सिहदरबार, पार्टी कार्यालय र नेताहरुका घरको फोहोर नउठाउने बालेनको चेतावनी

Posted on: 20 May, 2024

जेठ ७,   काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसलेख्दै मेयर साहले सरकारलाई चेतावनी दिएका हुन्।

उनले काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाएको भन्दै  चालकहरु  ससम्मान रिहा नभए सम्म  सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठाउने चेतावनी दिएका हुन्।

उनि लेख्छन्:

भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।

जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन  सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन ।

को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!


यस बिषयमा तपाइको प्रतिक्रिया...!