आजपनि घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार?

Posted on: 18 Sep, 2024

असोज २, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो । 

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!