सुनको मूर्ति भन्दै ३० लाख ठगी, १४ लाखसहित ५ जना पक्राउ

Posted on: 01 Jul, 2024

असार १७, काठमाडौँ । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

काठमाडौं जिल्ला प्रहरीको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ५ जना नेपालीलाई पक्राउ गरेको छ।


प्रहरीका अनुसार दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका थिए। तर नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका थिए।

प्रहरीले पक्राउ परेकाको साथबाट १४ लाख रुपैयाँ नगद बरामद गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!