वैशाख १२, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदपार वि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत पाएका हुन् ।

यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।

चितवन २ मा मतगणना जारी रहेपनि लामिछानेको विजय सुनिश्चित भइरहेको छ।

उनले मंसिर ४ को भन्दा बढी मत पाएका छन् । जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।

Related News