आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

साझासवाल
1 Min Read

जेठ २२, काठमाडौँ | प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् ।

हिजो दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालनका लागि आज सभामुखले दलहरूसँग छलफल गर्नेछन् ।

यसैगरी राष्ट्रिय सभा पनि लागि आज १ बजे बैठक बोलाइएको छ ।

आज बैठकमा विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा छलफल गर्ने तयारी गरिएको छ ।

दुवै सदनमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply