2026-10-14 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओवादी केन्द्र अछामले प्रदेश कमिटीमा पठायो समानुपातिक उम्मेद्धारको प्रारम्भिक सूचि

असोज ८, अछाम। नेकपा माओवादी केन्द्र प्रदेश सभा र संघिय संसदको चुनावी तयारीमा लागेको छ । आगामि मंसिर १० र २१ गते २ चरणमा हुने निर्वाचनका लागि माओवादी केन्द्रले समानुपातिक उम्मेद्धारको बन्द सुची तयार पार्ने र अन्य आन्तरिक रणनीतिको तयारी गरिरहेको बताईएको छ । यसैविच नेकपा माओवादी केन्द्र अछामले पनी मंसिरमा प्रदेश र केन्द्रिय संसदको निर्वाचनको तयारी स्वरुप बिभिन्न आन्तरिक तयारी अगि बढाएको जनाएको छ । 

पार्टीले जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा पार्टी कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेश र केन्द्रीय संसदको लागि समानुपातिक तर्फवाट पार्टीका उम्मेद्धारहरुको प्रारम्भिक बन्दसुची पनी तयार गरेको जिल्ला संयोजक झपट साउदले जानकारी दिए । संयोजक साउदका अनुसार केन्द्रिय संसदका लागि अछाम क्षेत्रनम्वर १ वाट पोलिटब्यूरो सदस्य तारामान स्वार, केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य ईश्वरी खड्का र दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य प्रकाश परियार र क्षेत्रनम्वर २ वाट  केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य जोरा सिंह बिष्ट, जिल्ला सदस्य जीवन बिक र अमृता वलि (भूल)को प्रारम्भिक नामावलि समानुपातिक उम्मेद्धारको बन्दसुचीका लागि प्रस्ताव गरेको छ । २ वटै क्षेत्रवाट समावेसी तरिकाले ३÷३ जनाको नामावलि प्रदेश कमिटीमा पठाईएको जिल्ला संयोजक साउदले बताए ।

यस्तै माओवादी केन्द्र अछामले प्रदेश सभा अन्र्तगत मेल्लेख, जयगढ र रामारोशन गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रवाट जिल्ला संयोजक झपट साउद, सुवास बुढा, निर्मला साउद र कुशल बुढा गरि ४ जनाको नाम प्रारम्भिक सूचिमा पठाएको छ भने साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रवाट केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य टंक रावल, सुरत भूल, राम बहादुर थापा, दिपक सुनार, पूर्ण बहादुर साउद र टेक बहादुर थापा गरि ६ जना नेताहरुको प्रारम्भिक नामावलि प्रदेश कमिटी लाई प्रस्ताव गरेको छ ।

यस्तै मंगलसेन नगरपालिका, ढकारी गाँउपालिका तथा कमलबजार नगरपालिकाको केही वडा समेटीएको प्रदेश निर्वाचन क्षेत्रवाट केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य लोक बहादुर बोगटी, जिल्ला सदस्य मोतीकला चलाउने र खडक सुज्जी गरि ३ जना लाई सिफारिस गरिएको छ भने बिनायक नगरपालिका, तुर्माखाँद गाँउपालिका र कमलबजार नगरपालिकाको केही वडा समेटीएको अर्को प्रदेश निर्वाचन क्षेत्रवाट दिपक रोकामगर, अमर बिक र उदय बहादुर बिष्ट गरि ३ जनाको नाम प्रदेश सभाका लागि समानुपातिक उम्मेद्धारका रुपमा सिफारिस गरिएको छ ।

जिल्ला पार्टीले केन्द्रिय संसद र प्रदेश सभाका लागि समानुपातिक बन्दसूचिका लागि प्रारम्भिक सूचि पार्टी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको जिल्ला संयोजक साउदले जानकारी दिए । पार्टीले प्रदेश र केन्द्रिय संसदको प्रत्यक्ष तर्फको उम्मेद्धार कसलाई सिफारिस गर्ने भन्ने विषयमा पनी छलफल चलाईरहेको र त्यसको टुंगो पनी असोज २०÷२२ गतेभीत्रै जिल्ला कमिटी बैठकले लगाईसक्ने उनको भनाई छ । अन्य आन्तरिक तयारी, पार्टी ध्रुविकरण जस्ता गतिविधमा छलफल चलाईरहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेश सभा तथा संघिय निर्वाचनमा माओवादी केन्द्र अछाममा एक्लै चुनाव लड्न तयार रहेको तर आवस्यकता अनुसार समिकरणका लागि पनी सबैसंग बाटो खुल्ला जिल्ला संयोजक साउदको भनाई छ ।

माओवादी केन्द्रले आगामि मंसिरमा हुने निर्वाचनका लागि मतदाता भेटघाट, स्थानीय तह अन्र्तगतका कमिटी बैठक र वडा कमिटी बैठक गर्ने लगायतका आन्तरिक गतिविध समेत सञ्चालन गर्न लागेको बताएको छ । प्रदेश र केन्द्रिय संसदका लागि अछाममा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव