By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    2 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    19 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    22 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    22 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 hour ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निधिको राजिनामापछि गृहमन्त्रीमा क-कसको चर्चा छ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निधिको राजिनामापछि गृहमन्त्रीमा क-कसको चर्चा छ ?
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

निधिको राजिनामापछि गृहमन्त्रीमा क-कसको चर्चा छ ?

साझासवाल
Last updated: May 3, 2017 1:06 am
साझासवाल
4 Min Read
Share

बैशाख २९, काठमाडौं । प्रहरी प्रमुख नियुक्तिमा वरीयताबाट सुरु खटपट प्रधानन्यायाधीश प्रकरणसम्म पुगेपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएयता गृह मन्त्रालय नेतृत्वविहीन छ । 

देशको शान्ति सुरक्षाको जिम्मा लिएको यो मन्त्रालय भागबन्डाको पूर्वसहमतिअनुरूप कांग्रेसको भागमा परेको उल्लेख गर्दै सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र उसैको निर्णय पर्खेर बसेको छ । स्थानीय चुनाव र पछिल्लो राजनीतिक उताचढावबीच गृह अहिलेलाई खाली रहने हो कि भन्ने आशंका सरकारी अधिकारी नै गर्छन् । आइतबार राजीनामा दिएका निधि बुधबार सरकारी क्वार्टर छाडेर नयाँबानेश्वरस्थित निवास सर्दै छन् ।

स्रोतका अनुसार भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखक र कांग्रेस सांसद गोपालमान श्रेष्ठ गृहमन्त्रीको चर्चामा छन् । आलोपालो सहमतिअनुरूप पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु सकिनै लाग्दा छोटो अवधिका लागि भए पनि लेखक गृह मन्त्रालयको ‘पोर्टफोलियो’ सित जोडिन चाहन्छन् । लेखक र श्रेष्ठ दुवै कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिँदै आए पनि लेखकको राजनीतिक सक्रियता, निर्णय क्षमता र क्षेत्रीय निकटताका कारण उनी प्राथमिकतामा पर्न सक्छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पूर्वसहमतिबमोजिम कांग्रेसको निर्णयअनुसार गृहमन्त्री आउने बताए । ‘राप्रपाभित्र आन्तरिक विवाद चर्केर उहाँहरू सरकारबाहिर जाने निर्णयमा पुग्नुभयो, तर त्यहीँभित्रको अर्को पक्षको दबाबमा उहाँहरू फेरि सरकारमै फर्कने सम्भावना पनि छ,’ कार्कीले भने, ‘त्यस्तो अवस्था आयो भने कांग्रेससँग परामर्शमा गृहको जिम्मेवारीबारे नयाँ ढंगले छलफल पनि होला, नत्र सामान्य सहमतिअनुसार त त्यो कांग्रेसकै आन्तरिक निर्णयाधिकारभित्रको कुरो हो ।’

मन्त्री लेखकले प्रधानमन्त्री र आफ्ना पार्टी सभापतिबीच आन्तरिक समन्वयमा छिट्टै गृहमन्त्री तोकिने बताए । ‘गृह मन्त्रालयजस्तो संवेदनशील अंग यस्तो बेला खाली राख्नु हुँदैन भन्नेमा सरकार र पार्टी दुवै संवेदनशील छन्,’ लेखकले भने, ‘प्रधानमन्त्रीसँग पार्टी सभापतिज्यूले यसबारे छिट्टै कुराकानी गरेर टुंगो लगाउनुहुनेछ ।’

स्रोतका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यसम्पादन समिति बैठकमार्फत गराइसकेको लोकतान्त्रिक फोरम सरकारमा आउने अवस्थामा त्यसका नेता विजयकुमार गच्छदारले आफूले गृह पाउनुपर्ने सर्त तेस्र्याएका छन् । देउवा भने गच्छदारलाई भौतिक योजनामा लगेर लेखकलाई गृह दिने मनस्थितिमा पुगेको स्रोतको दाबी छ । गच्छदारले मंगलबार पार्टीको बैठकमा आफू अहिले गृहमन्त्री बन्न जाने चर्चा ‘अनुमान मात्रै’ भएको भन्दै अस्वीकार गरे । ‘हामी अहिले सरकारमा जाँदैनौं, तर राजनीतिक विषमता बढेको बेला समर्थन फिर्ताको गल्ती गर्नु हुँदैन,’ गच्छदारलाई उद्धृत गर्दै पार्टी स्रोतले भन्यो । लोकतान्त्रिक फोरम संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘हाम्रा मागहरू अझै पूरा नभएकाले सरकारमा नजाने निर्णय गर्‍यौं, तर मधेसी, थारूलगायतका माग सम्बोधन गर्न संविधान संशोधन विधेयक ल्याउने सरकारको कदम सकारात्मक भएकाले अहिले समर्थन जारी रहन्छ ।’ उनले उपप्रधानमन्त्री र गृहमन्त्री पाए गच्छदार जान सक्ने चर्चा पूरै गलत रहेको बताए ।

गृहमन्त्री निधिले राजीनामा दिएकै साँझ नेपाली सेनाको जंगी अड्डाले देशमा आन्तरिक सुरक्षा संवेदनशीलता बढेको विश्लेषण गर्दै वक्तव्य निकाल्नुले गृहको रिक्तता तत्कालै अनुभूति भएको दर्साउँछ । वैशाख ३१ को स्थानीय चुनावअगाडि शान्ति सुरक्षाको प्रभावकारी नेतृत्व र व्यवस्थापनका लागि गृह सरकारको महत्त्वपूर्ण अंग हो । निधिले कसलाई आईजीपी बनाउने भन्ने निर्णय गृहमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भए पनि पार्टी सभापतिले हस्तक्षेप गरेको असन्तुष्टि दर्साउँदै आएका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले अकस्मात् महाअभियोग प्रस्ताव ल्याएको भन्दै उनले सरकारमा बस्न उपयुक्त नभएको कारण देखाउँदै राजीनामा दिएका थिए । -कान्तिपुर दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्यासी
Next Article राप्रपाका मन्त्रीले राजीनामा बुझाउन किन पाएनन् ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

म्युनिख लिगा फुटबलको दोस्रो स्थानमा

57 years ago
काठमाडौँ - KTMसमाज

निगमकाे उडान रद्द गर्ने ६ कर्मचारीलाई कारबाही सिफारिस

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गरौँ: परराष्ट्रमन्त्री

57 years ago
काठमाडौँ - KTMसमाज

जग्गा कारोबार गर्नेहरुको सम्पत्ति छानबिन हुँदै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?