शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु: कुनले कति कामदार पठाए ?

Posted on: 19 Jul, 2024

साउन ४, काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा शुन्य लागत तथा नैतिक भर्ना प्रक्रियामा मात्र कामदार पठाएको भनि साझा सबाल मिडिया तथा वैदेशिक रोजगार एप मार्फत दावी गरेका बिभिन्न ६ म्यानपावर कम्पनि छन् ।


जसमध्ये सबैभन्दा बढी कामदार पठाउनेमा ललितपुर स्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेको छ । यो म्यानपावरले गत आर्थिक बर्षको १२ महिनामा ३३७८ जना पुरुष कामदार र २०१ जना महिला कामदार पठाएको हो । यो म्यानपावरले मलेसिया सहित युएई र कतारमा पनि शुन्य लागतमा कामदार लागिरहेको दावी गरेको छ । 

त्यस्तै दोश्रो नम्बरमा सिनामंगल अथित आकर्षण इन्टरनेशनल प्रालिले २७७८ जना पुरुष कामदार र २२८ जना महिला कामदार पठाएको छ । यो म्यानपावर कम्पनीले मलेसियामा मात्र कामदार पठाउदै आएको छ । हाल केहि महिना यता भने मलेसियाले आप्रवासी कामदार लगेका छैन । जसको प्रभाव यो म्यानपावरलाई पनि परेको छ । आकर्षणले हालसालै आफ्नो २० औं बार्षिकोत्सव मनाउने क्रममा प्रेस बिज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ 'कामदार विदेश जाँदा लाग्ने सम्पूर्ण खर्चहरु जस्तै भिसा, टिकट, मेडिकल, विमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष आदिका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने-जाने गाडीभाडा, खान-बस्नको व्यवस्थापन एवम् राहदानी वापतको शुल्क समेत भुक्तानी दिदै आएको अवगत गराउदछौं ।' म्यानपावरले बिज्ञप्तिमा थप उल्लेख गर्दै भनेको छ 'शुन्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारमा जाँदा श्रमिकको घर परिवारमा आर्थिक भार नपर्ने साथै राज्यको ढुकुटीमा समेत उल्लेखनीय टेवा पुगिरहेको छ ।'  

यता शुन्य लागतकै भर्ना प्रक्रिया अवलम्बन गरेर कामदार पठाउदै आएको दावी गर्ने चप्पल कारखाना स्थित ट्रस्ट नेपाल ओभरसीस प्रालिले गत आर्थिक बर्षमा ११०१ पुरुष र २०० जना महिला कामदार पठाएको छ । यो म्यानपावरले पनि मलेसिया केन्द्रित भएर कामदार पठाएको छ । हाल मलेसिया रोजगार बन्द हुँदा यो म्यानपावर फुर्सदिलो बनेको छ । 

त्यस्तै शुन्य लागत ब हर्ना प्रक्रियामा मात्र कामदार पठाउने काठमाडौँको गैह्रीधारा स्थित वाइड स्पेस इन्टरनेशनल प्रालिले गत आर्थिक बर्षमा १०५१ जना पुरुष कामदार पठाएको छ । यो म्यानपावरले पनि मलेसिया केन्द्रित भएर कामदार पठाएको छ । हाल मलेसिया रोजगार बन्द हुँदा यो म्यानपावर पनि फुर्सदिलो बनेको छ । 

त्यस्तै शुन्य लागतमा मात्र कामदार पठाउनेमा पाँचौं नम्वरमा काठमाडौँको मध्यबानेश्वर स्थित ट्रेन्डवे इन्टरनेशनलले गत आर्थिक बर्षमा ५९० जना पुरुष र १५१ जना महिला कामदार पठाएको छ । 

त्यस्तै लामो समयदेखि शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावर टाईटनिक म्यानपावर सप्लाएर्स प्रालिले भने गत आर्थिक बर्ष २७१ पुरुष र ६ जना महिला कामदार पठाएको छ । यो म्यानपावर काठमाडौँ स्थित बसुन्धरामा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!