गुगल प्ले स्टोरबाट हट्यो ई-सेवा, यस्तो छ कारण

Posted on: 06 Aug, 2024

साउन २२, काठमाडौँ । गुगल प्लेस्टोबाट ई-सेवा एप हटेको छ । सिस्टम अपडेटको काम भइरहेकाले अस्थायी रूपमा प्ले स्टोरमा हटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाउनलोड भइसकेको एपमा भने कुनै समस्या हुने छैन ।

‘ई-सेवा प्रालिबाट ई-सेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्ले स्टोर र डेटा युनिभसल नम्बरिङ सिस्टममा अपडेट हुने क्रममा रहेको छ । अपडेट गर्ने क्रममा रहेको छ । ई-सेवा एप अस्थयीरूपमा प्लेस्टोरमा उपलब्ध नभएको तथा अहिले डाउनलोड भइसकेको इसेवा एपहरुलाई केही असर नपर्ने’, ई-सेवाले सूचनामार्फत् जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!