आइतबारदेखि काठमाडौँको विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

Posted on: 25 May, 2024

जेठ १२, काठमाडौँ | काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।  आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जनाएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!