By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    20 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    23 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्यासी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्यासी
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्यासी

साझासवाल
Last updated: May 3, 2017 12:57 am
साझासवाल
3 Min Read
Share


बैशाख २०, काठमाडौं । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् । 

त्यतिबेला श्रेष्ठले आफू मात्र होइन अरूलाई समेत सहभागी नहुन भन्दै सक्रियतापूर्वक निर्वाचन बहिष्कार गरेका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा–माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गरेसँगै उनी पनि निर्वाचनको प्रतिरोधमा उत्रिए । तिनै श्रेष्ठले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकारसमेत रहेका श्रेष्ठले पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट स्वतन्त्र रूपमा मेयरका लागि मनोनयन दर्ता गरेका हुन् । उनीसँगै पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका लागि सावित्री खरेलले मनोनयन दर्ता गराएकी छन् ।

दोस्रो संविधानसभा निर्वाचन बहिष्कारका लागि उनी काठमाडौंमा खटिएकी थिइन् । उनलाई पार्टीले अमर आदर्श स्कुल मतदान केन्द्रलाई केन्द्रमा राखेर निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्नका लागि नेतृत्व दिएको थियो ।

‘हामीले यसपटक निर्वाचनलाई उपयोग गर्दै जाने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘त्यसैले पनि निर्वाचनमा सहभागी भएर जनतासँग विकासका गतिविधिमा सहभागी हुन उम्मेदवारी दिएका हौं ।’ उनले निर्वाचन बहिष्कार गर्दा प्रश्न गर्नेहरू अहिले निर्वाचनमा सहभागी हुँदासमेत प्रश्न उठाइरहेको भन्दै आश्चर्य व्यक्त गरिन् ।

संविधानसभाको दोस्रो निर्वाचन अन्तरिम संविधानको मर्मविपरीत भएका कारण बहिष्कार गरेको बताउँदै मेयरका उम्मेदवार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा विकासका लागि सहभागी भएको बताए । ‘हामी विकास विरोधी होइनौं, हामीले जनतासँग जोडिएर जनताका जीवनस्तर सुधार गर्नका लागि निर्वाचनमा सहभागी हुँदै छौं,’ उनले भने ।

उनीहरूसँगै भरतपुर महानगरपालिकामा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का तर्फबाट अम्बिका मुडवरीले मनोनयन दर्ता गरेकी छन् । देजमोको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी मुडवरी २०७० सालको संविधानसभाको निर्वाचनमा चितवन जिल्लाको जिल्ला सह–इन्चार्ज थिइन् । अहिले आफूहरू विकास र जनतासँग जोडिनका लागि निर्वाचनमा होमिएको उनले राजधानीसँग बताइन् । ‘यसको मतलव हामीले आफैंले जलाएको संविधान मान्यौं भन्ने होइन, उनले भनिन्, ‘स्थानीय तहको निर्वाचन विकाससँग जोडिएकाले क्रान्तिकारी उपयोग गर्ने भनेका हौं ।’

क्रान्तिकारी माओवादीका तर्फबाट उपत्यकाको अर्को महानगरपालिका ललितपुर महानगरपालिकाको मेयरमा विजय खड्गी, उपमेयरमा इन्दिरा अधिकारीले उम्मेदवारी दिएका छन् । त्यस्तै, पोखरा लेखनाथ महानगरपालिकामा भीमबहादुर श्रीसले मेयर र कल्पना थापाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगमा क्रान्तिकारी माओवादी दर्ता छैन । आयोगले निर्वाचन चिह्न नदिएपछि पार्टीले सबै तहमा स्वतन्त्र रूपमा उम्मेदवार खडा गरेको हो । -राजधानी दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article यस्तो हुनेछ स्थानीय निर्वाचनमा तीन घेराको सुरक्षा
Next Article निधिको राजिनामापछि गृहमन्त्रीमा क-कसको चर्चा छ ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पत्रपत्रिकाबाट

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

57 years ago
काठमाडौँ - KTMखेलकुद

साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

दि रिभर ओभरसिज प्रालिद्वारा कोरोना कोषमा ५ लाख सहयोग

57 years ago
काठमाडौँ - KTMराजनीति

संविधान संशोधन रोक्न माग गर्दै सर्वोच्चमा रिट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?