गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा, आज न्यायाधीश रेग्मीको इजलासमा सुनवाइ हुँदै

साझासवाल
1 Min Read

जेठ २२, काठमाडौँ | गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा मुद्दाको सुनवाइ सुरु हुँदैछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा संलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफन्तहरु सर्वोच्च अदालत पुगेका हुन ।

Share This Article
Leave a Comment

Leave a Reply