Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अन्तर्राष्ट्रिय गिरोहको पासोमा नेपाली : टर्कीको खातामा लोभ्याउँदै ७३ लाख ठगी

२०८०, ८ जेष्ठ सोमबार ०९:२६

जेठ ८, काठमाडौँ | गत चैत ५ गते ओमप्रसाद सुवेदी आत्तिँदै महाराजगन्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगे ।

एक टर्किस नागरिकले आफूलाई ७२ लाख ९० हजार ४ सय २५ रुपैयाँ ठगेको उनको दाबी थियो। तर कहानी सामान्य थिएन। सुवेदीका अनुसार टर्किस नागरिक फुसुन तुम्साभासले आफू स्थानीय एक बैंकको कर्मचारी भएको परिचय दिएर उनलाई सम्पर्क गरेका थिए।


सुवेदीका आफन्त एड्रियन सुवेदीको सन् २०२० मा निधन भएको र उनको नाममा उक्त बैंकमा ९५ हजार अमेरिकी डलर रहेको जानकारी दिन सम्पर्क गरिएको थियो।

आफूले भनेअनुसार काम गरे ओमप्रसादले उक्त ९५ हजार अमेरिकी डलर प्राप्त गर्ने तुम्साभासले बताएकी थिइन्।

त्यसका लागि विश्वास दिलाउन ती टर्किस नागरिकले आफ्नो बैंक कर्मचारी परिचय पत्र र राहदानीको प्रतिलिपिसमेत दिलाइन्। तुम्साभासले एक कानुन व्यवसायीको सम्पर्क ठेगाना पनि उपलब्ध गराइन् र दुईजनाबीच कुराकानी हुने माहोल तय भयो।

प्रहरीमा ओमप्रसाद सुवेदीले दिएको जाहेरीअनुसार ती कानुन व्यवसायीको सल्लाहअनुसार ९५ हजार अमेरिकी डलर प्राप्त गर्ने लोभमा उनले ७२ लाख ९० हजार ४ सय २५ रुपैयाँ पठाएका थिए। सुवेदीलाई उपलब्ध गराइएका विभिन्न अकाउन्ट नम्बरमा ती रकम जम्मा गरिएको थियो। तर एकाएक तुम्साभास र ती कानुन व्यवसायी सम्पर्कबाहिर बनेपछि सुवेदी अत्तालिएका थिए। उनलाई लाग्यो म ठगिएँ।

प्रहरीका अनुसार सुवेदीले विभिन्न ९ जना नेपालीका बैंक खातामा त्यो रकम जम्मा गरेका थिए। तीमध्ये लक्ष्मण नेपालीको बैंक खातामा १९ लाख ५३ हजार, मिथुन मन्डल खत्वेको खातामा २ लाख १९ हजार ४ सय २५, रेश्मा कुमारी रानाको खातामा ७ लाख ४० हजार, हरिषचन्द्र सिंहको खातामा ६ लाख ५० हजार, अन्जु थापाको खातामा ७ लाख ४० हजार, हिमाल आचार्यको खातामा २ लाख ६६ हजार, दीपक सापकोटाको खातामा १७ लाख ६ हजार, दिनेश चौधरीको खातामा २ लाख ६६ हजार र अशोक चौधरीको खातामा ७ लाख ४० हजार रुपैयाँ जम्मा गरेको पाइएको छ।

प्रहरीले यो घटनामा सप्तरीको राजविराजका ३४ वर्षीय महाविरप्रसाद शाह, कास्कीको माच्छापुच्छ्रेका २९ वर्षीय लक्ष्मण नेपाली, सप्तरीको राजविराजका ३० वर्षीय नविनकुमार चौधरी र मोरङको डाँगिहाटका ३० ३२ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको छ। ८ जना फरार छन्।

प्रहरी अनुसन्धानका क्रममा पैसा जम्मा भएका बैंक खातावालाहरूलाई महावीरले सम्पर्कमा ल्याएको पाइएको छ।

महावीरले तीन महिनाअघि पाकिस्तानी नागरिक आदिलसँग फेसबुकमा चिनजान भएको र उनले हुन्डीको कारोबार गर्ने नेपाली बैंक खाता आवश्यक रहेको र त्यसबापत पैसा दिने बताएपछि आफू लोभिएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन्।

उनले यही कामका लागि आफू सप्तरीबाट काठमाडौं आएर पानी पोखरीस्थित एक हाउजिङमा तीन महिनादेखि बसिरहेको बताएका छन्।

उनले सुरुमा सन्तोष तामाङ र त्यसपछि लक्ष्मण नेपालीसँग भेटघाट गरी पाकिस्तानीको प्रस्तावबारे जानकारी गराएपछि लक्ष्मणले अन्य तीन जना नेपालीको खाता नम्बरसमेत उपलब्ध गराएको बताएका छन्।

बयानमा उनको दाबीअनुसार बैंक खाता खोलेपछि एटिएम, कनेक्ट आईपीएसका युजर नेम र पासवर्डसमेत आदिललाई पठाइएको थियो।

अनुसन्धानका क्रममा लक्ष्मणले आफ्नो खातामा जम्मा भएको सबै रकम महावीरको खातामा जम्मा गरेको देखिएको छ। आदिलले नै कोठा खोजेर काठमाडौंमा राखेको उनको दाबी छ।

राजविराजमा नविनसँग मिलेर होटल खोल्न लागेकाले २० दिनदेखि उनी आफूसँगै काठमाडौंमा आएर बसेको उनको भनाई छ। कतिपय बैंक खाता नम्बर आदिलले आफैले पठाइदिएको र खातामा जम्मा हुन आएको रकमहरू ती खातामा पठाउने गरेको पनि बयानका क्रममा बताएका छन्।

प्रहरी अनुसन्धानका क्रममा महावीर क्रिप्टो कारोबारीसमेत भएको खुलेको छ। महावीरले भने आफूले जम्मा भएको रकम पठाएपछि उनलाई प्रयोग गर्न आदिलले पठाएको बिनान्सको युजर आईडीमा क्रिप्टो जम्मा हुने गरेको र उक्त क्रिप्टो आफूले आदिलको युजर आईडीमा पठाउने गरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ