<p><b>चैत २२, काठमाडौं |</b> राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज भएका छन् । चैत १८ गते रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत पौडेल स्वास्थ्यमा सुधार आएसँगै गएको राति डिस्चार्ज भएका हुन् । पेटको दुखाइका कारण उनलाई अस्पताल लगिएको थियो ।<br></p><p>राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका थिए । उनलाई शिक्षण अस्पतालमा डा. निरज बमले हेरेका थिए ।</p><p>भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेका पौडेल तीन दिनपछि डिस्चार्ज भएका हुन् ।</p>
