निगमले घटायो इन्धनको मुल्य

Posted on: 16 Sep, 2024

भदौ ३१, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । 

निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!