अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

Posted on: 21 May, 2024

जेठ ८, काठमाडौँ | अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ ।

आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।

आईसीसी अभियोजकले भने, 'मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!