पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध

Posted on: 28 Jun, 2022

असार १४, लमजुङ | सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको  पहिरोले डुम्रे-बेंसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ । 


डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले  सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । 

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध  सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ । 

सडकअवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ  जाने र  बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!