<p><img src="http://sajhasabal.com/uploads/posts/1e7ed63036d3bc798f015c64f4ab2aaa1492743193.jpg" style="width: 640px; float: left;">वैशाख ८, काठमाडौं | एकताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था थियो । हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम छन् अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि भएको छैन। <br></p><p>उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो इन्ष्टिच्युसनल मेमोरी (संस्थागत स्मरण) मा समेत उनलाई नराखेको पाइएको छ।</p><p>अख्तियारको केन्द्रीय कार्यालयको भित्तामा अरु सबै पूर्वप्रमुख आयुक्तको फोटो राखिएको भए पनि कार्कीको भने राखिएको छैन। किन नराखेका भन्ने जिज्ञासामा अख्तियारका एक वरिष्ठ कर्मचारीले अदालतले अयोग्य भनेकाले फोटो नराखिएको बताए। – नेपालसमाचार पत्रबाट</p>
