १२ जना 

म्यानपावर: स्विफ्ट गोर्खा इन्टरनेशनल प्रालि 

सम्पर्क समय: १२:४९ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: एकछिनपछि सम्पर्क गर्न अनुरोध । (पछि फोन गर्दा) पुर्व निकाल्नको लागि मात्र हो । यो डिमाण्ड सकीईसकेको छ । 

डिमाण्ड नं. २६:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६०५१ (नयाँ डिमाण्ड)

माग संख्या: १०० जना 

म्यानपावर: स्काई वे म्यानेजमेन्ट प्रालि 

सम्पर्क समय: १२:३४ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: हो क्लिनरको डिमाण्ड आएको छ । यो डिमाण्डमा अन्तर्वार्ता दिन तपाइले भ्याउनुहुन्न । आजनै हो यसको अन्तर्वार्ता । 

डिमाण्ड नं. २७:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६१२५ (नयाँ डिमाण्ड)

माग संख्या: ९० जना 

म्यानपावर: सन लाइट ह्युमन रिसोर्स प्रालि 

सम्पर्क समय: १२:३८ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: हो डिमाण्ड आएको छ । यो डिमाण्डमा जान इच्छुक हुनुहुन्छ भने तपाइको डकुमेन्ट फरवार्ड गर्नुस् न, अर्को हप्तातिर अन्तर्वार्ता हुन्छ होला हामी सम्पर्क गर्नेछौं । 

डिमाण्ड नं. २८:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६१२५ (नयाँ डिमाण्ड)

माग संख्या: ३१ जना 

म्यानपावर: हेवन ओभरसिस प्रालि 

सम्पर्क समय: १२:४६ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दिईएका दुवै नम्बर मिलेन)

मोबाइल सम्पर्क: उपलब्ध नरहेको 

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. २९:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६०५६ (नयाँ डिमाण्ड)

माग संख्या: १० जना 

म्यानपावर: गाइडलाइन रिक्रुटमेन्ट सर्भिस प्रालि 

सम्पर्क समय: १२:५२ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दिईएका नम्बर नेटवर्कमा समस्या भएको)

मोबाइल सम्पर्क: उपलब्ध रहेको 

प्राप्त प्रतिक्रिया:- यो कम्पनीको डिमाण्ड पहिलेनै सकियो सर । कम्पनीले सुरुमै मान्छे छानिसक्यो सर । पत्रिकामा छाप्नु भन्दा अगाडीनै छानिसक्यो सर । 

डिमाण्ड नं. ३०:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६०१५ (नयाँ डिमाण्ड)

माग संख्या: ४९ जना 

म्यानपावर: न्यु लाइट इन्टरनेशनल प्रालि 

सम्पर्क समय: १२:५८ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दिईएका नम्बरहरुमा नेटवर्क व्यस्तता भनिरहेको)

मोबाइल सम्पर्क: उपलब्ध रहेको 

प्राप्त प्रतिक्रिया:- यो कम्पनीको डिमाण्ड छ । मेसनहरु चाहिरहेको छ । 

डिमाण्ड नं. ३१:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०५९९३ (नयाँ डिमाण्ड)

माग संख्या: २५ जना 

म्यानपावर: इशान इन्टरनेशनल ओभर्सिस प्रालि 

सम्पर्क समय: १:०३ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया:- यो कम्पनीको डिमाण्ड छैन । डिमाण्ड सबै पहिलेनै प्याक भईसकेको छ । आज बिज्ञापन छापेपनि पहिलेनै प्याक भईसकेको छ । 

डिमाण्ड नं. ३२:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६०७० (नयाँ डिमाण्ड)

माग संख्या: ६६ जना 

म्यानपावर: ग्रिनल्याण्ड ह्युमन रिसोर्स प्रालि 

सम्पर्क समय: १:०६ बजे

ल्याण्डलाइन सम्पर्क: उपलब्ध छैन  

मोबाइल सम्पर्क: उपलब्ध छ  

प्राप्त प्रतिक्रिया:- यो कम्पनीको डिमाण्डमा हामीले पहिलेनै अन्तर्वार्ता गराईसकेका छौं। यो डिमाण्ड फर्मालिटिको लागि छाप्नु परेको हो । एजेन्टहरुले मान्छे पठाउँछन्, प्याक भईहाल्छ । यस अघि ३ पटक अन्तर्वार्ता गराई सकेको छौं । 

डिमाण्ड नं. ३३:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६०७० (नयाँ डिमाण्ड)

माग संख्या: १६ जना 

म्यानपावर: इलान इन्टरनेशनल प्रालि 

सम्पर्क समय: १:१३ बजे

ल्याण्डलाइन सम्पर्क: उपलब्ध छ  (तर दिईएका नम्बरहरुमा सम्पर्क हुँदैनन् ।) 

मोबाइल सम्पर्क: उपलब्ध छैन  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ३४:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ८)

लट नं.: २८३६३६ (पुरानो डिमाण्ड)

माग संख्या: ६८ जना 

म्यानपावर: अल सहेली म्यानपावर प्रालि 

सम्पर्क समय: १:१३ बजे

ल्याण्डलाइन सम्पर्क: उपलब्ध छ ।

मोबाइल सम्पर्क: उपलब्ध छ 

प्राप्त प्रतिक्रिया:- (दुई पटक फोन उठाउदै काटेपछि तेश्रो पटक) यो सबै डिमाण्ड त छैन तर सटरिङ कार्पेन्टर र मेसनको डिमाण्ड छ ।

डिमाण्ड नं. ३५:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ८)

लट नं.: ३०६०९० (नयाँ डिमाण्ड)

माग संख्या: ३५० जना 

म्यानपावर: राजधानी इन्टरनेशनल सर्भिस प्रालि 

सम्पर्क समय: १:१८ बजे

ल्याण्डलाइन सम्पर्क: उपलब्ध छ तर फोन गर्दा दुवै फोन आफै काटिन्छ ।  

मोबाइल सम्पर्क: उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ३६:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ८)

लट नं.: ३०६०७४ (नयाँ डिमाण्ड)

माग संख्या: ३० जना 

म्यानपावर: के.एच.एम. रिक्रुटमेन्ट प्रालि 

सम्पर्क समय: १:२२ बजे

ल्याण्डलाइन सम्पर्क: फोन उठ्दैन ।  

मोबाइल सम्पर्क: उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ३७:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ९)

लट नं.: ३०५९३७ (नयाँ डिमाण्ड)

माग संख्या: ११ जना 

म्यानपावर: इलाइट ह्युमन रिसोर्स प्रालि 

सम्पर्क समय: १:३० बजे

ल्याण्डलाइन सम्पर्क: सफल  

मोबाइल सम्पर्क: उपलब्ध छ ।  

प्राप्त प्रतिक्रिया:- कल ब्याक गर्ने भनि सम्पर्क नगरेको । 

डिमाण्ड नं. ३८:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ९)

लट नं.: ३०६०४५ (नयाँ डिमाण्ड)

माग संख्या: २० जना 

म्यानपावर: लाङ्गटाङ्ग ओभर्सिस प्रालि 

सम्पर्क समय: १:४० बजे

ल्याण्डलाइन सम्पर्क: (डिमाण्डमा नम्बर उपलब्ध छैन)   

मोबाइल सम्पर्क: उपलब्ध छ ।  

प्राप्त प्रतिक्रिया:- डिमाण्ड छ । प्रि अन्तर्वार्ता भईरहेको छ । इच्छुक हुनुहुन्छ भने आउनुहोस् न । पत्रिकामा डिमाण्ड छाप्दा ल्याण्ड लाइन नम्बर अपडेट गरिदेनछन् । 

डिमाण्ड नं. ३९:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ९)

लट नं.: ३०६०६१ (नयाँ डिमाण्ड)

माग संख्या: २८ जना 

म्यानपावर: योङ्ग म्यानपावर प्रालि 

सम्पर्क समय: १:४८ बजे

ल्याण्डलाइन सम्पर्क: सफल

प्राप्त प्रतिक्रिया:- डिमाण्ड छ । तर आज अन्तर्वार्ताको अन्तिम दिन हो । काठमाडौँ हुनुहुन्छ र आज आउन भ्याउनुहुन्छ भने आउनोस् । 

डिमाण्ड नं. ४०:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: १०)

लट नं.: ३०६०१४ (नयाँ डिमाण्ड)

माग संख्या: ४२ जना 

म्यानपावर: एसआरके ओभर्सिस नेपाल प्रालि 

सम्पर्क समय: १:५२ बजे

ल्याण्डलाइन सम्पर्क: सफल

प्राप्त प्रतिक्रिया:- हो यो डिमाण्ड छ, कुवेतको लागि हो । आगामी बिहिबार अन्तर्वार्ता हुँदैछ । अन्तर्वार्तामा आउन सक्नुहुनेछ ।

डिमाण्ड नं. ४१:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: १०)

लट नं.: ३०६०१४ (नयाँ डिमाण्ड)

माग संख्या: ४२ जना 

म्यानपावर: सिद्ध ग्लोबल सर्भिसेज प्रालि 

सम्पर्क समय: १:५६ बजे

ल्याण्डलाइन सम्पर्क: व्यस्त + फोन आफै काटिन्छ । 

मोबाइल सम्पर्क: उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ४२:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: १०)

लट नं.: ३०६०५७ (नयाँ डिमाण्ड)

माग संख्या: ४१ जना 

म्यानपावर: शारोन म्यानपावर सर्भिसेज प्रालि 

सम्पर्क समय: १:५६ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया:- हो यो डिमाण्ड छ । आगामी १२ तारिक म्यानपावरमा आउनुहोस न है । 

डिमाण्ड नं. ४३:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: १०)

लट नं.: ३०६१४३ (नयाँ डिमाण्ड)

माग संख्या: ३३२ जना 

म्यानपावर: इन्डेक्स रिक्रुटमेन्ट प्रालि 

सम्पर्क समय: २:०६ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया:- कुवेतको लेवर/हेल्परको डिमाण्ड छैन, सिद्धिसक्यो । प्याक भईसक्यो । भिसा आएर सेलेक्सन हाल्दा फेरी बिज्ञापन आएको होला । तर यो डिमाण्ड सद्दिसक्यो है !! 

डिमाण्ड नं. ४४:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ११)

लट नं.: ३०६०२६ (नयाँ डिमाण्ड)

माग संख्या: ३० जना 

म्यानपावर: अन्जुलिमा इन्टरनेशनल प्रालि 

सम्पर्क समय: २:१३ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया:- एक पटक एजेन्टलाई कल गरेर सोध्नुस न है । 

डिमाण्ड नं. ४५:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ११)

लट नं.: ३०६१४४ (नयाँ डिमाण्ड)

माग संख्या: १० जना 

म्यानपावर: मासार्क इन्टरनेशनल ओभरसीस प्रालि 

सम्पर्क समय: २:२० बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दुवै फोन सम्पर्क बिहिन बनाइएको )

मोबाइल सम्पर्क: उपलब्ध छैन ।  

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ४६:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ११)

लट नं.: ३०६०५८ (नयाँ डिमाण्ड)

माग संख्या: १०० जना 

म्यानपावर: डेस्टिनि ह्युमन रिसोर्स नेपाल प्रालि 

सम्पर्क समय: २:२२ बजे

ल्याण्डलाइन सम्पर्क: सफल

प्राप्त प्रतिक्रिया:- तिनकुने अफिसमा आउनुस न सर, डकुमेन्ट सहित आएर अफिसमा कुरा गर्नुस् है ।

डिमाण्ड नं. ४७:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ११)

लट नं.: ३०६०७६ (नयाँ डिमाण्ड)

माग संख्या: २५ जना 

म्यानपावर: लगिन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रालि 

सम्पर्क समय: २:२९ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया:- हो डिमाण्ड छ । भोलीनै अन्तर्वार्ता छ । आउन भ्याउनुहुन्छ भने आउनुस न । लाइसेन्स कुन देशको छ ? आज गाडी चढ्नुस् भोली आईपुग्नुहुन्छ नि काठमाडौँ ।  

डिमाण्ड नं. ४८:


राष्ट्रिय दैनिक: मध्यान्ह राष्ट्रिय दैनिक (पृष्ठ: ११)

लट नं.: २८३८९२ (पुरानो डिमाण्ड)

माग संख्या: ५२ जना 

म्यानपावर: म्यानपावर रिक्रुटमेन्ट नेपाल प्रालि 

सम्पर्क समय: २:३५ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (फोन उठ्दैन) 

प्राप्त प्रतिक्रिया:- 

डिमाण्ड नं. ४९:


राष्ट्रिय दैनिक: हिमालय टाइम्स (पृष्ठ: २)

लट नं.: ३०६०३९ (नयाँ डिमाण्ड)

माग संख्या: ६० जना 

म्यानपावर: सिखर इन्टरनेशनल म्यानपावर प्रालि 

सम्पर्क समय: २:४७ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया:- डिमाण्ड छैन । यो अफिसमा तपाइले चिनेको कोहि छ र ? (नाम/नम्बर टिपेपछि)  १५/२० दिन पछि डिमाण्ड आउँछ होला, आएपछि तपाइँलाई फोन गर्छु है ? 

डिमाण्ड नं. ५०:


राष्ट्रिय दैनिक: राजधानी दैनिक (पृष्ठ: २)

लट नं.: 306066 (नयाँ डिमाण्ड)

माग संख्या: ११० जना 

म्यानपावर: निलकमल ह्युमन रिसोर्स प्रालि 

सम्पर्क समय: २:५३ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया:- हो यो डिमाण्ड छ । तपाइको अनुभव छ ? यो डिमाण्डमा जान इच्छुक हुनुहुन्छ भने बुधबार वा बिहिबारतिर कार्यालयमै आउनुस न है सर । 

डिमाण्ड नं. ५१:


राष्ट्रिय दैनिक: राजधानी दैनिक (पृष्ठ: २)

लट नं.: 3060०३ (नयाँ डिमाण्ड)

माग संख्या: ४१ जना 

म्यानपावर: मोन्टेज ओभरसिज प्रालि 

सम्पर्क समय: २:५७ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (नेटवर्क व्यस्तताको कारण कल सफल हुन सकेन) 

मोबाइल सम्पर्क: उपलब्ध छ । (पटक-पटक गर्दा पनि मोबाइल उठ्दैन, भ्वाईसमेलतिर फरवार्ड हुन्छ । 

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ५२:


राष्ट्रिय दैनिक: राजधानी दैनिक (पृष्ठ: २) 

लट नं.: ३०६१५९ (नयाँ डिमाण्ड)

माग संख्या: ६५० जना 

म्यानपावर: प्याराडाइज इन्टरनेशनल प्रालि 

सम्पर्क समय: ३:११ बजे

ल्याण्डलाइन सम्पर्क: असफल मोबाइल सम्पर्क: उपलब्ध छैन । 

प्राप्त प्रतिक्रिया: (आज ल्याण्डलाइन नम्वर पत्रिकाले गलत छापिदिएको), पुन: छापिने । 

डिमाण्ड नं. ५३:


राष्ट्रिय दैनिक: राजधानी दैनिक (पृष्ठ: २) 

लट नं.: ३०६०८२ (नयाँ डिमाण्ड)

माग संख्या: १० जना 

म्यानपावर: एसिया पावर रिक्रुटमेन्ट कन्सल्टेन्स प्रालि 

सम्पर्क समय: ३:१७ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: हो यो डिमाण्ड हाम्रोमा आएको छ । १७ तारिक हामीले अन्तर्वार्ता लिनेछौं । इच्छुक हुनुहुन्छ भने आउनुस न ।  

डिमाण्ड नं. ५४:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: २) 

लट नं.: ३०६१५६ (नयाँ डिमाण्ड)

माग संख्या: ६०० जना 

म्यानपावर: एसिया लिंक सर्भिस प्रालि 

सम्पर्क समय: ३:३० बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: हो यो डिमाण्ड हाम्रोमा आएको छ । इच्छुक हुनुहुन्छ भने हाम्रो अफिसमै भिजिट गर्न आउनुस न है ।  

डिमाण्ड नं. ५५:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: २) 

लट नं.: २९६०४१ (नयाँ डिमाण्ड)

माग संख्या: ५० जना 

म्यानपावर: मोभिरा ओभर्सेज सर्भिस प्रालि 

सम्पर्क समय: ३:३० बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दुवै फोनमा नेटवर्क व्यस्तताको कारण कल सफल हुन सकेन) 

मोबाइल सम्पर्क: उपलब्ध छैन । 

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ५६:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: २) 

लट नं.: ३०६०५५ (नयाँ डिमाण्ड)

माग संख्या: १७१ जना 

म्यानपावर: ग्रिन तारा इन्टरनेशनल ओभरसिज सर्भिसेज प्रालि 

सम्पर्क समय: ३:३७ बजे

ल्याण्डलाइन सम्पर्क: सफल  

प्राप्त प्रतिक्रिया: यो डिमाण्ड पहिलेनै प्याक भईसकेको छ । यसमा जान सक्नुहुन्न । तपाइँको डकुमेन्ट पठाउनुस् (व्हाट्सएप नम्वर दिदै) हामी तपाइको डकुमेन्ट अनुसारको डिमाण्ड आएपछि हामी सम्पर्क गर्नेछौं । 

डिमाण्ड नं. ५७:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ३) 

लट नं.: ३०६०६५ (नयाँ डिमाण्ड)

माग संख्या: २५ जना 

म्यानपावर: युथ म्यानपावर प्रालि 

सम्पर्क समय: ३:४६ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (पहिलो फोन आफै काटिन्छ, दोश्रो फोन नेटवर्क व्यस्तता भन्छ) 

मोबाइल सम्पर्क: उपलब्ध छ । 

प्राप्त प्रतिक्रिया: डिमाण्ड त छ तर गल्फ रिटर्नलाई मात्र हो । तपाइँसँग गल्फ एक्सपेरिएन्स छ ? 

डिमाण्ड नं. ५८:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ३) 

लट नं.: ३०४२६६ (नयाँ डिमाण्ड)

माग संख्या: १७० जना 

म्यानपावर: भिजन एण्ड भ्यालु ओभरसिज प्रालि 

सम्पर्क समय: ३:५१ बजे

ल्याण्डलाइन सम्पर्क: सफल  

प्राप्त प्रतिक्रिया: डिमाण्ड छ । शुन्य लागतको डिमाण्ड हो । काम गरेको अनुभवी हुनुपर्छ । बिज्ञापनमा भने अनुसारकै दिनमा फाइनल अन्तर्वार्ता हुन्छ । अहिले प्रि अन्तर्वार्ता चलिरहेको छ । काममा अनुभवी हुनुहुन्छ भने प्रि अन्तर्वार्तामा आउनुस न ।

डिमाण्ड नं. ५९:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ३) 

लट नं.: २९१२९७ (नयाँ डिमाण्ड)

माग संख्या: ४१ जना 

म्यानपावर: रेड पाण्डा इन्टरनेशनल ओभरसिज प्रालि 

सम्पर्क समय: ३:५६ बजे

ल्याण्डलाइन सम्पर्क: सफल  

प्राप्त प्रतिक्रिया: त्यो डिमाण्ड त्यतिकै हालेको हो सर । कामदार चाहिएर हालेको होइन । 

डिमाण्ड नं.६०:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ३) 

लट नं.: ३०५९९८ (नयाँ डिमाण्ड)

माग संख्या: २४ जना 

म्यानपावर: प्रिन्स इन्टरनेशनल इम्प्लोईमेन्ट सर्भिस प्रालि 

सम्पर्क समय: ३:५९ बजे

ल्याण्डलाइन सम्पर्क: असफल  

मोबाइल सम्पर्क: उपलब्ध छ । (दुवै मोबाइल फोन उठेन ।)

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ६१:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ३) 

लट नं.: ३०६०८१ (नयाँ डिमाण्ड)

माग संख्या: ६५ जना 

म्यानपावर: ओमेगा इन्टरनेशनल प्रालि 

सम्पर्क समय: ४:०३ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

मोबाइल सम्पर्क: उपलब्ध छैन । 

प्राप्त प्रतिक्रिया: डिमाण्ड छ । डिमाण्डबारे बुझ्न म्यानपावरमै आउनुहोस् । 

डिमाण्ड नं. ६२:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ३) 

लट नं.: ३०६०१८ (नयाँ डिमाण्ड)

माग संख्या: १५ जना 

म्यानपावर: किङ्गफिसर ओभरसिज प्रालि 

सम्पर्क समय: ४:०७ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दुवै फोनको आगमन कल बन्द गरिएको छ) 

मोबाइल सम्पर्क: उपलब्ध छैन । 

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ६३:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ४) 

लट नं.: ३०६०७२ (नयाँ डिमाण्ड)

माग संख्या: २२ जना 

म्यानपावर: दुबई ओभरसिज इन्टरनेशनल प्रालि 

सम्पर्क समय: ४:१० बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: प्रक्रियाको लागि मात्र बिज्ञापन सार्वजनिक गरिएको हो । डिमाण्डमा पहिलेनै अन्तर्वार्ता भईसकेको छ । अहिले तपाइँले भन्नु भएको पदमा डिमाण्ड छैन । 

डिमाण्ड नं. ६४:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ७)

लट नं.: ३०३७३९ (पुरानो डिमाण्ड)

माग संख्या: १७ जना 

म्यानपावर: कपिल म्यानपावर प्रालि 

सम्पर्क समय: ४:१८ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (फोन उठेन)

मोबाइल सम्पर्क: उपलब्ध छैन । 

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

डिमाण्ड नं. ६५:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक समाचार (पृष्ठ: ७)

लट नं.: ३०५९५९ (नयाँ डिमाण्ड)

माग संख्या: १२० जना 

म्यानपावर: जब्स सेन्टर प्रालि 

सम्पर्क समय: ४:१९ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: हो यो डिमाण्ड छ । तपाइँ भोली हाम्रो अफिसमा आउन सक्नुहुन्छ ? हो हामीले डिमाण्ड भएर नै पत्रिकामा छापेको हो । 

डिमाण्ड नं. ६६:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ७)

लट नं.: ३०६००७ (नयाँ डिमाण्ड)

माग संख्या: १० जना 

म्यानपावर: इन्टरपीड रिक्रुटमेन्ट सर्भिसेज प्रालि 

सम्पर्क समय: ४:२४ बजे

ल्याण्डलाइन सम्पर्क: सफल 

प्राप्त प्रतिक्रिया: हो हामीसँग साउदीको ट्रक ड्राइभरको डिमाण्ड छ । तपाइँ हामीलाई हाम्रो व्हाट्सएपमा आफ्नो डकुमेन्ट पठाउन सक्नुहुन्छ ? (रोजगार सम्बन्धित अन्य जानकारी दिएको) 

डिमाण्ड नं. ६७:


राष्ट्रिय दैनिक: प्रभाव दैनिक (पृष्ठ: ७)

लट नं.: २८९०२७ (पुरानो डिमाण्ड)

माग संख्या: ५५ जना 

म्यानपावर: एक्सप्रेस रिक्रुईटर नेपाल प्रालि 

सम्पर्क समय: ४:२८ बजे

ल्याण्डलाइन सम्पर्क: असफल (दुवै नम्बरमा आगमन कल बन्द छ)

मोबाइल सम्पर्क: उपलब्ध छैन । 

प्राप्त प्रतिक्रिया: बिज्ञापन हेरेर सम्पर्क गर्न सकिएन ।

(यो बिज्ञापन हेरेर वैदेशिक रोजगारमा जान चाहनेहरुले यो म्यानपावरसंग जोडिन सम्भब देखिएन ।)

वैदेशिक रोजगारमा जान चाहनेहरुको लागि सहि सूचना दिनु इजाजत प्राप्त म्यानपावरको नीति र नैतिकतामा पर्ने कुरा हो । रोजगारको समान अवसर पाउनु नेपालको संबिधान प्रदत्त अधिकार हो । तर इजाजत प्राप्त कतिपय म्यानपावर कम्पनीहरुले नीति बिपरित काम गर्ने, रोजगारमा जोडिन चाहने युवाहरुलाई राम्रो व्यवहार नगर्ने, रुखो व्यवहार गर्ने, बिज्ञापन गरेर आवश्यक सूचना दिन गैर-जिम्मेवार बन्ने गरेका छन् । यस्तो प्रवृतिले म्यानपावर व्यवसायीहरुप्रति आम मानिसले हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । वैदेशिक रोजगार क्षेत्रभित्रको बेथिति र अबैध क्रियाकलाप मौलाउनुमा सम्बन्धित निकायको पनि उत्तिकै जिम्मेवारी गरेको बताइएको छ । 

वैदेशिक रोजगारको बिज्ञापन गर्ने म्यानपावरहरुले आफूले दिने बिज्ञापनमा जिम्मेवार हुनुपर्ने, यथार्थ सूचना दिनुपर्ने, म्यानपावरको सम्पर्क नम्बर र बिज्ञापन सम्बन्धित जानकारीहरु स्पष्ट राख्नुपर्ने नीति छ । तर सम्बन्धित निकायले नियमन नगर्दा कतिपय म्यानपावरको बर्षौंदेखि परिवर्तन भएको नम्बरनै राखेर बिज्ञापन गरिरहेको, म्यानपावरको ठेगाना परिवर्तन भईसक्दा पनि पुरानै ठेगाना उल्लेख गरि बिज्ञापन गरिरहेको, वैदेशिक रोजगार बिभागको वेबसाइटमा म्यानपावर सम्बन्धित जानकारी, संचालक तथा कर्मचारीहरुको जानकारी बर्षौंदेखि अपडेट नभएको समेत पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!