शत्रुघन सिन्हा अस्पताल भर्ना, भेट्न पुगे छोरी सोनाक्षी र ज्वाइँ जहिर

Posted on: 01 Jul, 2024

असार १७, नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पताल भर्ना भएका छन् । छोरीको बिहे भएको ६ दिनमै शत्रुघन अस्पताल भर्ना भएका छन् । उनलाई भेट्न छोरी सोनाक्षी र ज्वाइँ जहिर इकबाल अस्पताल बाहिर देखिएपछि अनेकौं अड्कलबाजी सुरु भएको छ ।

शत्रुघन सिन्हालाई चोट लागेकाले अस्पतालमा भर्ना गरिएको खबर बाहिर आएको छ । शत्रुघनका छोरा लवका अनुसार बुवालाई भाइरल ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।


‘उहाँ कमजोर पनि हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँलाई अस्पतालमा भर्ना गरायौं’, इन्डियन एक्सप्रेसले छोरा लवलाई उद्धृत गर्दै समाचार छापेको छ ।

टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।

एक दिन घरमै उपचार गरिएको भए पनि दुखाइ कम नभएपछि सिन्हालाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएको छ । उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!